site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रोएसियाविरुद्ध फ्रान्स २–१ गोलले अघि, पेनाल्टीबाट ग्रिजम्यानको गोल 
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वकप फुटबलको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सले २–१ गोलको अग्रता बनाएको छ । पेनाल्टीबाट गोल गर्दै फ्रान्सले अग्रता बनाएको हो ।

खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरे । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । 

१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् ।

Global Ime bank

यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो । फ्रान्सलाई पराजित गर्दै इतिहास रच्ने दाउँमा क्रोएसिया रहेका छन् । यता, फ्रान्स भने क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्ने लक्ष्यमा छ ।

सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पाइला टेकेको थियो । विश्वकप फुटबलको उपाधि क्रोएसियाले जितेमा आफ्नो फुटबल इतिहासमा ऐतिहासिक सफलता हात पार्ने छ । अहिलेसम्म क्रोएसियाले विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गर्न सकेको थिएन । 

सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धी हो ।

यता, फ्रान्सले भने सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC