युरोपियन युनियनको पूर्ववर्ती संस्था युरोपियन इकोनोमिक कम्युनिटीको सन् १९५७ मा रोमको सन्धिमार्फत् स्थापना हुँदा के भनिएको थियो भने आर्थिक एकीकरणले वृद्धिलाई प्रोत्साहित गर्नेछ, लोकतन्त्र सुदृढ बनाउनेछ र युरोपको हिंसात्मक अतीतके भूतलाई चिहानमा गाड्नेछ । अर्को शब्दमा यो दोस्रो विश्वयुद्धपछिको एकीकरण परियोजनाको उद्देश्य राष्ट्रवाद, प्रियतावाद र अधिनायकवादको संक्रमणविरुद्ध युरोपको डीएनएमै प्रतिरोधक क्षमता पैदा गर्नुथियो ।
परन्तु, सन् २००८–०९ को वित्तीय संकटबाट उत्पन्न अन्योल र त्यसपछि अपनाइएका मितव्ययिताका उपायहरूले स्थापना कालमा आधारभूत मान्यतामा प्रहार गरेपछि विषाक्त विचारहरूको पुनरुत्थानको बाटो खुल्यो । पछिल्ला चुनौतीबाट युरोपेली ऐक्यबद्धतालाई जोगाइराख्ने हो भने एउटा नयाँको भाष्य तत्काल आवश्यक छ । प्रियतावादको पुनरुत्थानमा परम्परागत कल्याणकारी राष्ट्रिय संस्थाहरूका तुलनामा ईयुका संस्थाहरू ओझेलमा पर्नु एउटा कारण रहेकोमा कुनै सन्देह छैन । यही कारणले ईयुका नीतिनिर्माताहरूले सम्पत्तिको वितरण, जनकल्याण तथा श्रमिकको अधिकार अभिवृद्धि गर्ने सामाजिकरूपमा बढी जिम्मेवार उपायहरू अपनाउनुपर्छ ।
यद्यपि, ईयुका नागरिकका लागि राम्रो आर्थिकसामाजिक कार्यक्रमले मात्र युरोपेली परियोजना टुक्रिनबाट आफैँ जोगिन भने सक्नेछैन । आर्थिक तनावकालाई साम्प्रदायिक सद्भावले रोक्नसक्छ तर साझा मूल्यहरू क्षतविक्षत र पारस्परिक अपनत्व हराएका बेला तिनीहरू लोप हुनसक्छन् । आजको संकट आर्थिक कठिनाइभन्दा विन्स्टन चर्चिलले कुनै बेला भनेको ‘‘साझा देशभक्ति र नागरिकतामा आबद्ध युरोपेली परिवारको” निर्माण गर्न नसकिएकाले उत्पन्न भएको हो ।
डोनाल्ड ट्रम्पको विध्वंशक राष्ट्रपतित्वमा समेत अमेरिका संयुक्त रहिरहनुको कारण समानता र स्वतन्त्रताको प्रत्याभूत गर्ने अमेरिकी संविधान ‘विल अफ राइटस’ तथा कथित साझा ‘अमेरिकी स्वप्न’को बन्धन नै हो । युरोपियनका बीचमा भने यस्तो साझा बन्धन छैन भने विशेषगरी क्याटालोनियाजस्तो क्षेत्रीय राष्ट्रवादी अभियानले विपरीत दिशामा धकेलेका बेलामा नयाँ सिर्जना गर्न पनि सजिलो हनेछैन ।
शीतुयुद्धपछि ईयुको विस्तारको अर्थ भावी पुस्ताका लागि साझा मूल्य मान्यता सुदृढ बनाउनु रहेको थियो । परन्तु, मध्य तथा पूवी युरोपमा प्रियतावादी राजनीतिकर्मीले शक्ति आर्जन गर्दा यो विस्तार युरोपेली संघकै लागि चुनौती बन्न पुगेको छ । अहिलेको पूर्व र पश्चिमबीचको विभाजनबाट एउटा प्रश्न खडा भएको छ – के युरोपको साझा सीमा भूगोलबाहेक अरू कुनै मूल्यबाट आबद्ध छन् ?
बहुपक्षीय संगठनहरू त समयसँगै आफ्नो धार परिवर्तन गर्न सधैँ नै स्वतन्त्र हुन्छन् । उदाहरणका लागि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले विगत तीन दशकमा दुईपटक आफ्नो कार्यादेश परिवर्तन गरेको छ । पहिले आफ्नो स्थापनाको रणनीतिक सिद्धान्त असान्दर्भिक भएपछि शीतयुद्धको अन्त्यका बेला र हालै रसियाली संशोधनवादविरुद्ध अडान लिएका बेला ।
परन्तु, प्रमुख युरोपेली शक्तिहरूले मध्य र पूवी युरोपमा देखिएको अनुदार प्रवृत्तिको विरोधमा प्रकट गरेको मधुरो प्रतिक्रियाले भने अपनाएको बाटोमा सुधार गर्दैन बरु सिद्धान्तहीन व्यवहारवादलाई प्रश्रय दिन्छ । यथास्थितिमा परिवर्तन नभएसम्म पूर्वी छेउका मुलुकहरू खासगरी पोल्यान्ड जहाँ ‘पोलेक्जिट’ (ईयुबाट पोल्यान्डको बहिर्गमन)को धारणाले जरो गाड्दै छ । फलस्वरूप, युरोसियाली अधिनायकवादी संगठन निर्माण गर्न पोल्यान्ड ईयुबाट निस्कने सम्भावना बढेको छ ।
प्रियतावादी अधिनायकवाद सधैँ नै लोकतान्त्रिक प्रक्रियाकै अपरिहार्य सहउत्पादन हुनेगरेकाले यो लोकतन्त्रबाट बाहिरिनु पनि हैन । अहिले ईयु आफ्नै समूहका सदस्यहरू यसको उदय रोक्न असमर्थ देखिएको छ । यस अवस्थामा एकता कायम राख्न विविधतापूर्ण राष्ट्रिय इतिहासहरू र राजनीतिक विभिन्नतालाई समावेश गरेर नयाँ युरोपव्यापी भाष्य तय गर्नु आवश्यक छ ।
यसका लागि पोल्यान्डका वास्तविक शासक ल एन्ड जस्टिस पार्टीका अध्यक्ष जारोस्लाव काजिन्स्की र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानजस्ता अनुदार नीतिका अग्रणीहरूसँग निरन्तर वार्ता र विमर्श गरिनु जरुरी हुन्छ । लोकतान्त्रिक सन्तुलन कायम रहँदासम्म नीतिहरू परिवर्तन गर्न सकिन्छ । डोनाल्ड ट्रम्पले मात्र हैन फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँले समेत त्यसो गरेका छन् ।
युरोपेली युनियनको मूलतः रोमन क्याथोलिक बाहुल्य भएको चार्लेमाग्नेको मध्ययुगीन वश्चिमी साम्राज्यको ‘परिकल्पित समुदाय’मा अनुदार पूर्वी युरोपेली सदस्यहरू समावेश गर्न सकिन्छ भने मुस्लिम बहुल टर्कीका हकमा पनि त त्यसै गर्न सकिन्छ । टर्कीमा कमालवादी धर्मनिरपेक्ष विपक्ष पनि उल्लेख्य संख्यामा जीवन्त रहेको छ । यद्यपि, राष्ट्रपति रेजेव तैयप एर्दोआनको शक्ति केन्द्रीकरणलाई युरोपेली नेतृत्वले टर्कीलाई सदस्यता दिने प्रस्ताव स्थगित गर्ने बहाना बनाएको छ तर एर्दोआनले ईयुको सदस्यताको प्रयास जारी नै राखेका छन् ।
साझा भाष्य निर्माण गर्न युरोप असमर्थ हुँदा चीन र रुसजस्ता अलोकतान्त्रिक मुलुकहरूले युरोपका तुलनामा फाइदा उठाएका छन् । अमेरिकी सुरक्षा छाताका कारण ढुक्क भएको युरोप ‘इतिहासोत्तर’ कालको स्वैरकल्पनामा रमाएर विवादहरू सधैँ शान्तिपूर्णरूपमा समाधान हुन्छन् र सैनिक शक्ति आवश्यक छैन भन्ने निष्कर्षमा निकै छिटो पुग्यो ।
युरोपियन युनियनको सबैभन्दा ठूलो शक्ति लोकतान्त्रिक आदर्शहरूको प्रतिरक्षा र प्रगतिशील मूल्यहरूको संसारभर प्रक्षेपण गर्ने यसको क्षमता हो । युरोप अहिले अनुदार शक्तिहरूबाट घेरिएको र अमेरिका विश्व दायित्वबाट पन्छेको अहिलेको अवस्थामा विद्यमान व्यवस्थाको प्रतिरक्षाका लागि युरोपियन एक्लै परेको छ ।
उत्प्रेरित गर्नका लागि युरोपले थर्काउन पनि सक्नुपर्छ । रुसी आक्रमणविरुद्ध ईयु उभिन सक्ने हो भने पूर्वी भेगका विशेषगरी रुसतिर ढल्कन रुचाउने सरकार भएका राष्ट्रहरूमा प्रभाव विस्तार गर्न समर्थ पनि हुनेछ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले लामो सदयदेखि राजनीतिक भाष्यलाई आफ्नो फाइदामा प्रयोग गर्दै आएका छन् । ईयु पनि यत्तिकै चतुर हुनुपर्छ ।
(इजरायलका पूर्व विदेशमन्त्री)
(प्रोजेक्ट सिन्डिकेट र बाह्रखरीको सहकार्य)
Copyright: Project Syndicate, 2018.