site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोनोरेलले काठमाडौंको सौन्दर्य बिगार्छ, टनेल महँगो पर्छ

वीरेन्द्र प्रधान

मेरो अनुभवअनुसार काठमाडौंमा रेलमार्ग बनाउन सकिन्छ । काठमाडौं उपत्यकाको भित्री भू–सतहमा पानीको लेवल भएका कारण रेलमार्ग बनाउन सकिँदैन कि भन्ने कुराहरु पनि यदाकदा सुनिने गर्छ, तर त्यसले केही पनि फरक पार्दैन । जियोलोजिकल, जियोटेक्निकल प्रोफाइल अध्ययन गर्नुपर्छ । विस्तृत अध्ययनका क्रममा यो गर्नुपर्छ ।

यसपछि कुन बाटोबाट जाने भन्ने निर्धारण हुन्छ । जुन बेला म काठमाडौंमा बसेर काम गर्थें, त्यसबेला थाहा पाएअनुसार काठमाडौंको माटो ग्रावेल मिक्स छ । यो माटो हुनु भनेको रेलमार्ग बनाउनका लागि सहज अवस्था हो । भित्री भू–सतहमा पानी छ भने त्यसको प्रेसरलाई कसरी रोक्ने भन्ने डिजाइन विकास गर्नुपर्छ र बनाउन सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

टनेल रेल महँगो
टीबीएम (टनेल बोरिङ मेसिन) पनि प्रयोग गर्न सकिन्छ । टीबीएम प्रयोग गर्दा जियोलोजिकल प्रोफाइल जाँच गरेर माटो र पानीको प्रेसर जाँच गरेर जमिनमुनी जाँदा माथिको प्रेसर कति छ, यी कुराहरु जाँच गरेर डिजाइन गरिन्छ । टीबीएम मोडलमा जाँदा माथि गाडी गुडे पनि केही फरक पर्दैन । यसमा भित्रभित्रै टनेल खनेर लगिन्छ । अहिले भेरी बबईमा यो प्रविधि प्रयोग गरिएको छ । 

यो मोडालिटीमा रेलमार्ग बनाउँदा ६.८ डायमिटर भू–भाग चाहिन्छ । यो पनि एउटै टनेलमा दायाँबायाँ र वा तलमाथी फरक फरक टनेलबाट पनि रेलमार्ग बनाइन्छ । यो ठाउँ हेरर फरक फरक हुन्छ । कुनमा जाने अनुमानका भरमा भन्न सकिँदैन । लोकालिटी र जियोलोजिकल प्रोफाइलले निर्धारण गर्छ । 

Global Ime bank

मोनो रेलले ट्राफिक बढाउँछ
आकासे रेलमार्ग (एलिभेटेड) निर्माणमा पनि जान सकिन्छ । मोनो रेलमा पनि जान सकिन्छ । लागतका हिसावले टनेलमा जानुभन्दा आकाशे वा मोनो रेल निर्माण गर्दा तीन गुणा सस्तो हुन्छ । बैंककको अनुभवका आधारमा म यसो भनिरहेको छु । नेपालमा बाटो साँघुरो छ । एउटा पिलरका लागि एक लेन ओगट्छ । त्यसैले यहाँ मोनो रेल वा एलिभेटेड रेलमार्ग बनाउने हो भने ट्राफिकको झन् समस्या हुन्छ । हुन त विकल्पहरु  होलान्, ट्राफिक डाइभर्ट गर्ने वा वैकल्पिक सडक नै निर्माण गर्ने तर काठमाडौंमा त्यो कतिको सम्भव छ भन्ने प्रश्न आउँछ । 

रेल स्टेशनका लागि खै जमिन ?
काठमाडौं उपत्यकाको रिङरोडभित्र रेलमार्गको स्टेशन बनाउन समस्या हुन्छ । त्यसका लागि केही फराकिलो भू–भाग आवश्यक पर्छ, जुन हाम्रोमा छैन । हाम्रो अधिकांश घरको जग ३–४ मिटर मात्रै छ । एउटा स्टेशनका लागि २ सय मिटर लम्बाई र ४ सय मिटर चौडाई चाहिन्छ । यस्तो अवस्थामा स्टेसनका लागि जग्गा अधिग्रहण गर्न कत्तिको सहज छ, यो पनि प्रमुख प्रश्न हो । यस्तो अवस्थाका बैंककमा स्टेशनका लागि जमिन नहुँदा अन्डरग्राउण्डमा स्टेशन बनाउने चलन छ । यदि लगानी गर्न सक्ने हो भने यो पनि गर्न सकिन्छ । तर जति प्रविधिको प्रयोग गर्दै जान्छौं, त्यति नै लागत बढ्दै जान्छ । 

हाम्रोमा मुख्य समस्या भनेको निर्माणको समयमा ट्राफिक व्यवस्थापन र घरमा गर्ने असर हो । टनेल निर्माण गर्दा पनि पुरानो घरमा त्यसको असर गर्छ । घरहरु चर्किने सम्भावना हुन्छ । जमिनको २० मिटर तल टनेल निर्माण गर्दा टनेल खनिएको सेन्ट्रल लाइन देखि ६० मिटर दायाँ र ६० मिटर बायाँसम्म त्यसको असर गर्छ । टनेल खन्नु अगाडि नै यो एरियाभित्रका घरको बिल्डिङ कन्डिसन सर्भे गर्नुपर्छ । हरेक घरमा गएर निरिक्षण गरेर ती घरको जग, निर्माण सामग्रीको प्रयोग, घरको अवधी हेरेर निर्माणका बेला आउनसक्ने समस्याको सुरुमै पहिचान गर्नुपर्छ र त्यही अनुसार रेलमार्गको डिजाइन गर्नुपर्छ । 

माटोको प्रकृतिले फरक पार्दैन
मोनो रेलका लागि काठमाडौंमा जमिनमुनी थोरै गहिराइमै पानीको प्रेसर धेरै भेटियो भने पनि फरक पर्दैन । यस्तो अवस्थामा १० मिटरबाट पिलर उठाउँथ्यो भने कम्तिमा ५०–६० मिटर तलबाट पायल उठाएर २० मिटरतलबाट पिलर उठाएर निर्माण गर्न सकिन्छ । बैंककमा पनि त्यसैगरी नै निर्माण गर्ने हो । त्यहाँ त साधारण आवासका लागि निर्माण गरिने घरको जग उठाउँदा पनि कम्तिमा २० मिटर त जानैपर्छ । यहाँ पनि त्यही गर्नपर्छ । पानीको प्रेसरभन्दा तल जानुपर्छ । यसका लागि अलिबढी मेहनत गर्नुपर्छ र लागत बढ्दै जान्छ । 

मोनो रेल सस्तो
काठमाडौंमा लागतका हिसाबले हेर्ने हो भने मोनो रेल सस्तो पर्छ । टनेल तीन गुणा महँगो हुन्छ । टनेल रेलमार्गमा प्रतिघण्टा ८० किलोमिटरसम्म दौडाउन सकिन्छ भने मोनोमा ६० किलोमिटरको गतिमा दौडाउन सकिन्छ । मोनो रेल निर्माणमा सस्तो भए पनि मेन्टिनेन्समा भने महँगो हुन्छ । मोनो रेलमा एउडा डिब्बा २०–२५ जना अट्ने सानो हुन्छ तर टनेलमा ४०–५० जना अट्छन् । मोनोमा २–३ वटा मात्रै डब्बा जोड्न मिल्छ तर टनेलमा ५–६ वटा डब्बा पनि जोड्न सकिन्छ । मोनो रेलमा थोरै प्यासेन्जर अटाउने भएकाले सञ्चालनमा आइसकेपछि यसको लागत उठाउन लामो समय लाग्छ । 

मोडालिटी अनुसार लागत
काठमाडौंको जियोलोजिकल सर्भे गरेपछि प्रतिकिलोमिटर रेलमार्ग निर्माणका लागि कति लागत आउँछ भन्ने यकिन गर्न सकिन्छ । तर बैंककमा भने औसतमा २० प्रतिकिलोमिटर २० मिलियनको हाराहारीमा लाग्ने गरेको छ । लागत देशअनुसार फरक फरक हुन्छ । यसलाई माटो, निर्माण सामग्रीको मूल्य, निर्माण अवधी र जनशक्तिले निर्धारण गर्छ । 

मोनो रेलले सुन्दरता बिगार्छ
काठमाडौंमा सडक साँघुरो भएका कारण मानो रेल बनाउने हो भने सहरी सुन्दरता भने कुरुप हुन्छ । सडक छेउका घर छेकिन्छन् । सडक अँध्यारो हुन्छ । साँघुरो सडकलाई पिलरले नै ढाकिदिएपछि ट्राफिकको समस्या हुन्छ । एउटा पाइल (पिलर–खम्बा) लाई एक लेन चाहिन्छ । बाँकी सडकमा झनै साँघुरो भएपछि ट्राफिक झनै बढ्छ । सडक छेउमा रहेका यहाँका पुरातात्विक वस्तुहरुलाई पनि असर पार्छ । सहरी सौन्दर्य नै ह्रास भएर जान्छ ।   

रेलको ठूलो नेटवर्क बनाउन सक्यो भने ट्राफिकलाई त्यसले न्यूनिकरण गर्न सक्छ तर एकदुई वटा लाइन बनाएर ट्राफिक व्यवस्थापन हुँदैन । काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि कम्तिमा ५–६ वटा रेल लाइन चाहिन्छ । टनेल बनाउँदा समानान्तर रेलमार्गका लागि कम्तिमा ५ मिटरको दूरी भएपुग्छ तर क्रस भएको ठाउँमा कम्तिमा १० मिटरको दुरी आवश्यक हुन्छ । कम्तिमा यति भएन भने टनेल भास्सिने सम्भावना हुन्छ । 

ठूलो नेटवर्क आवश्यक
सरकारले बनाउने रेलमार्ग जनताका लागि नै बनाउने हो । लगानी गरिसकेपछि त्यसको रेटअफ रिटन्र्स कहिले आउने हो त्यो महत्वपूर्ण पक्ष हो । रेलका लाइन नजिकै छन् भने त जनाले चढ्छन् हैन भने लगानी उठाउन कठिन हुन्छ । काठमाडौंका रिङरोडमा एउटा लाइन बनाएर त्यसलाई जनघनत्व बढी भएका ठाउँबाट क्रस गरेर रेलमार्ग बनाउनुपर्छ ।

थानकोट–धुलीखेल, बुढानिलकण्ठ–सातदोबाटो दुईटा लाइन हुनसक्छन् यस्तै अन्य लाइन पनि चाहिन्छ । हैन भने शुरुमा एक दिन रेल चढ्ने रहर मेटाउन यात्रु गए पनि अन्य दिन रेल खालि गुडाउनु पर्ने हुनसक्छ । यो समस्याबाट बैंकक पनि गुज्रिएको छ । त्यसैले उसले अहिले नयाँ लाइन बनाइरहेको हुन्छ । २० मिनेट हिँडेर मान्छे रेल चढ्न जाँदैन । त्यसैले रेल  स्टेशनसम्म कसरी पुग्ने व्यवस्था मिलाउने भन्नेमा पनि सुरुमै धयान दिनुपर्छ । रेलमार्ग निर्माण दीर्घकालीन योजना अनुसार मात्रै निर्माण गरिनुपर्छ । 

लगानीको जोखिम 
सामान्यतयाः ३० वर्षमा लगानी उठाइसक्ने भन्ने अंकगणित हुन्छ । र त्यही अनुसार सकारले अनुदान दिएको छ । ५०–६० वर्ष नै लाग्ने हो भने त्यसलाई आर्थिक रुपले उपयुक्त मानिँदैन । लगानी उठाउनै गाह्रो हुन्छ भने बस र्यापिड सिस्टम (बीआरटी) लाइन बनाउनु उपयुक्त हुन्छ । काठमाडौंमा रेलको सम्भाव्यता अध्ययन गर्ने व्यक्तिले यो कुुरामा विशेष ध्यान दिनुपर्छ हैन भने ठूलो लगानी डुब्न पनि सक्छ । 

रेल सञ्चालन गरेर मात्रै हुँदैन । लगानी उठाउने नाममा एयटा स्टेशनबाट अर्को स्टेशनको भाडा महँगो राख्यो भने जनता चढ्छन् कि चढ्दैनन्, जनताको आर्थिक अवस्था र उनीहरुको मनोविज्ञान पनि बुझ्नुपर्छ । कतिपय राष्ट्रमा निर्धारण गरेको भाडा महँगो भयो भनेर रेल नचढेपछि पछि भाडा घटाउँदै रेल चलाएका उदाहरण धेरै छन् ।

जनशक्ति
नेपालमा रेलमार्ग निर्माणका लागि सुरुमा त्यसको नेतृत्व गर्ने इन्जिनियरहरु आउटसोर्सिङ नै गर्नुपर्ने अवस्था छ । रेलमाग विज्ञहरु केही ल्याएर बाँकी यहीँका इन्जिनियरहरुलाई प्रयोग गरेर काम गर्न सकिन्छ । रेल सञ्चालनमा पनि जनशक्ति विकासका लागि यही प्रक्रियामा जानुपर्ने अवस्था छ । केही समयपछि भने यहाँ नै स्कोप देखेपछि आफै जनशक्ति तयार हुँदैजान्छ । एकदुई वटा प्रोजेक्ट पछि नेपाली आफैले गर्न सकिन्छ । नेपालीहरु पनि बाहिर रेलसँग सम्बन्धित रहेर धेरै काम गरिरहनु भएको छ । उनीहरुलाई बोलाएर सरकारले ब्यबस्थापन गर्नसक्छ ।  

(थाइल्यान्डको लियो जोभियान थाई इन्जिनियरिङका प्रबन्ध निर्देशक वीरेन्द्र प्रधानसँग नरेश फुयाँलले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC