site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केसीका माग कसरी पूरा होलान् ?

सत्याग्रही प्राध्यापक डा.गोविन्द केसीलाई सरकारले जुम्लाको अनशनस्थलबाट बिहीवार बलपूर्वक हेलिकप्टरबाट काठमाडांै ल्याएको छ । उनी २० दिनदेखि कर्णाली प्रदेशको जुम्लामा अनशन बसेका थिए । डा. केसी त्रिवि शिक्षण अस्पतालका चिकित्सक हुन् । उनलाई सरकारले काठमाडौं ल्याउन अपहरण शैली प्रयोग गरेको छ । चिकित्सा शिक्षाका क्षेत्रका विकृतिको सुधारको माग राखेर १५ औं पटकको अनशनका लागि उनले जुम्ला रोजेका थिए ।

स्वास्थ्य अवस्था कमजोर देखिएपछि डा. केसीलाई जसरी भए पनि काठमाडौं ल्याइने चेतावनी केही दिनदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले दिइरहेका थिए । प्रधानमन्त्री ओलीले एक दुईजना कराउँदैमा सरकार डराएर हिँड्दैन भनेका थिए भने शिक्षामन्त्रीले  डा. केसीलाई कुनै पनि समयमा बल प्रयोग गरेर काठमाडांै ल्याउन सकिने जानकारी दिएका थिए । गृहमन्त्री रामबहादुर थापा, अध्यक्ष पुष्पकमल दहाललगायत नेकपाका अधिकांश नेता अनशनरत डा. केसीको विरोध गर्दै थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राजपालगायतका दलहरु प्रा.डा. केसीको अनशनलाई समर्थन गर्दै आन्दोल गर्ने तरखरमा रहेका बेला बिहीवार सरकारले अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं  ल्याएको हो । 

सुरुमा सरकारी हेलिकप्टरमा काठमाडौं आउन नमानेका प्रा. डा. केसी काठमाडौं ल्याइएपछि अब के होला भन्ने प्रश्न खडा भएको छ । अब के हुन्छ त ? डा. केसी नेपाली कांग्रेसको सरकारका पालामा अनशन बस्दा सुशील कोइराला प्रधानमन्त्री थिए र त्यसबेला डा. केसीको मागबाट उनी पनि तर्सिएको समाचार मिडियामा भाइरल भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आखिरमा किन गोविन्द केसीमय भएको छ देश ? किन गोविन्द केसीलाई सरकारले महत्त्व दिएको हो ? किन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसीको नाममा नेविसंघ, तरुण दललगायतका भातृसंस्थामार्फत देशव्यापी आन्दोलन चर्काइरहेको छ ।  
नेपालमा राजनीतिका नाममा १७ हजार मान्छे मारिए, हजारौं अंगभंग गरिए, कैयौं घरपरिवार विस्थापित बनाइए । तर, तिनै हत्याराका प्रमुखहरुले देशमा शासन गरे । उनैको हातमा सत्ताको मुख्य बागडोर छ । राजा फालेर देश गणतन्त्रमा गए पनि शासकहरू नै साना राजा भएका छन् ।

नन्दप्रसाद अधिकारीे अधिकारका लागी  अनशन बस्दाबस्दै मरे । उनकी पत्नी गंगामाया अहिले १० दिनका लागि अनशन स्थगित गरेर बसेकी छन् । तर, ढुक्क भए हुन्छ उनको अनशन पुनः शुरु हुन्छ । उनीसँग केही दिन अगाडि भएका सम्झौता सरकारले पूरा गर्दैन ।  नेपालमा दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार छ । तर, शिक्षा र स्वास्थ्य क्षेत्र  विश्वमै महँगोमध्येमा पर्छ । अनि स्कुल र अस्पतालका ९० प्रतिशत संचालक पनि कम्युनिस्ट नै छन् । 

Global Ime bank

गैरसरकारी संस्था बन्द गनुपर्छ भनेर कराउने कम्युनिस्टहरू अहिले झन्डै ९५ प्रतिशत गैरसरकारी संस्था चलाउँछन् । आखिर किन मुलुकमा जनता ढाँट्ने काम हुन्छ त ? विसं २०४७ सालबाट सरकारमा सबैभन्दा बढी रहेकोे नेपाली कांग्रेसले किन यस्ता विकृति रोक्न सकेन ? किन यस्ता बेथिति रोक्न सकेन ? 

निर्वाचन अगाडि वाईफाई फ्री गर्छु भनेर जनतासँग मत माग्ने मेयरहरू कता हराए ? प्रदेश सांसद कता हराए ? प्रतिनिधि सभाका सांसदहरु कता  भागे ? फ्रीको त कुरै छाडिदिऊँ सरकारले त १३ प्रतिशत मूल्यवृद्धि गरेर इन्टरनेट झनै महँगो बनायो । विश्वबजारमा सस्तिँदै गएको इन्टरनेट सेवा यहाँ पनि सस्तो बनाउनेतिर सरकारको ध्यान गएन । 

डा. गोबिन्द केसीका माग जायज छन् भन्ने प्रधानमन्त्री केपी ओली, सभापति शेरबहादुर देउवा, अध्यक्ष पुष्पकमल दहाललगायत लगभग सबै नेता मान्छन् । तर, उनका माग पूरा गर्न भने कुनै पनि नेता इमानदार भएर लागेको देखिएन । 

अहिले कांग्रेस करिब ५ वर्षका लागी स्थानीय, प्रदेश र संघीय सरकार  बाहिर छ । जनताको भावनालाई आफूतिर केन्द्रित गर्नमात्र कांग्रेसले सडक र सदनबाट डा. केसीको विषयलाई उचालेको जस्तो देखिएको छ । कांग्रेस इमानदार भएर लाग्ने हो भने डा. केसीका मागमात्र हैन बहुसंख्यक मुलुकका बेथिति हटाउन सक्छ । निष्ठा र इमान हुने हो भने संख्या गौण हुन पुग्छ । तर, त्यसका लागि कांग्रेसले पार्टीको आन्तरिक गुटबन्दी हटाई स्पष्ट दृष्टिकोण राखेर दूरदर्शी दृष्टि लिएर अगाडि बढ्न जरुरी छ । नत्र, मौसमी आन्दोलनले कांग्रेसलाई क्षणिक फाइदा भए पनि दीर्घकालीनरूपमा कांग्रेसको अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने प्रश्न चिन्ह खडा हुने अवस्था आइसकेको छ । अर्को लोकतान्त्रिक  शक्ति उदाउन सक्ने आकलन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको मिडियामा आइसकेकै छ ।  

अब कांग्रेसले ३ करोड जनताकै माग पूरा गर्ने दिशामा अध्ययन गरेर आफ्नो पार्टीलाई केन्द्रित गर्नु जरुरी छ । मौसमी आन्दोलन गरेर क्षणिक फाइदाका पछि लाग्न छाड्नुपर्छ । कांग्रेसले अब वास्तवमा नै जनताको, अझ गरिब, दलित, विपन्न, पछाडि परेको वर्ग, महिला आदिको हितको लागि दत्तचित्त भएर लाग्न जरुरी छ । त्यसका लागि सर्वप्रथम गोविन्द केसीका माग पूरा गर्न  सर्वसत्तावाद उन्मुख दुई तिहाइ मतको ओली सरकारलाई गलाउन भएको कांग्रेसको सबै बल प्रयोग गर्नु जरुरी देखिन्छ ।  

(तरुण दलका नेता )


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC