काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले दुर्गा प्रसाईँलाई कारवाहीको माग गर्दै संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेको छ । नेपालको संविधानको धारा १८ ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने प्रत्याभूति दिएको दर्ता भएको सूचनामा उल्लेख छ ।
झापास्थित बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशन दुर्गाप्रसाद प्रसाईँले सार्वजनिक संचारमाध्यम तथा सामाजिक सञ्जालमा बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वेदश फिर्ता भएका छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्ति दिएको उल्लेख गर्दै उनलाई कारवाहीका माग गरिएको छ ।
कांग्रेस सांसदहरु डिला संग्रौला, लक्ष्मी परियार र प्रमिला राइले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
यस्तो छ प्रस्ताव