site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दिल्लीबाट मध्येरातमा नेपाली चेलीको उद्धार, बयान परिवर्तन गर्न भारतीय प्रहरीको दबाब !
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा उद्धार गरिएका ३९ जना नेपाली युवतीहरुलाई भारतीय प्रहरीले बयान परिवर्तन गर्न दबाव खुलासा भएको छ । दिल्ली महिला आयोगले उद्धार गरिएका नेपाली युवतीहरुलाई प्रहरीले बयान परिवर्तनका लागि दबाव दिइरहेको खुलासा गरेको हो ।  

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्विटरमा भनेकी छिन्, ‘‘दिल्ली प्रहरीले अहिलेसम्म सबै युवतीहरुलाई चौकीमा थुनेर राखेको छ । उनीहरुलाई आफ्नो बयान (स्टेटमेन्ट) परिवर्तन गर्न दबाव सिर्जना गरिरहेको छ । अहिलेसम्म पक्राउ (मानव तस्करलाई) त टाढाको कुरो उजुरी (एआआईआर)  सम्म दर्ता गरिएको छैन् । लज्जास्पद व्यवहार हो ।’’

दिल्ली महिला आयोगको अगुवाईमा मंगलबार राति नयाँ दिल्लीको पहाडगञ्जबाट उद्धार गरिएका ती ३९ नेपाली युवतीहरुलाई बिहानैबाट पहाडगञ्ज प्रहरी चौकीमा थुनेर राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षण बिहान ११ वजेभित्रै सम्पन्न भएको र आफूले ती युवतीहरुलाई आयोगको आवासिय गृह (सेल्टर होम) मा पठाउन आग्रह गरे पनि सुनुवाई नभएको अध्यक्ष स्वातीले गुनासो गरेकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘मैले गरेको आग्रहका बाबजुद पनि युवतीहरुलाई सेल्टर होम पठाइएको छैन् । बुझ्नै सकिएको छैन कि यो कस्तो प्रक्रिया हो, जो पीडित उनीहरुलाई अझै पीडित गरिँदैछ,’’ उनले ट्विटरमै गुनासो गरेकी छिन् । 

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले पहाडगञ्जको होटल ‘हृदय इन’ बाट ३९ नेपाली युवतीको उद्धार बताएकी छिन् । उनले ती नेपाली युवतीलाई भारतीय समयअनुसार गएराति डेढ बजेदेखि बिहान ६ वजेसम्म उद्धार गरिएको बताएकी छिन् । ‘अपरेसन फ्रिडम’ नाम दिएर नेपाली युवतीहरुको उद्धारका लागि महिला आयोगले दुई दिनसम्म उक्त होटललाई ‘रेकी’ गरेको बताइएको छ । 

Global Ime bank

अध्यक्ष स्वाती मालिवालले ट्विटरमा एउटा भिडियो सन्देशमार्फत उद्धार गरिएका युवतीलाई खाडी मुलुक र श्रीलंकामा बेचबिखन गर्न होटलमा राखिएको जानकारी दिएकी छिन् । ‘‘यो होटलमा केवल नेपाली युवतीहरुलाई ल्याइएको थियो । त्यहाँ राखिएका युवतीहरुलाई विस्तारै अलग–अलग स्थानमा बेचिदै थियो ।’’ उनले भिडियो सन्देशमा भनेकी छिन् ।    

अध्यक्ष स्वाती मालिवालल एक साताको अवधिमा महिला आयोगले नयाँ दिल्लीका विभिन्न स्थानबाट ७४ जना नेपाली युवतीको उद्धार गरिएको बताएकी छिन् । उनका अनुसार दिल्ली महिला आयोगले यसअघि नयाँ दिल्लीकै मुनिरका क्षेत्रबाट १६ र मैदानगढी क्षेत्रबाट १९ युवतीहरुको उद्धार गरिएको थियो । 

मानव तस्करहरुको समूहले नेपाली चेलीहरुलाई नयाँ दिल्ली क्षेत्रमा लगेर श्रीलंका, इराक, ओमान, कुवेत लगायतका मुलुकहरुमा घरेलु कामदारका रुपमा बेचबिखन गरेर जबरजस्ती यौन कार्यमा लगाउँदै आएको दिल्ली महिला आयोगले दाबी गर्दै आएको छ । मानव तस्कर समूहले नेपालका भुकम्प प्रभावित क्षेत्रका युवतीहरुलाई वैदेशिक रोजगारीका अनेक प्रलोभनहरु देखाएर नयाँ दिल्लीको बाटो हुँदै तेस्रो मुलुक निर्यात गर्दै आएको अध्यक्ष स्वातीको भनाइ छ । 

महिला आयोगले नयाँ दिल्ली मानव तस्करीको अखडा बनी सक्दा पनि सरकारले त्यसको रोकथामका लागि कुनै पहल नगरेको भन्दै आपत्ति जनाएको छ । ‘‘हामी रेप क्यापिटल अफ वल्र्ड त थियौं नै । अव हामी पूरै विश्वमा मानव तस्करको क्यापिटलका रुपमा चिनिनेछौं,’’ मानव तस्करी नियन्त्रणका लागि सरकारले पहल नगरेको प्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष स्वातीले ट्विटरमा जारी भिडियो सन्देशमा भनेकी छिन् । 

उनले गृहमन्त्री राजनाथ सिँहलाई मानव तस्करीको रोकथामका लागि बारम्बार आग्रह गरिए पनि कुनै सुनुवाई नभएको गुनासो समेत गरेकी छिन् । उनले भनेकी छन्, ‘‘कति लाजमर्दो कुरो हो, बारम्बार राजनाथ सिँहजीलाई यसका बारेमा आग्रह गरेकी छु । मानव तस्करीका बारेमा संज्ञान लिन भनेकी छु । तर उहाँले गम्भीर रुपमा लिनु नै भएको छैन् ।’’ 

दिल्ली महिला आगोगकी अध्यक्ष स्वातीले नयाँ दिल्लीमा ठूला–ठूला अन्तर्राष्ट्रिय स्तरका गिरोहहरु दिनप्रतिदिन सक्रिय हुँदा पनि प्रहरीले थाहा नपाएको प्रति आपत्ति जनाएकी छिन् । उनले भनेकी छिन्, ‘‘म राजनाथ सिँहजीसँग हात जोडेर आग्रह गर्दछु । यी बेचिन लागेकी बालिकाहरुमा यसै देशकी बालिकाहरु पनि छन् र बाहिर देशका पनि छन् । यिनीहरुको जिम्मेवारी कसको हो ? राजनाथ सिँहजीले संज्ञान लिनु पर्दछ । तुरुन्त उनले यसका बारेमा कुरा गर्नु पर्दछ र उनले प्रहरीको जवाफदेहीता तय गर्नु पर्दछ । दिल्ली पुलिस कहाँ रहन्छ ? कसरी दिल्ली पुलिस अनभिज्ञ हुन्छ कि यति ठूला र्याकेट दिल्लीमा सञ्चालन भइरहेका छन् ।’’ 

उनले गृहमन्त्री सिँहलाई नयाँ दिल्लीलाई मानव तस्करीको राजधानी हुन नदिन तत्काल कदम चाल्न र प्रहरीको जवाफदेहीता तय गर्न आग्रहपनि गरेकी छिन् । ‘‘म राजनाथ सिँहजीसँग रिक्वेष्ट गर्न चाहन्छु, तुरुन्त आजै बैठक बोलाउनुस् । एलजी (लेफ्टिनेन्ट गभर्नर अफ दिल्ली), दिल्ली महिला आयोग र पुलिस कमिस्नरलाई बोलाउनुस् । यो पूरै दिल्लीमा चलिरहेको अन्तराष्ट्रिय स्तरको र्याकेट चलिरहेको छ, अन्तरािष्ट्रय स्तरको मानव तस्करीलाई बन्द गराउनुस् । जति पनि मानव तस्करहरु छन् उनीहरुलाई  पक्राउ गर्नुस् र कडाभन्दा कडा कारवाही गर्नुस्,’’ अध्यक्ष स्वातीले भिडियो सन्देशमा आग्रह गरेकी छिन् । 

यसैबीच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नयाँ दिल्लीमा अद्धार गरिएका नेपाली युवतीहरुको बारेमा अनभिज्ञता प्रकट गरेको छ । मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखाकी प्रमुख रोशनी कार्कीले दिल्ली महिला आयोगले उद्धार गरेका नेपाली युवतीहरुका बारेमा कुनै आधिकारिक जानकारी नआएको बताएकी छिन् । 

‘‘मैले पनि पत्रपत्रिकाहरु पढेर दिल्लीमा नेपाली चेलीहरुको उद्धार गरिएको भन्ने बारेमा जानकारी पाएकी हुँ । यस बारेमा दिल्ली महिला आयोगका तर्फबाट कुनै आधिकारिक जानकारी आएको छैन्,’’ उनले बाह्रखरीसँगको टेलिफोन कुराकानीमा भनिन् । 
शाखा प्रमुख कार्कीले मंगलबार मात्रै गैरसरकारी संस्थाको पहलमा ११ जना नेपाली चेलीहरुलाई नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको जानकारी दिँदै ती र महिला आयोगले उद्धार गरिएका भनिएका एकै हुन अथवा फरक–फरक हुन भन्ने बारेमा खुल्न नसकेको प्रतिक्रिया दिइन् ।    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC