site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ । नेपाली कांग्रेसले हिजो र आज पार्टीका शीर्ष नेता गणेशमान सिंहको स्मृतिमा देशव्यापी अन्तर्क्रिया आयोजना गरी स्मृतिसभा सम्पन्न गरेको छ ।

पार्टीको केन्द्र, जिल्ला तथा क्षेत्रीय समिति भ्रातृ, शुभेच्छुक संस्था एवम् प्रतिष्ठानहरुले गणेशमानको व्यक्तित्व, योगदान र प्रजातन्त्रप्रतिको उहाँको निष्ठा र पार्टी त्यागका सम्बन्धमा केस्राकेस्रा केलाएका छन् ।

अधिकांश स्थानमा आयोजित समारोहमा वक्ताहरुले सिंहको योगदानको प्रशंसा गर्दै उनले देखाएको बाटोको अनुशरण गर्नुपर्ने धारणा राखेका थिए । विभिन्न सभा समारोहमा काँग्रेसले बाटो बिराएको, नेता र कार्यकर्ता पङ्क्ति गुट उपगुटमा विभाजन भएको, बिपीको आदर्श मूल्य र मान्यतालाई भुलेर पद, पैसा र प्रतिष्ठाका लागि काँग्रेसमा राजनीति गर्नेको लर्को लामबद्ध भएको टीकाटिप्पणी सुनिएको छ ।

Agni Group

गणेशमान सिंह प्रतिष्ठानले राजधानीमा गरेको एक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सिंहले अङ्गिकार गरेको पार्टीप्रतिको अनुशासन र समयलाई काँग्रेसजनले भुल्दै गएकामा चिन्ता व्यक्त गरे । “नेपाली काँग्रेसभित्र सिंहको मुक्तकण्ठले प्रशंसा गर्ने लर्को धेरै नै देखिन्छ । तर उहाँले लिएको विचारको अनुशरण गर्ने मानिस मैले देख्न छोडिसके” नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका पार्टी सभापति एवम् सांसद मदन अमात्यले भक्तपुरमा आज आयोजित कार्यक्रममा भने ।

नेपाली काँग्रेस पार्टीको हालै काठमाडौँमा सम्पन्न तेहौँ महाधिवेशनमा काँग्रेसले लिएको नीतिभन्दा पनि नेतापिच्छे कार्यकर्ताको विभक्त उपगुटले गणेशमानको आत्मामा ठेस पुगेको समेत स्वीकार गरिएको छ ।

Global Ime bank

काँग्रेसका संस्थापक नेता, वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष गणेशमान सिंहलाई प्रजातन्त्रका पीतासमेत भन्ने गरिन्छ । उनलाई नजिकबाट चिनेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत त्यसका प्रतिमूर्ति रहेको बताए ।

तत्कालीन राजा स्व वीरेन्द्रले २०४६ साल पछाडिको अन्तरिम सरकारमा उनलाई प्रधानमन्त्री भइदिन आग्रह गरेका थिए । उनले आफूभन्दा पनि अर्का व्यक्ति अर्थात् सन्तनेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पद दिलाएर सर्वसाधारणलाई त्यागको उदाहरण देखाएका थिए ।

प्रजातन्त्रका ढुकढुकीका रुपमा समाजले अहिले पनि सिंहलाई आदरपूर्वक लिने गर्छन् । खानदानी परिवारमा जन्मेर पनि जनताको दुःखको मुक्तिका लागि स्व सिँहले प्रजा परिषद्को सदस्यता लिएर राजनीतिमा होमिएका थिए ।

विसं १९९७ मा स्थापना भएको नेपाल प्रजापरिषद् पहिलो राजनीतिक पार्टी हो । पार्टीको सदस्यता लिएपछि उनी राणाहरुको अत्याचारविरुद्ध लड्न तत्कालीन राणा हटाउ अभियान्ताका रुपमा राजनीतिमा आएका थिए । उनको जन्म १९७२ सालमा काठमाडौँमा भएको थियो । उनका समकक्षी पूर्व सांसद लेखनाथ न्यौपाने सिंह दलगत स्वार्थभन्दा देश र प्रजातन्त्र ठूलो हुने बताउँछन् ।

सिंह सत्य कुरामा कहिल्यै कसैसँग नडराउने र नझुक्ने निर्धक्कसँग बोल्ने निडर नेता थिए । लोकतन्त्रका अनुयायीले उनलाई यसैगरी आत्मसात् गरेको देखिन्छ । सिंहले साइकल चढेकामा तत्कालीन राणाहरु उनको र्इर्ष्या  गर्थे । उनलाई दुःख दिन्थे । उनको साइकल तोडफोड गरिदिन्थे र उनलाई कुटपिट पनि गर्थे । तर उनी राणासँग सम्झौता होइन लड्नुपर्छ, अन्याय सहने होइन, त्यसको विरुद्धमा लड्नुपर्छ भन्थे ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिंह प्रतिबद्ध, अठोट भएको मुक्तियोद्धाका रुपमा उनलाई चिनेको बताउँछन् । राणाशासनको अत्याचारविरुद्ध बिद्रोहको ज्वारभाटालाई चिर्दै अगाडि बढेका लौहपुरुषलाई विलासिता र मोजमस्तीले कहिल्लै छोएन ।

जनताले राणाको अत्याचारविरुद्ध बोल्न नपाउने र जनताको छोराछोरीले पढ्न नहुने राणाको अत्याचारविरुद्ध धावा बोलेका सिंहले २०४६ सालमा वामपन्थी शक्तिलाई एकजुट गरी पञ्चायतविरुद्ध लड्दै मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना गराई नयाँ संविधान दिलाएका थिए ।

“प्रजातन्त्र र राष्ट्रियता एक सिक्काका दुईपाटा हुन् ।” लौहपुरुष भाषणमा सधैँ भन्थे । त्यसैले होला ! भद्रगोल जेल फोडेर भारत पुगे । त्यहाँ उनले बिपी कोइरालासँग मिलेर नेपाली काँग्रेस पार्टीको २००३ सालमा स्थापना गर्न साथ दिए ।  प्रजातन्त्रका खातिर हरेक आरोह अवरोह, पटकपटकको जेल जीवन दुःख र हन्डरका बाबजुत उहाँको २०५४ असोज २ गते ८२ वर्षको उमेरमा निधन भयो ।

नेपाली काँग्रेसको झापा जिल्लाको कलबलगुढीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सिँहको मतभेद हुन पुग्यो । तत्पश्चात् उनले नेपाली काँग्रेस छोडे । तर उनलाई नेपाली काँग्रेसले कहिल्यै छोडेन । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC