site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपत्यकाका आधा दर्जन स्कूल अगाडी बम फेला, नेपाली सेनाको टोलीद्वारा डिस्पोजको तयारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न आधा दर्जन स्कूल अगाडि बम फेला परेको छ  । ललितपुरको रेडियन्ट रिडर्स एकेडेमीको अगाडी प्रेसर कुकर बम फेला परेको ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारीले जानकारी दिए । 
अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्कृय पार्ने प्रयास गरिरहेको छ ।
त्यसैगरी काठमाडौंको जोरपाटीमा रहेको  राई स्कूल, मनकामना उच्च मावि दक्षिणढोका, माउन्ट युराल, इस्टपोल, लामा पेट्रोल पम्प र स्वयम्भूको एकठाउँमा बम फेला परेको प्रहरी निरीक्षक के आर पण्डितले जानकारी दिएका छन् । राइ स्कूलको बम डिस्पोज भएको छ । माउन्ट उरालमा अहिले डिस्पोजकाे तयारी भइरहेकाे छ ।
मनकामना उच्चमावि अघि राखिएको बम बिहान सबेरै विस्फोट भएको थियो । विस्फोटबाट गेटमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
बम राखेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाका अनुसार योङ कम्युनिष्ट लिगका तीन कार्यकर्ता पक्राउ परेका हुन् ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC