site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
गुगल, फेसबुक र ट्वीटरबिना हुर्किएका चिनियाँ नयाँ पुस्ता
Sarbottam CementSarbottam Cement

न्यूयोर्क टाइम्स । चीनको ल्युझो सहरका १८ वर्षीय वेई डिलोङलाई बास्केटबल, हिपअप संगीत र सुपरहिरो भएका हलिउड फिल्म एकदम मनपर्छ । लिडोङले २०२० मा क्यानाडा गएर रसायनशास्त्र अध्ययन गर्ने योजना पनि बनाएका छन् । लिडोङ नितान्त अन्य चीनिँया युवा झैं हुन्, जसले गुगल र ट्वीटरको बारेमा कहिल्यै सुनेका छैनन् । फेसबुकको बारेमा भने उनले एकपट सुनेका थिए । फेसबुकबारे उत्सुक हुँदै उनले भने, ‘बाईदुजस्तै हैन र ?’ बाइदु चीनमा सर्वाधिक प्रयोग गरिने सर्च इन्जिन हो ।

लिडोङसँगै चीनको एक पुस्ता संसारभर प्रयोग हुने इन्टरनेटभन्दा भिन्न अनुभवसहित वयस्क बन्दै छ । किनकी पछिल्लो १ दशक चीनमा गुगल, फेसबुक, ट्वीटर र इन्स्टाग्राम प्रतिबन्धित छन् । यीसँगै अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यम, चाइनिज विकीपेडियासहित अन्य हजारौं वेबसाइट पनि प्रतिबन्धित छन् । यी वेबसाइटको विकल्पमा चीनमा उस्तै फन्क्सन भएका तर उच्च गोपनियता अपनाइएका थुप्रै सामाजिक सञ्जालहरु उपलब्ध गराइएका छन् ।

अहिले चीनमा बढ्दो इन्टरनेट प्रयोग र भिन्न प्रणालीको प्रयोग प्रचलित हुँदै गइरहेको छ । केही चिनियाँले गुगल, ट्वीटर, फेसबुकको ज्ञान लिन थालेका छन् भने लुकेरै तिनको प्रयोग पनि बढेको छ । यीनै माध्यमका कारण चीन विश्वसँग नजिकिँदै गइरहेको पनि भन्न सकिन्छ ।
अर्कातिर स्वेदेशमै निर्मित एप्लिकेसन तथा अनलाइन सर्भिस प्रयोगमा  अधिकांश युवा के विषय सेन्सर गरिएको र कस्ता विषय प्रतिबन्धि छन् भन्ने जान्न उत्सुक पनि देखिँदैनन् । यसका कारण चीन पश्चिमा राष्ट्रको सेवालाई प्रतिस्पर्धा दिन सक्ने सेन्सर गरिएको इन्टरनेट सर्भिस विकास गर्न आतुर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चीनियाँ युवामाझ यो ट्रेन्ड बढ्दो रुपमा छ । यसैकारण पनि चीनले अहिले केही देशलाई सेन्सर गरिएको इन्टरनेट सेवा निर्यात गरिरहेको छ । यस्तो इन्टरनेट आयात गर्ने देशमा भियतनाम, तान्जानिया, इथियोपिया आदि पर्छन् ।

यस्ता खबर अहिले पश्चिमले आंकलन गरेको इन्टरनेटको असरको विपरित पाटो बनेको छ । सन् २००२ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भने अनुसार चीनको यस्तै अभ्यासले उसलाई इन्टरनेटकै कारण अमेरिकी समाजभन्दा उदार हुन असम्भव बनाउँदछ ।
अर्कोतर्फ अमेरिका लगायत केही मुलुकका लागि भने इन्टरनेट उत्पादकका रुपमा चिनियाँ बजारमा प्रवेश गर्नु सबैभन्दा ठूलो लक्ष्य हो । तर यसको चुनौतिको रपमा चीनका शाषक सी जिनपिङ रहेका छन् । उनको नेतृत्वको सरकारको इन्टरनेट नियमक निकायले चिनियाँ साइबर प्रशासनमार्फत यही वर्ष ३ हजार भन्दा बढी वेबसाइट बन्द गरेको छ ।

Global Ime bank

तरपनि अमेरिकी कम्पनीहरु आफ्नो उत्पादन चीनियाँ बजार प्रवेश गराउन संर्षरत् छन् । गुगल चीनका लागि सेन्सर गरिएको सर्च इन्जिन बनाउन लागि परेको छ भने फेसबुक पनि चीनको पुर्वी प्रान्त जेजियाङमा प्रवेश गर्न प्रयासरत छ ।
तर यी कम्पनीहरु चीन प्रवेश गरेपनि उनीहरुका लागि बजार पाउन सहज भने छैन ।

पेकिङ विश्वविद्यालय र स्टानफोर्ड विश्वविद्यालयले गरेको १८ महिने एक अध्ययनले पनि इन्टरनेटमा सेन्सर गरिएका सुचनाले चीनियाँ युवापुस्तालाई केही असर नगरेको देखाएको छ । अध्ययनमा चिनियाँ विद्यार्थीलाई चीनमा सेन्सर गरिएका केही वेबसाइट चलाउन दिइएको थियो तर उनीहरुले त्यसमा कुनै उत्सुकता देखाएका थिएनन् ।

२३ वर्षिय एक चीनियाँ ई–कमर्सका प्रतिनिधिले भने, ‘बाइदुसँगै म हुर्किएँ, यसमै म अभ्यस्त छु ।’ यस्तो अभिव्यक्ति ८० औं दशकमा जन्मिएकाबाट पनि आउने गरेको छ ।

चीनमा ट्वीटरको विकल्पका रुपमा वेईबो उपलब्ध छ भने सामाजिक सञ्जालको रुपमा विच्याट प्रयोगकर्ताको बाहुल्यता रहेको छ । यसका अलवा ‘सर्ट भिडियो प्लेटफर्म ’ को रुपमा टिकटक पनि उपलब्ध छ । अधिकांश चिनीयाँ युवा यस्तै सामाजिक सञ्जालमा रमाउने गर्छन् । 
चीनमा स्थानीय इन्टरनेट उत्पादन मात्र प्रयोग हुनुका प्रमुख कारण पनि चीनियाँ युवा नै हुन् । आफूलाई देशभक्त र आशावादी बताउने २८ वर्षीय सेन यनान चीनलाई विश्वकै शक्तिशाली बनाउन जेसुकै गर्न तयार रहेको बताउँछिन् । उनको मोबाइलमा कुनै समाचार माध्यमका एप्लिकेसन भेटिँदैनन् किनकी उनलाई राजनीति मन पर्दैन । र केही पटक जापान भ्रमण गर्दा गुगल म्याप प्रयोग गर्नुबाहेक उनले कुनै प्रतिबन्धित एप चलाएकी पनि छैनन् । उनी भन्छिन्, ‘चीनियाँ एपमै आवश्यक सबै सुविधाहरु उपलब्ध छन् ।’

उनकै साथी चु जिनकिङले केही पटक समाचार एप प्रयोग गरेकी छन् । तर, उनले विदेश युद्ध र हिंसाले व्याप्त रहेको पाइन् । उनी भन्छिन्, ‘चीन धेरै ठीक र शान्त पनि छ ।’

बेइजिङबाट भर्खरै डोङयिङ गएकी १४ वर्षिया वेन सेङजियान भविष्यमा ड्रेक र कान्ये वेस्ट झैं र्यापर बन्न चाहन्छिन् । तर, अमेरिकी म्युजिकमा राष्ट्रपति लाई समेत गाली गरिने भएपनि चीनमा भने त्यसो गर्न नमिल्ने उनी बताउँछिन् । विकसित देशले विकास र सामाजिक स्थायित्वका लागि केही सम्झौता गर्नुपर्ने उनको बुझाई छ ।

यद्यपि, अध्ययनको शिलिशिलामा सिड्नी पुगेर फेसबुक, इन्स्टाग्राम, गुगललगायत सामाजिक सञ्जाल प्रयोग गर्न सिकेका २३ वर्षिय पेरि फाङ भने आफू अभ्यस्त भएका ती वेबसाइट बिना जीवन ज्यादै कठीन रहेको स्वीकार्दछन् । उनले भने, ‘विदेशमा चीनियाँ एप र वेबसाईट कामै लाग्दैनन् । तर गुगल, फेसबुक झैं जुनसुकै देशमा पनि प्रयोग गर्न मिल्ने वेबसाइट चीनमा छैन ।’

न्यूयोर्क टाइम्सबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC