site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बंगलादेशमा पढ्न गएका चेलीहरूका सम्बन्धमा सार्वजनिक मञ्चमा अनुचित टिप्पणी गर्दा व्यापक आलोचना र विरोध भएपछि शेरबहादुर तामाङले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिए । उनको राजीनामाले राजनीतिमा उत्तरदायित्व र नैतिकताको महत्त्व उजागर भएको छ । यस राजीनामाले कालान्तरमा तामाङ स्वयंको मात्र हैन नेपाली लोकतन्त्रको पनि हित नै हुनेछ । तर, यति नै बेला प्रहरीको सूचीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी, नेपालले राज्यमन्त्री बनाउन सिफारिस गरेको समाचार सार्वजनिक भएको छ । यसले भने नेपालमा दण्डहीनताको संस्कृतिले जरा गाडेको सन्देश पुनः प्रवाहित हुनेछ । राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ मा राज्यमन्त्री बनाउन सिफारिस गरेको व्यक्तिमाथि घाइते प्रहरीलाई उपचारार्थ अस्पताल लान लागेका बेला एम्बुलेन्सबाट थुतेर हत्या गरेको गम्भीर आरोप लागेको छ ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक आफू खटिएको ठाउँमा फर्कन लाग्दा आक्रमण गरी उनलाई घाइते बनाइएको थियो । तिनै घाइते सशस्त्र प्रहरीलाई उपचारका लागि अस्पताल लैजान खोज्दा एम्बुलेन्सबाटै झिकेर हत्या गरिएको थियो । यही घटनामा प्रहरीले २२ जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । तीमध्ये २ जना हाल पुर्पक्षका लागि थुनामा राखिएका छन् भने अरूलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको छ । अहिले राज्यमन्त्री बनाउन सिफारिस गरिएको भनिएका व्यक्ति पनि त्यही फरार सूचीमा नाम भएका व्यक्ति हुन् । यो भवितव्य वा आवेशमा आएर गरेको प्रहारबाट मृत्यु भएको घटना हैन । यद्यपि, मार्ने उद्देश्य नै नराखी गरेको प्रहारबाट पनि कसैको ज्यान गएमा अभियुक्तले कैदमा बस्नै पर्ने व्यवस्था नेपालको प्रचलित कानुनमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यति गम्भीर अपराधमा आरोप लागेको व्यक्तिलाई प्रहरीले जसरी पनि पक्रेर अदालतमा उपस्थित गराउनु पथ्र्यो । विडम्बना, नेपाल प्रहरी केही वर्ष यता राजनीतिक आवरणमा भएका अपराधका हकमा निकै लाचार देखिने गरेको छ । विशेषगरी राजनीतिक अस्थिरता र हत्या, अपहरण, लुट, नरसंहारजस्ता मानवताविरुद्धमा जघन्य अपराधका घटनामा सबैजसो राजनीतिक दलका प्रमुख नेताहरूमाथि नै आरोप लागेकाले पनि प्रहरी अपेक्षाकृत उदासीन देखिन पुगेको हुनसक्छ । यसले नेपालमा दण्डहीनता संस्कृति नै बन्न पुगेको सन्देश प्रवाहित भएको छ । तर, अब संक्रमणकाल समाप्त भएको छ । अब पनि दण्डहीनतालाई सरकारले नै प्रश्रय दिइरहने हो भने देशमा लोकतन्त्र विधिको शासनको अभावमा उपहास सिद्ध हुनेछ ।

हाल सत्तारुढ दलमा समाहित तत्कालीन माओवादी नेताहरूलाई अप्ठेरो पर्ला भनेर मुलुकमा अपराध र राजनीतिकलाई छ्यासमिस गराउनु उचित हुँदैन । दण्डहीनता कायम रहँदासम्म हिंसालाई राजनीतिक उत्थानको माध्यम बनाउनेहरू पनि उत्साहित भइरहनेछन् । अभियुक्त निर्दोष पनि हुनसक्छ । तर, कसुरदार भए नभएको किटान न्यायालयले गर्नुपर्छ । यसैले अभियुक्तलाई मन्त्री पदमा शपथ ग्रहण नगराउन हामी प्रदेश नम्बर २ का मुख्यमन्त्री र प्रमुखलाई आग्रह गर्छौँ । मानवताविरुद्धको जघन्य अपराधका अभियुक्तलाई मन्त्री बनाएर लोकतन्त्र र संघीयताको उपहास नगर !

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC