site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसरी लेखौँ ?
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गत वर्षसम्म हाम्रा नेपाली शिक्षकले हामीलाई पुरानै तरिकाले अर्थात् आधा अक्षर जोडेर लेख्न सिकाउनु भयो । यस वर्ष नयाँ सरले ‘ए काले, त्यसरी नलेख् ! पो भन्नुहुन्छ । मलाई भने पोहोरसम्म ‘विद्यालय’ गएको र अहिले ‘विद् यालय’ आएकोजस्तो लाग्यो ।

नयाँ तरिकाले अक्षरको खुट्टा काटेर लेख्न त सजिलै छ । नजानेको शब्द पनि अलि ध्यान दिएर लेख्दा शुद्ध नै हुन्छ । तर, ठूलो कुरा त नानीमा लागेको बानी हुँदो रहेछ । र्हेनुस् न ! नयाँ तरिकाको कुरा गर्दागर्दै पनि शुद्ध त पुरानै तरिकामा लेखेछु । 
गाह्रो भने कहिले कहीँ स्कुल नगएका बेलामा हुन्छ । साथीको कापी माग्यो उसले त एउटै वाक्यमा एउटै शब्द दुई तरिकाले लेखेको हुन्छ । 
हामी त तैपनि सिक्तै छौँ । सरले नै पढाउँदा पढाउँदै नयाँ र पुरानो तरिका मिसाएर पढाइदिनु हुन्छ । शिक्षकको गल्ती पहिल्याउँदाको रमाइलो अर्कै हुन्छ । गल्ती औँल्याएर सरलाई जिस्क्यायो भने सजिलै भनिदिनु हुन्छ — ‘म बूढो मान्छे त झुक्किइहाल्छु नि । तिमीहरू पो झुक्किन पाउँदैनौ त’ । 
अर्को सेक्सनका साथीहरूलाई अर्का सरले अर्कै (पुरानै) तरिकाले लेखाउनु हुँदोरहेछ ।  कक्षामा लेख्दालेख्दा नयाँ र पुरानो तरिका त गाडीको गियरजस्तै ‘चेन्ज’ हुन्छ ।  
हामीलाई परेको अर्को मर्का चाहिँ किताबकै हो । हामीले नयाँ तरिकाअनुसार लेख्नुपर्ने भएपछि किताब पनि त्यहीअनुसारको हुनुपर्दैन त ?  सरले — ‘ फटाफट फलानो पुस्तकबाट प्रश्न सार, म उत्तर भन्छु’ भन्दा एकसुरले प्रश्न सारिन्छ पछि कापी हेर्दा प्रश्न एक तरिकाले र उत्तर अर्कै तरिकाले लेखिएको हुन्छ । नयाँ र पुरानो तरिका सिकाइ सरलाई भने ‘जोक’ नै भएको छ । भन्नुहुन्छ — ‘अब अक्षरको खुट्टोमात्र काटिदिने ! जिउ नै काट्ता हत्याको आरोप लाग्नसक्छ ।’   उहाँको पनि के दोष ? जागिर खान पनि चलनअनुसार फेरिनै पर्ने !  बरू हाम्रा बाबाहरूको पालामा पो आनन्द रहेछ । न दुईथरी लेख्ने तरिका न दुई प्रकारले सिकाउने शिक्षककै झमेला । हुनत, त्यति बेला मास्साबहरूले पढाउँथे रे । हामीलाई पो सरले पढाउनुहुन्छ । बाबाहरूको स्कुलमा एउटै कक्षामा सेक्सन पनि थिएन रे । कक्षापिच्छे शिक्षक त हुँदैन थिए रे सेक्सनैपिच्छे बेग्लाबेग्लै मास्टर कहाँ पाउनु ? 
यो वर्ष त एसएलसी दिनु छ । परीक्षाको उत्तर कापी कस्ले र कता जाँच्ने हुन् पत्तै हुँदैन रे । नयाँ तरिकाअनुसार लेखौँ भने पुरानै तरिकाले पढाउने सरकहाँ कापी पुग्ला र नम्बरै नदिनु होला भन्ने डर । पुरानै तरिकाले लेखौँ गल्ती लेखेको भनेर ‘मार्क’ पो काट्नु होला कि भन्ने त्रास ।  परीक्षामा लेख्दिन भनेर त पक्कै सुख पाइनेछैन । नलेखी हुँदैन । त्यसमाथि १० वर्ष पढेको जाँच ३ घन्टामा लेखेर दिनुपर्ने ।  परीक्षामा लेख्न त लेख्ने नै हो तर लेख्न चाहिँ कसरी लेखौँ ? 
       
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC