बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अन्तिम समयमा किन स्थगित भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण ?
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, असोज ३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अन्तिम सयममा अमेरिकाको न्यूयोर्क भ्रमण स्थगित भएको छ ।  प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा सहभागी हुन सोमबार अमेरिकाको न्यूयोर्क जाने तयारी थियो । 
सोही तयारीअनुसार सरकारले संविधान दिवस पनि सोमबार विहानै मनाउने निर्णय गरेको थियो । २२ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर प्रधानमन्त्री सचिवालयले आइतबार राती प्रधानमन्त्री अमेरिका भ्रमणमा नजाने भन्दै विज्ञप्ति जारी गर्यो ।
वर्तमान अवस्थामा विदेश भ्रमण नगरी संविधान कार्यान्वयन र पुनःनिर्माणमा लाग्नुपर्छ भन्ने ठानेर भ्रमण स्थगित गरिएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री अमेरिका नजाने भन्ने निर्णय भारत भ्रमणकै क्रममा भएको थियो । “भारत भ्रमणकै बेला अमेरिका नजाने भन्ने निर्णय भएको थियो,” सचिवालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।
उनका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री दाहाललाई अमेरिका भ्रमणमा नजान आग्रह गरेका थिए ।  तर प्रधानमन्त्रीको एक्कासी भ्रमण स्थगित हुनुलाई केहीले अष्ट्रेलिया भ्रमणसँग पनि जोडेर हेरेका छन् ।
“सामाजिक सञ्जालमा पनि कतै–कतै अष्ट्रेलिया भ्रमणसँग जोडेर हेरिएको छ,”एक अधिकारकर्मीले बाह्रखरीसँग भने,“पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समयमा विदेश जाने विषयमा गम्भीर हुनुुहुन्छ । उहाँलाई केही डर पनि छ । त्यसैले सोँचविचार गरेर मात्रै जाने गर्नुभएको छ ।”
दाहालको केही महिना अघि पार्टीको एउटा कार्यक्रममा भाग लिन अष्ट्रेलिया जाने कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो । अष्ट्रेलिया जानु केही घण्टा अघि मात्रै उनको भ्रमण स्थगित भएको थियो । 
अष्ट्रेलियमा उजुरी परेपछि उनको भ्रमण स्थगित गरिएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले अहिले प्रधानमन्त्रीको भ्रमणलाई अष्ट्रेलियासँग जोडेर हेर्न नहुने बताएको छ ।
“अहिले अमेरिका युएनको महासभामा सहभागी हुन जाने भन्ने थियो,”सचिवालय सदस्य एवम् प्रधानमन्त्री दाहालका छोरा प्रकाश दाहालले बाह्रखरीसँग भने,“यो भ्रमणलाई अष्ट्रेलिया भ्रमणसँग जोडेर हेर्नै मिल्दैन । नितान्त आन्तरिक र संविधान कार्यान्वयनलाई ध्यान दिएर महासभामा नजाने निर्णय भएको हो । अन्य हल्लाका पछि लाग्नु उचित हुँदैन । पहिले पनि अमेरिका गएर आएको हो । हल्ला गरेजस्तो केही हुँदै होइन ।”
उनका अनुसार मधेसवादी दलका नेताहरुले राष्ट्रसंघबाट फिर्ता हुँदा दशैं लाग्ने भएकाले छठसम्म पनि संविधान संशोधनको प्रक्रिया अघि नबढ्ने भन्दै प्रधानमन्त्रीलाई अमेरिका नजान आग्रह गरेका थिए ।
 
Nepal Investment bank
Nepal Investment bank
सोमबार, असोज ३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्