site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चिकित्सा शिक्षाका विकृतिको अन्त्य गर्ने मागमा जुम्लामा थालिएको प्रा. डा. गोविन्द केसीको अनशन मंगलवार पच्चीसौं दिनमा पुगेको छ । उनको बिग्रँदो स्वास्थ्य अवस्था झन् झन् बिग्रँदो छ । सरकारले भने उनको माग सम्बोधन गरेर जीवनरक्षा गर्नुपर्नेमा वार्ताको सार्थक प्रयाससमेत गरेको देखिएको छैन । यसैले डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघले आह्वान गरअनुसार त्रिवि शिक्षण अस्पताल परिसरमा मंगलवारदेखि रिले अनशन सुरु गरेका छन् । यस अवस्थामा देशभरका सरकारी अस्पतालमा कार्यरत डाक्टरहरू आन्दोलित हुनु स्वाभाविकै हो । यस्तै अवस्था रहे निजी क्षेत्रका अस्पतालमा पनि डाक्टरहरूले सेवा बन्द गर्ने स्थिति उत्पन्न हुनसक्छ । हिंसाचारीहरूले जे ठाने पनि राज्यले पूरा गर्ने सहमति गरिसकेको माग कार्यान्वयन गराउनकै लागिसमेत ज्यानको माया मारेर पटकपटक अनशन गरिरहने रहर हुनसक्तैन । डा. केसीको माग र त्यसप्रति चिकित्सकलगायत जनसाधारणको समर्थनको विवेक हुने कसैले पनि विरोध गर्दैन । तर, डाक्टरहरूको आन्दोलनले अस्पतालहरूमा बिरामीले पाउने सेवा प्रभावित हुन्छ । यसले प्रकारान्तरले डा. केसीकै माग र सत्याग्रहलाई कमजोर बनाउँछ । विगतमा डा. केसी स्वयंले पटक पटक डाक्टरहरूलाई सेवा बन्द नगर्ने आग्रह पनि गर्दै आएका थिए भन्ने अहिले स्मरण गर्नु जरुरी छ ।

डा. केसीको सत्याग्रहप्रति सरकारले द्वेषभाव देखाउनेबित्तिकै देशका अधिकांश डाक्टरहरू चिन्तित र आन्दोलित भएका थिए । सरकारले जुम्लामा अनशनरत डाक्टर केसीलाई वार्ताका लागि भन्दै बल प्रयोग गरेर काठमाडौं ल्यायो । तर, डाक्टर केसीसँग सार्थक वार्ता गर्नुभन्दा प्रधानमन्त्रीलगायत सरकारी अधिकारीहरू उनको मान मर्दन गर्नका बढी उद्यत् देखिए । यस्तो निराशाजनक अवस्थामा डा. केसीको सत्याग्रहका समर्थकहरू उद्वेलित हुनु अस्वाभाविक होइन । यसैले अस्पतालमा आकस्मिकबाहेका अरू सेवा बन्द गरेर आन्दोलनमा उत्रँदा डाक्टरहरूलाई दोषी ठहर गर्न नैतिकरूपले मिल्दैन । परन्तु, शासकहरूको अहंकार र दम्भको सजाय बिरामी जनसाधारणले भोग्नु पर्ने अवस्थाप्रति भने डा. केसीको समर्थनमा आन्दोलनमा उत्रेका डाक्टरहरूले पनि ध्यान दिनुपर्छ । जुम्लामा बिरामीहरूमाथि प्रहरीले ज्यादती गरेपछि डाक्टर केसी अत्यन्त भावुक भएका थिए । चिकित्सकहरूको आन्दोलनबाट डा. केसी थप चिन्तित हुनसक्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीलगायत सरकारी पदाधिकारी, सत्तारुढ दलका अर्कां अध्यक्ष र त्यसका नेता कार्यकर्ता जसरी पनि डा. केसीको सत्याग्रह कमजोर बनाउन लागेको देखिएको छ । अगिल्ला सत्याग्रहहरूमा सरकार र डा. केसीका बीचमा भएका सहमतिबाट पछि हटेर वर्तमान सरकारले राज्यकै विश्वसनीयता घटाउने काम गरेको छ । यसैले यो सरकारले नैतिक दबाबलाई स्वीकार गर्ने अपेक्षा गर्न सकिँदैन । चर्को जनदबाब सिर्जना भएमात्र सरकारले डा. केसीसँग पहिले गरिएका सहमतिहरू पालना गर्ने देखिन्छ । डा. केसीको सत्याग्रहको समर्थन र उनको जीवनरक्षाको माग गर्दै काठमाडौं र बाहिर पनि जनप्रदर्शन सुरु भएको छ । काठमाडौंमा त नागरिकहरूले सामूहिक अनशनसमेत सुरु गरेका छन् । यस्तो अवस्थामा डा. केसीको कर्मस्थल शिक्षण अस्पतालका डाक्टरहरूको भूमिकाप्रति सबैको ध्यान जान्छ ।

डा. केसीले अपनाएको सत्याग्रहको आदर्श बिरामीको सेवा बन्द गरेर अनुसरण हुँदैन । जनताको मन जित्ने गरी सेवा गर्दामात्रै डा. केसीको आदर्शको अनुसरण हुन्छ । डा. केसीको सत्याग्रहका पक्षमा जनमत सिर्जना गरेर दबाब दिन पनि शिक्षण अस्पतालका डाक्टरहरूप्रति बिरामीले गुनासो गर्ने ठाउँ रहनु हुँदैन । यसैले हामी आवासीय चिकित्सकहरूलाई डा. केसीको समर्थनमा रहेको स्पष्ट देखिने संकेत प्रयोग गरेर सेवा सञ्चालन गरिरहन आग्रह गर्छौँ । सरकारले डा. केसीप्रतिको विद्वेष कायमै राख्यो र निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था उत्पन्न भयो र सबै सडकमा पुगे भने शिक्षण अस्पतालका आवासीय चिकित्सकलगायत समाजका सबै जना आन्दोलनमा लाग्न स्वतन्त्र त छँदै छन् ।   

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC