site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पहिले त संवैधानिक परिषद्ले प्रधान न्यायाधीश पदमा नाम सिफारिस गर्नै ढिलो गरियो । परिषद्ले नाम सिफारिस गरेपछि पनि संसदीय सुनवाइका लागि महिनादिन भन्दा बढी लाग्यो । मूलतः संसदीय समिति नै गठन नभएकाले संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ ढिलो भएको हो । बल्लतल्ल गत बिहीवार सुनुवाइ त भयो तर संसदीय सुनुवाइ विशेष समितिले निर्णय नगरी बैठक स्थगित ग¥यो । प्रधान न्यायाधीश पद रिक्त भएको त महिनौ भइसक्यो । सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले नै कायममुकायम प्रधान न्यायाधीशका रूपमा कामकाज गर्ने व्यवस्थाअनुसार त्यसपछि न्यायपालिकाको नेतृत्व कायममुकायम प्रधान न्यायाधीशले गर्दैआएका छन् । गत बिहीवार (साउन १०, २०७५)का दिन सुनुवाइ भयो र निर्णय शुक्रवार सुनाउने भनियो । तर, शुक्रबार निर्णय सुनाइएन र आइतबारका लागि भाका सारियो । 

संवैधानिक परिषद्को सिफारिस अनुमोदनका सम्बन्धमा निर्णय गर्ने अधिकार संसदीय सुनुवाइ विशेष समितिलाई छ । समितिले दुई तिहाइ बहुमतबाट संवैधानिक परिषद्को सिफारिस उल्ट्याउन सक्छ । संवैधानिक परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा हुने र प्रतिपक्षी दलका नेताको समेत त्यसमा संलग्नता हुने हुनाले सामान्यतः संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइबाट अनुमोदनै हुने अपेक्षा राखिन्छ । विगतमा संसदीय सुनुवाइ समितिका सदस्यहरूको प्रस्तुति निकै हल्का भएकोमा आलोचना हुनेगरेको थियो । यसपटक भने प्रधान न्यायाधीशमा सिफारिस गरिएका व्यक्तिको प्रस्तुति कमजोर भएकोमा सञ्चार माध्यममा आलोचना भएको थियो । यसैबीच, सिफारिस अनुमोदन गर्ने वा नगर्ने विषयमा समितिबाहिर परामर्श सुरु भएको समाचारले भने सुनुवाइ प्रक्रियाको औचित्यमा मात्र हैन लोकतन्त्रको अभ्यासमा समेत प्रश्न उठाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संविधानले संवैधानिक अंगको नियुक्तिमा सामूहिक जिम्मेवारीको व्यवस्था गरेको छ । प्रधान न्यायाधीशबाहेक अरू संवैधानिक पदको नियुक्तिमा सरकारका तीनै अंगका प्रमुखको साथै विपक्षी दलका नेताको पनि प्रतिनिधित्व हुने प्रावधान छ । अर्थात्, त्यस्ता पदमा राजनीतिक आग्रहका आधारमा नियुक्ति नगरियोस् भन्ने संविधानको चाहना देखिन्छ । संवैधानिक परिषद् र संसदीय सुनुवाइ दुवै आवश्यक हुन्छ कि हुँदैन भन्ने विषयमा बहस हुनसक्ला तर अहिले ती दुवै प्रक्रियालाई अनुसरण गर्नै पर्छ । तर, पारदर्शी र जिम्मेवार भएमात्र यी दुवै प्रक्रियाको औचित्य हुन्छ । प्रधान न्यायाधीशका लागि भएको संसदीय सुनुवाइको निर्णय सुनाउन आलटाल गरिनुको स्पष्ट कारण सार्वजनिक गरिएको छैन । 

सञ्चार माध्यममा आएजस्तै प्रधानमन्त्रीले निर्णयमा हस्तक्षेप गरेका हुन् भने त्यो लोकतान्त्रिक अभ्यास ठानिन सक्तैन । न्यायपालिकाको प्रमुखको नियुक्तिमा सरकारले कार्यपालिका प्रमुखको ‘कठपुतली’ खोज्दा न्यायपालिका स्वतन्त्र रहँदैन । यसै पनि अधिनायकवादको आरोप खेप्दै आएको सरकारले संसदीय सुनुवाइमा विशेष समितिको निर्णयमा हस्तक्षेप गरेर थप विवाद निम्त्याउनु प्रत्युत्पादक हुनेछ । यसैले, संसदीय सुनुवाइ विशेष समितिले निर्णय सुनाउन ढिलो गरेर साख गुमाउने काम नगरोस् । संसदीय समितिको निर्णयमा प्रधानमन्त्रीको भूमिकाले प्रभाव पारेको देखियो भने त्यो अर्को दुर्भाग्य हुनेछ । आशा गरौँ, न्यायपालिकालाई प्रभावित गर्ने चाहना प्रधानमन्त्री वा सत्तारुढ दलका नेताहरूको छैन र विपक्षी नेताले त यसै पनि गर्न सक्तैनन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०७५  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC