बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बिचौलीया खोजी गर्न सादा पोशाकमा १५० प्रहरी परिचालन दसैंमा बस टिकटमा दलाल गर्न खोजे १०० मा खबर गर्नुस्
KNP nepal
KNP nepal
डिल्ली पाण्डे
बाह्रखरी - डिल्ली पाण्डे आइतबार, असोज २, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । दसैंका बेला काठमाडौं बाहिरिने र भित्रिनेलाई बिचौलीयाले दुःख दिने गरेको भन्दै काठमाडौं प्रहरीले बिचौलीयाको खोजीका लागि उपत्यकाभर १ सय ५० जना सादा पोशाकका प्रहरी परिचालन गरेको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबारदेखि काठमाडौंको नयाँ बसपार्क, कलंकी, थानकोट, सादोबाटो, कोटेश्वर जोरपाटी लगायतका स्थान तथा मानिसको भीडभाड हुने स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले बताए । 
एसएसपी थापाले बाह्रखरीसँग भने,“बिचौलीयाले दसैंको मौका छोपी घर फर्कर्नेहरुलाई विभिन्न बहानामा ठगी गर्छन् । दसैंको टिकटमै दलाली गर्ने गरेका छन् । त्यसैले सादा पोशाकका प्रहरी परिचालन गरिएको हो ।”
उनका अनुसार परिसर मातहतका १५ वटा प्रहरी वृत्तबाट १० जनाका दरले मानिसहरुको चलहपहल हुने स्थान र दसैंमा घर जानेहरुको भीडभाड हुने स्थानमा खटाइएको छ । 
“बिचौलीयाहरु धेरै बाठा भइसकेका छन्,” एसएसपी थापाले भने, “उनीहरुले सहयोगी भावना देखाएर ठगी गरेका हुन्छन् । बसको टिकट मिलाइदिने भन्दै ठगी गर्ने गरेको पाइएको छ । विगतमा यस्ता धेरै घट भएपछि सादा पोशाकका प्रहरी परिचालन गरिएको हो ।”
शनिबार पनि नेपालगन्ज जाने बसले ठगी गरेको पाइएपछि कारवाही गरिएको उनले जानकारी दिए ।
“काठमाडौंबाट नेपालगन्ज जाने सामान्य बसले बाहिर वाइफाई, डिलक्स भन्दै ९ सय उठाउनुपर्नेमा १ हजार ३ सय ५० उठाउने गरेको भेटिएपछि कारवाही गरियो,” उनले भने ।
प्रहरीले बस टिकटमा हुने दलाली रोक्न पनि बसपार्कमा छुट्टै प्रहरी परिचालन गरेको छ । एउटै टिकट दुई जनालाई दिनेदेखि सिट क्षमता भन्दा बढीको टिकट बितरण गर्ने ब्यवसायीलाई नियन्त्रणमा लिन पनि प्रहरी परिचालन गरिएको  प्रहरीले जनाएको छ । 
 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज २, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्