site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राज्यसँग गरेका सहमतिको कार्यान्वयनका लागि पन्ध्रौँपटक अनशन गर्नुपर्ने अवस्था उत्पन्न गर्नेहरू नै संविधानको पक्षधर बनेर ‘‘एकाध जनाले भनेअनुसार हुने भए संविधान किन चाहियो भन्दै प्रश्न गर्न थालेका छन् । तर, संघदेखि स्थानीय तहसम्मका सरकारहरूले संविधानको अक्षर र भावनाको स्पष्ट उल्लंघन गरिरहेका यथार्थप्रति भने तिनीहरू मौन देखिन्छन् । संघले प्रदेश सरकारहरूलाई शाखासरह व्यवहार गरेको गुनासो प्रदेश सरकारका मन्त्रीहरूले गरेका छन् । अर्कातिर, स्थानीय तहका सरकारहरूमध्ये करिब ३० प्रतिशतले त कानुनले तोकेको समयमा बजेटसमेत पारित गरेनन् । संविधानमा लेखिएको शिक्षा र स्वास्थ्य सेवा सबै जनताले सहजरूपमा पाउनुपर्छ भने ज्यानको बाजी लगाउनेले संविधानको अवज्ञा गरेको ठान्ने कि सत्तामा बसेर संविधानको प्रावधान मिचेर मनपरी गर्नेलाई संविधानको शत्रु मान्ने ?

नेपालको संविधान, २०७२ मा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषित गरिएको छ । संघीय शासनमा स्पष्टता ल्याउनका लागि संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची पनि संविधानमा अनुसूची ५ देखि ९ सम्म स्पष्ट उल्लेख गरिएको छ । यस सूचीको अर्थ सरकारहरूबीच अधिकारको विभाजन होस् र सबै तहका सरकारको संवैधानिक हैसियत होस् भन्ने पनि हो । तर प्रदेश सरकारका मन्त्रीहरूले प्रदेशलाई संघले आफ्नो शाखासरह व्यवहार गरेको गुनासो गरेका छन् । हुन पनि साधन स्रोत र जनशक्तिको नियन्त्रण संघले गरेको छ । प्रदेशहरूलाई उनीहरूको आवश्यकता वा अन्य आधारमा भन्दा संघले तजबिजमा जनशक्ति उपलब्ध गराएको छ । अर्कातिर,  स्थानीय तहलाई भने बजेट बनाउन पनि संघले समयैमा सम्झाउने काम गरेको देखिएन । साधन स्रोतको नियन्त्रण गर्न जोड दिने तर सहजीकरण नगर्ने प्रवृत्ति संघीयता र अझ प्रकारान्तरबाट संविधानलाई असफल बनाउने प्रयास हो कि होइन ? 
संघ र ६ वटा प्रदेशमा एउटै पार्टीको सरकार छ । प्रदेश नम्बर २ मा पनि सरकारको नेतृत्व गर्ने पार्टी संघीय सरकारमा सामेल भएकाले यथार्थमा संघ र प्रदेशमा एउटै गठबन्धनको सरकार रहेको मान्न सकिन्छ ।  यसैले प्रदेश सरकारहरूले कुनै राजनीतिक प्रचारका निम्ति संघले अधिकार नदिएको गुनासो गरेका पक्कै हैनन् ।  संविधानमा लेखेकै भरमा राजनीतिक र प्रशासनिक नेतृत्वले संघीयता स्वीकार गर्छन् भनेर ठान्नु त मूर्खता हो तर संघीयताको मर्म नै मिचेर केन्द्रको सरकारले प्रदेश वा स्थानीय तहको अधिकार कटौती गर्नु भने अलोकतान्त्रिक मात्र हैन गैरसंवैधानिक पनि हो । सरकार संघीयतालाई ‘घाँडो’ ठानेको देखियो । प्रदेश र स्थानीय सरकारलाई संविधानबमोजिम अधिकार र स्रोत प्रयोग गर्न अंकुश लगाउने हो भने संघीयता नै निरर्थक हुनपुग्छ । 

संघीयता असफल भएमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार वर्तमान संविधानको शत्रु सिद्ध हुनेछ । बजेटका सम्बन्धमा गरिएको कानुनी व्यवस्थाको उपेक्षा गर्ने स्थानीय तह पनि थथार्थमा संघीयताका शत्रु हुन् । संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले यसरी संविधानको मर्म र कानुनी प्रावधान उल्लंघन गर्दा जनतामा समेत गलत सन्देश प्रवाह भएको छ । संघीय मामिला हेर्ने मन्त्रालयसमेत केन्द्रमा रहेका अवस्थामा यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्य हो र यसले उक्त मन्त्रालयकाे नेतृत्व विफल साबित भएको पुष्टि गरेको छ। सरकारले तत्काल प्रदेश सरकारहरूलाई संविधानको भावना र संघीयताको मर्मअनुसार अधिकार प्रयोग गर्ने  वातावरण बनाओस् । स्थानीय तहले अर्को वर्षदेखि कानुनमा उल्लेख भएकै समयमा बजेट पारित गर्ने सुनिश्चित् गरोस् । नत्र, संघीयता र सँगै यो संविधान पनि असफल हुने दिशामा अगाडि बढ्नेछ । चेतना होस् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC