राजनीति
काठमाडौं । सभामुख ओनसरी घर्ती जनवादी गणतन्त्र चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेकी छन् । असोज ४ र ५ गते हुने सो एक्स्पोमा भाग लिन सभामुख घर्तीको नेतृत्वमा आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो ।
सो एक्स्पो छि उनले असोज ६ र ७ गते चीनको युनान प्रान्तको समेत भ्रमण गर्ने कार्यतालिका रहेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। सभामुख घर्तीका साथ नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, सचिवालयका महासचिव मनोहर भट्टराईलगायत रहेका छन् । सभामुख असोज ८ गते स्वदेश फर्कनेछिन् ।
रासस
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३ १३:०६
प्रतिक्रिया दिनुहोस्