site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
नेपालका राजनीतिक नेता र प्रशासकहरूको सामान्य प्रवृत्तिविपरीत यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र महासभामा भाग लिन अमेरिका नजाने सही निर्णय गरेका छन् । प्रधानमन्त्री दाहाल महासभामा भाग लिन सोमबार अमेरिकाको न्यु योर्क जाने कार्यक्रम थियो । तर,  आइतबार साँझ उनी अमेरिका नजाने निर्णयको जानकारी दिइयो । प्रधानमन्त्री दाहालको भ्रमण स्थगित भएको जानकारी दिन प्रकाशित विज्ञप्तिमा वर्तमान अवस्थामा विदेश भ्रमण नगरी संविधान कार्यान्वयन र पुनःनिर्माणमा लाग्नुपर्छ भन्ने ठानेर भ्रमण स्थगित गरिएको उल्लेख छ । यसअघि नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री दाहाललाई संविधान संशोधनसम्बन्धी वार्तालार्इ प्राथमिकता दिएर हाल अमेरिका भ्रमणमा नजान आग्रह पनि गरेको थियो ।
 
महासभामा भाग लिनैका लागिमात्र प्रधानमन्त्री स्वयं अमेरिका जानु आवश्यक पनि थिएन । न्यु योर्क नजाँदा मुलुकको पैसामात्र प्रधानमन्त्री दाहालको समय पनि जोगिएको छ । यही जोगिएको समयको सदुपयोग गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनमा दलीय सहमतिको प्रयास थालेका छन् । यही क्रममा सोमवारै प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका थिए । मधेसी मोर्चा सहभागी नहुने भएपछि बैठक भने हुनसकेन । यस्तो बैठक भारत भ्रमणमा नजाँदै  हुनसकेको भए अझ उत्तम हुन्थ्यो । तैपनि भारत भ्रमणलगत्तै अमेरिका भ्रमण रद्द गरेर सर्वदलीय बैठक बोलाउनुले प्रधानमन्त्री दाहाल संविधान संशोधन प्रक्रिया अगाडि बढाउन साँच्चै नै गम्भीर रहेको देखिएको छ । मधेसी दलहरू र नेकपा (एमाले) लगायत विपक्षीलाई समेत संविधान संशोधनमा सहमत गराउन सके भने दाहालमाथि सत्तालोलुपताको कलंक मेटिनेछ । सहमति जुट्न सकेन नै भने पनि उनले यस्तै गम्भीरता देखाए भने त्यसले उनको छविमा सुधार हुनेछ ।
 
राष्ट्रसंघीय महासभा वा अन्य यस्तै धेरै बैठक र सम्मेलनहरूमा प्रधानमन्त्री वा राष्ट्रपतिलार्इ निमन्त्रणा प्राप्त भए पनि जानु जरुरी हुँदैन । कतिपय बैठक, सम्मेलन र गोष्ठीको नेपालसँग खासै सरोकारै हुँदैन । अधिकांश बैठकमा त तल्लो दर्जाका अधिकारीले भाग लिए पनि हुन्छ । राष्ट्रसंघको महासभामा पनि विशेष कार्यसूची वा अवसर नभएमा त न्यु योर्कस्थित नियोगबाटै भाग लिए पुग्छ । परराष्ट्र मन्त्री त के सचिव पनि जानु पर्दैन । तर, नेपालका प्रत्येक प्रधानमन्त्री महासभामा भाग लिन आफैँ जाने गरेका छन् । विगतमा एकपटक माधवकुमार नेपालले जनस्तरबाट चर्को विरोध भएपछि न्यु योर्क रद्द गरेका थिए । यसरी विदेश भ्रमणमा जाने विशेषगरी अमेरिका भ्रमणमा जानेहरू अधिकांशको प्रमुख उद्देश्य सैरसपाटा गर्नु र आफन्तलाई भेट्नु हुनेगर्छ । यसैले त कतिपय व्यक्तिहरू बैठक छाडेर हराउने गर्छन् । प्रधानमन्त्री दाहालले भ्रमण स्थगित गरेकै बेलामा यस्ता कार्यक्रमहरूको औचित्य र स्तरअनुसार प्रतिनिधित्व गर्ने निर्देशिका निर्माण गर्नु उपयुक्त हुनेछ । कर्मचारीको विदेश भ्रमण उपादेयता र औचित्यभन्दा पालो पुर्‍याउन वा पहुँचका आधारमा तय हुने गर्छ । राजनीतिकर्मी त जान हुने न नहुनेसमेत विचार नगरी विदेश भ्रमणको पासो थापे पनि त्यसमा पर्ने गरेको देखिन्छ । केही पहिले प्रधानमन्त्री दाहालकै पार्टीका केही सांसद उनीहरूसँग सम्बन्ध नै नभएका बैठकमा भाग लिन विदेश जान लागेका र त्यही निहुँमा मानव तस्करको लहैलहैमा लागेर अपरिचित व्यक्तिलाई सहायक भन्दै विदेश लैजान लागेको भेटिएपछि प्रहरीले छानबिनसमेत गरेको थियो । यस्ता विकृति अन्त्य गर्नका लागि पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले विदेश भ्रमणका क्रममा अपनाउनुपर्ने आचार संहिता निर्माण र पालनाको निगरानीसमेत गर्ने व्यवस्था मिलाउँदा दीर्घकालीनरूपमा लाभ हुने देखिन्छ । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC