site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पाँचथर । पाँचथरको दुई वटा गाविसबाट धसिङ्ग्रेको कच्चा तेल उत्पादन गर्न सुरु भएको छ । विभिन्न औषधिजन्य वस्तुका रुपमा प्रयोग गर्न सकिने धसिङ्ग्रे उत्पादन जिल्लाको लुङरुपा र सिदिनगाविसबाट एकैसाथ सुरु गरिएको हो । वनमा आफैँ उम्रिएको धसिङ्ग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ । यो तेल युरोपलगायतका मुलुकमा लगेर प्रशोधन गरेर सन्चो, मालिस गर्ने तेल, मुभ बनाउन प्रयोग गरिने बताइएको छ ।

सिदिन–३ स्थित बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा–२ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न सुरु गरेको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले यो धसिङ्ग्रेको तेल अहिले दुई वटा उद्योगबाट दैनिक पाँच लिटर सम्मकच्चा तेल उत्पादन हुने र यो प्रतिलिटर रु दुई हजारदेखि तीन हजारसम्म बिक्री हुने गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्मचारीको तलब कटाएर पनि दुवै उद्योगबाट मासिक रुपाँच लाखसम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । यो तेल काठमाडौँका विभिन्न कम्पनीमा खपत हुँदै गरेको बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्णकुमार गुरुङले बताए ।

रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC