site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अनिल गुरुङको कप्तानीमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । नेपालले अनील  गुरुङको कप्तानीमा बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी असार अन्तिम र साउनको पहिलो हप्ता हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको कप्तानी अनिलले गर्ने भएको हो ।
 
बंगलादेशविरुद्धको खेलका लागि अखिल नेपाल फुटबल सघ (एन्फा) ले शुक्रबार २१ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । जसमा नेपाली टोलीको कप्तानी अनीलले गर्ने छन् । नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्यातुकी कोजीले नेपाली टोलीको घोषणा गरेका हुन् । प्रशिक्षणमा रहेका २९ खेलाडीमध्येबाट २१ जनाको अन्तिम छनौट गरिएको एन्फाले जानकारी दिएको छ ।
 
 
नेपाली टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर, ५ मिडफिल्डर र ४ स्ट्राइकर छन् । नेपाली राष्ट्रिय टोलीले आगामी जुलाई १५ र १७ (असार ३१ र साउन २) मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने मिति तय भएपनि खेल मैदान टुङ्गो लागेको छैन । तर एन्फाका अनुसार मैत्रीपूर्ण खेल बंगलादेश मै हुने बताएको छ ।
 
नेपाली टोलीको गोल किपरमा किरण लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ छन् । डिफेन्समा उपकप्तान बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजबंशी, आदित्य चौधरी, जीतेन्द्र कार्की, देभेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जित धिमाल र मानबहादुर तामाङ रहदा नेपाली टोलीको मिडफिल्ड सुजल श्रेष्ठ, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन् ।
 
त्यस्तै नेपाली टोलीको अग्रपंक्ति नवयुग श्रेष्ठ, भरत खवास, रञ्जन विष्ट र कप्तान अनिल गुरुङले सम्हाल्ने छन् । टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन् ।
 
नेपाली टोलीले आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारिटी कपको तयारी स्वरूप बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एएफसी सोलिडारिटी कप आगामी नोभेम्बर २ देखि १५ सम्म हुने छ । तर, आयोजना हुने स्थानको अहिलेसम्म टुङ्गो लागेको छैन ।
 
 
एसियाका ६ राष्ट्र सम्मिलित एएफसी सोलिडारिती कपमा नेपालसहित ब्रुनाई, मकाउ, मंगोलिया, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउनेछ । यसअघि एसियाली फुटबल महासंघले एएफसीले एएफसी च्यालेन्ज कपको सट्टा एएफसी सोलिडारिटी कपको आयोजना गर्न लागेको हो ।
 
यसअघि नेपालले गत जेठमा लाओसको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले मलेसियाको यू – २२ टिमसँग खेलेको थियो । दुवै टोलीसँग नेपालले १ – १ गोलको बराबरी खेलेका थिए ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC