site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बलजफ्ती काठमाडौं ल्याउने क्रममा जुम्लामा प्रहरीले गरेको व्यवहारको चौतर्फी निन्दा भएको छ । राष्ट्रिय मानव अधिकार आयोगलगायतले घटना प्रहरीले अस्पताल हाताभित्र अश्रुग्यास हान्नेदेखि डा. केसीको समर्थनमा प्रदर्शन गर्नेहरूमाथि अत्यधिक बल प्रयोग ग¥यो । कर्णाली स्वासथ्य विज्ञान प्रतिष्ठानको अस्पताल हाताभित्र प्रहरी प्रवेश गरेपछि त्यहाँका विद्यार्थी र जुम्लाका सर्वसाधारण जनताले प्रतिवाद गरे । त्यस क्रममा झडप भयो । प्रहरीलगायत थुप्रै जना घाइते भए । यही क्रममा घाइते प्रहरीको मृत्यु भएको झुटो समाचार प्रहरीले नै फैलायो । उनलाई गोली लागेको आधिकारिक पुष्टि नभए पनि चिकित्सकहरू प्रहरीले दाबी गरेजस्तो प्रदर्शनकारीले प्रहार गरेको किला वा सिसाको टुक्राबाट मात्र घाइते भएको मान्न तयार छैनन् । अस्पताल परिसरमै बल प्रयोग गर्ने प्रहरीले थप दमन गर्ने सन्देह जुम्लावासी बढी नै त्रस्त देखिएका छन् ।

सामान्यतः प्रहरीले अस्पतालभित्र प्रवेश गरेर बल प्रयोग गर्दैन । अस्पताल क्षेत्रमा बल प्रयोग युद्धमा समेत वर्जित छ । यसैले अस्पतालभित्र गरिएको कुटपिट र तोडफोडलाई राष्ट्रिय मानव अधिकार आयोगले ‘निन्दनीय कार्य’ भनेको हुनुपर्छ । नेपाल चिकित्सक संघले पनि प्रहरी ज्यादतीको विरोध र निन्दा गरेको छ । काठमाडौं सहरभित्र यस्तो परिस्थिति भए प्रहरीले जुम्लामा जति नै निर्धक्कसँग ज्यादती गर्ने आँट गर्ने थियो कि थिएन होला भन्ने प्रश्न सम्भवतः अहिले जुम्लाका सचेत जनताका मनमा उठेको होला । यही प्रश्न नेपाल प्रहरीका अधिकारीको मनमा पनि उठ्नु जरुरी हुन्छ । यस त्रासद घटनाले सामान्य जुम्लावासीका मनमा पनि प्रहरी र राज्यप्रति वितृष्णा उत्पन्न भयो भने त्यसलाई अन्यथा भन्न मिल्दैन । त्यस अवस्थामा जनताले विद्रोहको बाटो रोज्न सक्छ । त्यस्तो विद्रोह हिंसात्मक भयो भने त्यसबाट कति ठूलो र भयावह क्षति हुन्छ भन्ने भुक्तभोगी त नेपाली नै हुन् । यसैले राज्यका सबै अंगले आआफ्नो कर्तव्य सम्पादन गर्दा बढी नै गम्भीर हुनु आवश्यक हुन्छ । लोकतन्त्रमा त के अधिनायकवादी शासनमा समेत प्रहरी स्वयंले झुटाे प्रचार गर्नु अपेक्षित र ग्राह्य हुँदैन ।

प्रहरी वा कुनै पनि सरकारी कर्मचारीले कर्तव्य सम्पादनका क्रममा व्यावसायिक धर्म पालना गर्नैपर्छ । प्रहरीले आफैँ कानुन बनाउने हैन प्रचलित ऐननियम पालना गर्ने गराउने हो । राजनीतिक वा प्रशासनिक नेतृत्वले दिएको आदेश पालन गर्दा राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रावधान मिच्दा त्यसको सजाय भने सम्बन्धित प्रहरी अधिकारीले भोग्नुपर्छ । यसैले पनि व्यावसायिक धर्म छाड्नु हुँदैन । व्यक्ति विशेषलाई रिझाउन प्रहरीले व्यावसायिक धर्म उल्लंघन गर्दा सिंगो प्रहरी संगठनकै साख गिर्छ । सुन तस्करी प्रकरणमा संलग्नता पक्कै पनि व्यक्ति विशेषको रहेको होला तर बदनाम नेपाल प्रहरीको भएको छ । यस्तै, जुम्लामा गरिएको ज्यादतीबाट पनि नेपाल प्रहरीको छवि बिग्रेको छ । विशेषगरी जिउँदो प्रहरीलाई मरेको भनेर भ्रम फैलाउने र अस्पतालभित्र पसेर कुटपिट तथा तोडफोड गर्ने कार्य गरेकोमा प्रहरी निन्दाको पात्र भएको हो । डा. केसीलाई जुम्लाबाट बलपूर्वक काठमाडौं ल्याउन सकेको भन्दै प्रहरी अधिकारीहरूले सत्ताधारीबाट स्याबासी पाए होलान् तर त्यसले जनमानसमा प्रहरीप्रति वितृष्णा जन्माएको छ । यसैले जुम्लामा प्रहरीले गरेको ज्यादतीको सही र पारदर्शीरूपमा छानबिन गरेर दोषी प्रहरी अधिकारीलाई कारबाही गर्ने र आयन्दा यस्तो ज्यादती नगर्ने प्रतिबद्धता प्रकट गरेर नेपाल प्रहरीले आफ्नो साख जोगाउनु जरुरी छ । यस्तै, राज्यले जुम्लावासीलाई नहेपेको सुनिश्चत गर्ने अरू मानवीय प्रयास पनि हुनु आवश्यक छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC