site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालापन र हामी
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एक जना महिला एउटा सानो बच्चा काखमा बोकेर र आर्को सायद ५।६ वर्षको बालक साथैमा लिएर कान्ति अस्पतालतर्फको बाटोबाट कतै जाँदै थिइन् । म चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट बाहिर निस्कँदै थिएँ । बाटो काट्ने ठाँउमा पुग्न लाग्दा ती बाबु सायद बाटा छेउछाउका पसलमा झुन्डिएका सामग्रीतिर आखाँ डुलाउँदै थिए । बालसुलभ प्रवृत्ति न हो । म त्यही बेला बाटो काट्न खोज्दै थिँए, बाबुगाडीको अगाडिको भागमा झन्डै ठोकिन पुगे । मैले पहिले नै उनलार्इ देखिसकेकाले गाडी रोकिसकेको थिए । गाडी अगाडि पुगेपछि बल्ल उनले थाहा पाए ।  झन्डै के भएको थियो भनेर । उनी सतर्क भए, आँखाले आमा खोजे । आमा अगाडि नै सडक पारी पुगिसकेकी थिइन् । उनी अलमलिए। मैले जाऊ भने । अनि उनले दौडेर आमाको हात समात्न पुगे, जिउमा टाँसिए ।  
मैले सोचेको थिएँ आमाले उनलाई मुसार्ने छिन् र आत्तिएको बाल मनलाई सान्त्वना दिनेछिन् । भन्नेछिन - अबदेखि हात समातेर हिँड है, नभए त दुर्घटना हुनसक्छ । तर भइदियो उल्टो । जसै ती बाबु आमाको जिउमा लहसिए, आमाले त मुसार्छिन भनेको हातले कान पो उखेलिन् । कल्पनै नगरेको यस घटनाले मेरो मन त चसक्क भयो नै, बिचरा ती बालक पनि अक्क न बक्क भए । उनी आमासँग झन् टाँसिए । अब त माया गर्छिन् कि भनेर । तर, यसपटक त झन् आमाले उनलाई जगल्ट्याइन् र बीच बाटोतिर पो धकेलिदिइन् । 
यस्तो व्यवहारको अर्थ उनले सायद बुझ्नै सकेनन् । रुनु न के गर्नु भएर दीनहीन दृष्टिमा आमाको अनुहार बाटोकै बीचबाट टुलुटुलु हेरिरहे। आमा फटाफट अगाडि बढिन् । सायद ऊ अर्को गल्ती गर्ने अवस्थामा थिएनन्, आमा भएतिर दौडिए । पछाडिबाट हर्न बजेपछि मलाई पनि आफ्नो गल्ती अनुभव भयो र अगाडि बढेँ ।
तर मेरो मनमस्तिष्कमा यौटा प्रश्न उठिरह्यो । ती बालकको गल्ती चाँहि के थियो ? किन उनलाई आमाले पिटिन् ? बाबुआमाले किन त्यसरी बच्चालाई पिट्छन्?
आमाले पनि आफ्नो बाल्यावस्थामा सायद त्यस्तै भोगेकी थिइन् कि ? या बच्चा बोकेर घाममा हिँड्दाको थकाइले उब्जाएको आक्रोश वा जे पनि कारण हुन सक्छ । उनले बुझेर यसो गरेको नहुन पनि सक्छ । तर एउटा के चाहिँ पक्कै हो भने हाम्रो समाजमा बालबालिकालाई तहलाउन कुटेर वा डर त्राश देखाएरमात्र सकिन्छ भन्ने विश्वासको जरा दह्रोसँग गाडिएको छ । हामी बच्चाहरूलाई माया दिनुपर्ने ठाउँमा पनि गाली गर्छौ, पिट्छौं र शारीरिक हैकम कायम गर्न खोज्छौँ । बुझाउनु पर्ने ठाउँमा हकार्छौँ । यति पनि थाहा छैन भनेर अनेकौँ कटाक्ष गर्छौँ । 
बाल मनोवेत्ताहरू भन्छन् - हामीले बालबालिकालाई गरेको व्यवहार उनीहरूको बालमस्तिष्कमा जरा गाडेर बस्छ । तिनले वयस्क भएपछि नजानिदो गरेर कतिपय तिनै व्यवहार दोहोर्‍याइरहेका हुन्छन् । हिंसा, दुर्व्यवहार, शक्तिको प्रयोग, कठोरता, भेदभाव हाम्रा दैनिक क्रियाकलापमा यत्रतत्र सर्वत्र  देखिन्छन् । र पछि त्यस्तै व्यवहार हाम्रा सन्तानले पनि गरिरहेका हुन्छन् । 
विद्यालयमा परीक्षाको परिणाम आएपछि हामी आफ्ना बच्चासँगै अरूका बच्चाको नतिजा पनि जान्न उत्सुक हुन्छौँ ।  प्रत्येक बालबालिकामा फरक क्षमता हुन्छ र ती सबैमा केही न केही फरक विशेषता हुन्छ भन्ने बिर्सिएर फलानो त त्यस्तो भयो, तैँले त केही पनि गर्न सकिनस् भन्छौँ । हाम्रा सबै टिप्पणी नकारात्मक हुन्छन् । हुँदैन, नगर, नखाऊ, नजाऊ भनेर हामी उनीहरूमा पनि नकारात्मकता र अज्ञात भय थोपरिदिन्छौँ । हामीलाइ थाहा छ,  हिंसाले प्रतिहिंसा जन्माउँछ, दुर्व्यवहारले खराब व्यवहार नै बढाउँछ । अनावश्यक तुलनाले साथीप्रति नै बदलाको भाव उत्पन्न गर्छ भने अज्ञात भयले जिज्ञासा र कौतुहललाई मारिदिन्छ ।  
कलिलै उमेरमा यस्ता निषेध र नकारात्मकता बीजारोपण गरेर हामी कस्तो समाज निर्माण गर्दैछौँ ? भर्खरै राष्ट्रिय बाल दिवस मनाइयौ । बाबुआमा, परिवार, शिक्षकलगायत समाजका सबै वर्ग र तहमा जनचेतना र पैरवी गर्दै सहज बालापन सुनिश्चित गर्न अब थप नकुरौँ । हातेमालो गरौँ र भनौ - आजको सहज बालापन, भोलिको सुनौलो आधार !  
 
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC