site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नेपाली कांग्रेसले मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । सरकारको क्रियाकलाप अधिनायकवादी हुँदैगएको आरोप प्रमुख विपक्षी दल कांग्रेसले लगाएको छ । सरकारका पछिल्ला क्रियाकलापका कारण जनताले पनि आलोचना गरेका छन् तर अहिले नै सरकारविरुद्ध सडक आन्दोलनमा जनसाधारण सामेल हुने अवस्था देखिएको छैन । यद्यपि, शासन संचालने शैलीले वर्तमान कम्युनिस्ट सरकारलाई पनि आलोचनाको पात्र भने बनाएको छ।   केही दिन पहिले डा. गोविन्द केसीका मागको समर्थन र उनको जीवनरक्षाका लागि नेपाली कांग्रेस पनि सडकमा आयो । संसद्मा पनि कांग्रेसले डा. केसीका पक्षमा आवाज उठायो । सडकमा त डा. केसीका पक्षमा अरू पनि धेरै व्यक्ति र शक्ति थिए । तर, संसद्मा कांग्रेसमात्रै उनको पक्षमा थियो । चर्कै दबाब परेपछि सरकार डा. केसीका सबै माग पूरा गर्न बाध्य भयो । यसको आंशिक श्रेय कांग्रेसले पनि पाउँछ तर डा. केसीका पक्षमा सडकमा आएपछि कांग्रेसले फर्कने मेसो नपाएको देखियो ।

निर्वाचनभन्दा पहिले नै गठबन्धन गरेर चुनावमा भाग लिएका दुईवटा कम्युनिस्ट पार्टीले निर्वाचनमा सुविधाजनक बहुमत ल्याए । अहिले उतिबेलाका एमाले र माओवादी केन्द्र एकीकरण गरी नेपाल कम्युनिस्ट पाटी (नेकपा) गठन गरिएको छ । नेकपाकै सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी भएपछि दुई तिहाइ बहुमत पुगेको छ । त्यसो त सरकारलाई मधेसकै अर्को दल राष्ट्रिय जनता पार्टीले पनि समर्थन गरेको छ । अर्थात्, संसद्मा सरकारका पक्षमा प्रचण्ड बहुमत छ । संसद्मा पूर्ण बहुमत भएको सरकारले काम सुरु गरेको ६ महिना लाग्दा नलाग्दै प्रमुख विपक्षले सडक आन्दोलन थाल्नु सहज र स्वाभाविक राजनीति भने देखिएको छैन । सरकार सानोतिनो सडक प्रदर्शन र विरोधबाट हल्लिने सम्भावना देखिँदैन । जनताबीच सरकारको लोकप्रियता खस्कँदो छ तर कांग्रेसले पनि लोकप्रिय हुने  कुनै पुरुषार्थ त गरेको छैन । अर्थात्, चुनावपछि सरकारको जनसमर्थन गुमेको हुुनसक्छ तर कांग्रेसको पनि बढेको देखिएको छैन ।

Agni Group

कार्यकर्तालाई सक्रिय बनाउन सडक आन्दोलनै गर्नुपर्छ भन्ने मानसिकता कांग्रेसका नेताहरूको देखियो । संसद्मा भूमिका पाइएन वा सत्तापक्षले उपेक्षा गर्न थाल्यो भने विपक्ष सडकमा पनि जानुपर्छ । संसद्, सदन, सञ्चार माध्यम र पछिल्लो दशकमा सामाजिक सञ्जालको सन्तुलित तर सशक्त प्रयोग निकै प्रभावकारी भएको देखिएको छ । तर, त्यसका निम्ति समय र परिस्थिति पनि सही हुनुपर्छ । अहिले एकातिर सरकार गठन भएको केही महिनामात्र भएको छ र जनता सरकारिवरूझ अान्दाेलनका लािग तयार छैनन् भने अर्कातिर मध्य वर्षाको समय छ । यो सडक आन्दोलनका लागि सही समय हुँदै हैन । नेपाली कांग्रेसको संगठन लथालिंग देखिन्छ । पार्टीका नेताहरू सार्वजनिकरूपमै दन्तबझानमा उत्रिन्छन् ।  कार्यकर्ता पंक्तिको मनाबल उच्च छैन । यस्तो अवस्थामा सिंगो पार्टी एक भएर आक्रामकरूपमा सरकारविरुद्ध प्रस्तुत हुने सम्भावना हुँदैन ।   

सडकमा प्रतिरक्षात्मक भएर जानु आत्मघाती हुन्छ । आन्तरिक किचलोमा फसेको पार्टीले जनसमर्थन बढाउन सक्तैन । यसैले नेपाली कांग्रेसले सरकारका कमजोरी केलाउँदै जनतालाई विभिन्न माध्यमबाट सुसूचित गर्ने तर सडकमा प्रदर्शन गर्नुभन्दा पहिले शक्ति सञ्चय गर्नु उचित हुनेछ ।सरकारको नियतमा शंका गर्नुपर्ने अवस्थामा प्रमुख विपक्ष सशक्त भएन भने नागरिक अधिकारमा अतिक्रमण हुने र स्वतन्त्रता खोसिने जोखिम सधैँ हुन्छ । यसैले लोकतन्त्रको रक्षाका लागि पनि लोकतान्त्रिक विपक्ष सुदृढ र सशक्त हुनु आवश्यक छ । सरकारको विरोध र संगठनको सुदृढीकरणलाई सन्तुलित बनाएर लैजान नसके पार्टी दुर्घटनामा पर्ने जोखिम हुन्छ ।

Global Ime bank

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०७५  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC