site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्न्यापच्याटले युवामाझ प्लास्टिक सर्जरीको खतरनाक ट्रेन्ड सुरु गराउँदै 
Ghorahi CementGhorahi Cement

एजेन्सी । युवाहरुमाझ अत्यन्तै लोकप्रिय मानिएको सामाजिक एप ‘स्न्यापच्याट’ ले हरकोहीलाई सुन्दर बनाइदिने गरेको छ । त्यसमा उपलब्ध विभिन्न फिल्टरहरुको प्रयोगले सबैले आफूले चाहे अनुसारको रुप र सुन्दरता क्षणभरमै प्राप्त गर्न सक्छन् । यहाँसम्मकी त्यसले मान्छेको अनुहारको आकार, रङ लगायत आँखाभित्रको भागसमेत आकर्षक पार्ने गरेको छ । यसरी एकैछिनमा मान्छेको स्वरुप परिवर्तन गराउन सक्ने हुनाले नै पछिल्लो समय युवाहरुमा स्न्यापच्याटको मोह बढ्दै गएको पाइन्छ ।

तर यसरी बनावटी संसारमा रमाउँदै गर्दा वास्तविकतासँगको फरक पनि भुल्न थालेपछि भने यसले खतरनाक परिणाम देखाइरहेकोमा विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

Agni Group

बोस्टन युनिभर्सिटी अफ डर्माटोलोजिस्टका प्रोफेसरहरुले पेश गरेको रिपोर्टअनुसार पछिल्लो समय ५५ प्रतिशत प्लास्टिक सर्जरी गर्न आउनेहरुले आफ्नो अनुहार स्न्यापच्याट फिल्टरमा जस्तै बनाउन लगाउने गरेका छन् ।

यसरी सामाजिक संजालले ल्याएको काल्पनिक सुन्दरताको स्तर वास्तविक जीवनमा असम्भव मानिएपनि मानिसहरुले आफ्नो शरीर र स्वास्थ्यलाई नै जोखिममा राखेर आफ्नो चाहाना पूरा गरिरहेको चिकित्सकहरुको भनाइ छ । यो समस्यालाई अहिले उनीहरुले ‘स्न्यापच्याट डिस्मोर्फिया’ को नाम दिएका छन् जसले अहिलेको पुस्तामा खतरनाक ट्रेन्डको सुरुवात गरिरहेको छ भने आगामी पुस्तामा समेत नकारात्मक असर पार्ने निश्चित रहेको बताइएको छ ।

Global Ime bank

एकातर्फ यसले युवाहरुलाई वास्तविकताबाट टाढा लगिरहँदा रमाइलोका लागि ल्याइएको एपलाई गम्भीर बनाइ उनीहरुका बाबुआमालाई समेत ठूलो चिन्तामा पारिरहेको छ । वास्तविक जीवनमा त्यस प्रकारको सुन्दरता हासिल गर्न सम्भव नभएपनि युवाहरुको बढ्दो क्रेजले उनीहरुलाई फिल्टरबाट लिइने तस्बिरको नक्कल गर्न प्रोत्साहन गरिरहेको पाइएको हो ।

विशेषगरी महिलाहरुले ठूलो आँखा, सानो तिखो नाक, अस्वभाविक ओठ र आँखाभित्रको भाग समेत बदल्न चाहने गरेको पत्ता लगाइएको हो । यसरी सेल्फिमा राम्रो देखिनकै लागि पछिल्लो समय युवकयुवतीहरुले सामान्य अवस्थामा समेत प्लास्टिक सर्जरी जस्तो अप्राकृतिक विकल्प रोजिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC