site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
के तपाईंलाई मोबाइलको लत परेको त छैन ?
Sarbottam CementSarbottam Cement

बीबीसी । मोबाइल फोन प्रयोग गर्ने बानीबाट प्रयोगकर्तालाई के कस्तो हानी हुन्छ र प्रविधि कम्पनीहरुको सहायतामा उक्त हानीलाई न्यून गर्न विभिन्न पक्षहरु अनुसन्धान गर्दै आएका छन् ।  तर यस्तो अवस्थामा मोबाइलको लत लागेको कसरी पत्ता लगाउने ? के फोन प्रयोग गर्ने कुनै सीमा पनि तय गर्न सकिन्छ ? भन्ने बारेमा बहसहरु पनि हुँदै आएका छन् । 

यस्ता कयौं सवालहरुको जवाफ एप्पल फोनको अपडेटेड भर्जनबाट पत्ता लाग्दछ । यसका लागि बीबीसीले एक प्रयोग गरेको छ । प्रयोगका लागि बीबीसीले दुई जना यस्ता व्यक्तिको छनौट गरेको छ, जसले मोबाइल फोनको अत्यधिक प्रयोग गर्दै आएका थिए । अर्थात उनीहरुलाई मोबाइल फोनको लत लागेको थियो । जसमध्ये एक १२ वर्षिया बालिका थिइन् भने अर्का व्यक्ति वृद्ध थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

वृद्ध अवस्थामा रहेका मोबाइल प्रयोगकर्ताले भने, ‘‘मेरो नाम रोरी सेलन जोन्स हो । मलाई फोनको लत लागेको छ । यसका बारेमा मलाई पहिल्यैबाट थाहा छ । तर पनि मैले आफ्ना सहकर्मी जेन वेकफिल्डकी १२ वर्षिया छोरी लिलीका साथ यो प्रयोग गरेको हुँ ।’’ 
प्रयोगका क्रममा बीबीसीले भनेको छ, ‘‘हामीले एप्पल सफ्टवेयर डेभलपर प्रोग्राममा साइन–इन गर्यौं । जसको उदेश्य हामी नयाँ मोबाइल अपरेटिङ सिस्टम आइओएस–१२ लाई इन्स्टल गर्न सक्थ्यौं । जुन सेप्टेम्बरबाट सबैका लागि उपलब्ध हुनेछ ।’’

बीबीसीका अनुसार जसमा स्क्रीन टाइम नामक एक नयाँ फिचर हुने छ । त्यो फिचरको सहयोगमा आइफोनको प्रयोग कसरी भइरहेको भन्ने बारेमा प्रयोगकर्तालाई जानकारी मिल्ने छ । जसले प्रयोगकर्तालाई निश्चित सीमा पनि निर्धारण गर्ने छ । स्क्रीन टाइमको सहयोगमा आमा बुवाले बालबालिकाकामाथि निगरानी गर्न सक्ने छन् । 

Global Ime bank

‘‘ट्रायल भर्जनलाई इन्स्टल गरेको केही घण्टामै मैले फोनको धेरै प्रयोग गरेको पत्ता लाग्यो,’’ रोरी सेलन जोन्स भन्छन्, ‘‘बिहान १० बजे पछि मैले पहिले नै फोनमा दुई घण्टा ३८ मिनेट बताएको रहेछु । झण्डै ९ पटक फोन उठाएको र झण्डै ३३  नोटिफिकेशन प्राप्त भएका थिए ।’’

बिहानदेखि रातिसम्म फोन
 

सेलन जोन्स भन्छन्, ‘अब मेरो केही समय केही गम्भीर कामहरुमा जान्छ । जस्तो कि मैले आफ्नो ईमेल जाँच गर्छु र बीबीसी न्यूजको एपपनि पढ्छु । तर एक दिन र अन्य दिनको तुलना गर्दा मेरो एउटै गतिविधि मेरो फोनमा हावी भइसकेको छ । ।’’ 
आफ्ना लागि बिहानको पहिलो बस्तु र रातिको अन्तिम बस्तु फोन भइसकेको र सामाजिक सञ्जालका माध्यमबाट अपडेट रहनु र न्यूज पढ्नु मेरो दिनचर्या भइसकेको उनको भनाइ छ । 
https://www.bbc.com/hindi/science-44985840

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC