site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सामाजिक सञ्जालले जन्माएको ज्यानमारा भिड

भ्रामक विषबमन र तुच्छ आक्रमणका लागि सामाजिक सञ्जालहरूको आलोचना हुने गरेको छ । भारतले यो समस्या नराम्रोसँग भोगेको छ । भारतकी विदेशमन्त्री सुषमा स्वराजलाई उनको आफ्नै दल भारतीय जनता पार्टी (भाजपा)का सदस्य र समर्थकहरूबाट गरिएको अपमान एउटा उदाहरण हो । 

विदेश मन्त्रालयको सेवाका सम्बन्धमा नागरिकले गर्ने याचनालाई ट्विटरबाट सम्बोधन गर्ने मन्त्रीका रूपमा स्वराजले ख्याति कमाएकी छन् । विदेश मन्त्री सुषमा स्वराजमाथि अहिले भएको आक्रमण भने अन्तजातीय विवाह गर्ने दम्पत्तिले राहदानीका लागि निवेदन दिँदा अपमानजनक टिप्पणी गर्ने एक जना कर्मचारीलाई सजायस्वरूप सरुवा गरेपछि सुरु भएको हो । 

सरुवा गर्ने निर्णय मन्त्रालयको राहदानी शाखाका अधिकृतहरूले गरेका थिए भने मन्त्री स्वराज त्यति बेला विदेशमा थिइन् । परन्तु, सजाय पाउने कर्मचारीको मुसलमान विरोधी पूर्वाग्रहजस्तै धारणा राख्ने भाजपाका सदस्य र समर्थकहरूलाई त्यसबाट कुनै फरक परेन । उनीहरूले विदेश मन्त्री स्वराजलाई ‘बेगम’ को संज्ञा दिए र उनका पतिलाई स्वराजलाई पिटेर तह लगाउन सल्लाह दिएर सामाजिक सञ्जालमा बाढी नै चलाएका छन् ।

Agni Group

गत दशकभर भाजपाले हिन्दु प्रभुत्व, अल्पसंख्यकको अपमान, उग्र राष्ट्रवाद र राजनीतिक विरोधीविरुद्ध निर्मम आक्रमणकारी सन्देशको प्रचारवाजीका लागि  साइबर लडाकुको सेना तयार गरेको छ । यो प्रक्रिया भाजपा विपक्षमा हुँदै आफ्नो दृष्टिकोणलाई मूलप्रवाहका सञ्चार माध्यममा पर्याप्त स्थान नदिइएको भन्दै सुरु गरिएको थियो । सन् २०१४ मा भाजपा सत्तामा पुग्ने बेलासम्म त सामाजिक सञ्जालको ट्रोलहरू राजनीतिक अभियानका प्रमुख सेना नै हुन पुगेका थिए ।

अहिले ट्विटर, फेसबुक र ह्वाटसएपमा साइबर सेना उपेक्षा गर्न नसकिने संख्यामा सक्रिय संयन्त्रका रूपमा उपस्थित छ । सन् २०१६ मा स्वाति चतुर्वेदी ले ‘आई एम ए ट्रोल ः इनसाइड द सेक्रेट वल्र्ड अफ द बीजेपीज डिजिटल आर्मी’ का गरेको खुलासामा राम्रै तलब पाउने, अनेकौं एकाउन्ट चलाउने ट्रोलहरूको साइबर सेल भारत र विदेशमा खोलिएका छन् ।

Global Ime bank

यी तलबी राजनीतिक चटकेहरू ‘सिकुलार’ (धर्मनिरपेक्ष), ‘लिब्राटस’ (उदारवादी) र ‘खांग्रेसी’ (मुसलमानप्रति झुकाव राखेको भन्दै कांग्रेस पार्टी) विरुद्ध सामाजिक सञ्जालमा चौबीसै घन्टा आक्रमण गरिरहेका हुन्छन् । कुनै विषय वा व्यक्ति भाजपाको राजनीतिक स्वार्थ वा मुसलमान विरोधी विचारको विरोधी भएको लाग्नेबित्तिकै तिनलाई निसाना बनाइहाल्छन् । वास्तवमा, साइबर आक्रमणकारी पल्टन भारतमा कति व्यापक छ भने अपमान र लाञ्छना सहन तयार नभई भारतको सामाजिक सञ्जालमा कुनै उदारवादी टिप्पणी गर्नै सकिँदैन । यसको प्रत्यक्ष भुक्तभोगी त म स्वयं हुँ ।

भाजपाको वरिष्ट नेता भएकाले यसपटकको दुःखद घटनाभन्दा पहिले सुषमा स्वराजले उनको पार्टीको मायावी सेनाको आक्रोश सहनु परेको थिएन । ट्रोल सेनाको आक्रमण सामना गर्नु परेपछि उनले आफ्ना फलोअरहरूको समर्थन खोज्नका लागि हतपत ट्विटर मतसंग्रह गरिन् । अचम्म, ४३ प्रतिशत उनका फलोअरले नै उल्टै ट्रोलको समर्थन गरे । 

यसबाट भाजपाले भारतमा सामाजिक सञ्जाललाई कति विषाक्त बनाएको छ भन्ने हामी अरूले धेरै पहिले थाहा पाएको सत्य भन्ने स्वराजले पनि थाहा पाइन् । भारतमा सामाजिक सञ्जाल प्रयोग गर्नु त आफूलाई राम्ररी सुरक्षित नगर्ने जो पनि ध्वस्त हुने आणविक दुर्घटना स्थलमा टेक्नुजस्तै हो । डा. भिक्टर फ्रान्केन्स्टाइनले कसैले राक्षसको सिर्जना ग¥यो भने त्यो छिटो फैलन र नियन्त्रणबाट फुत्किन सक्छ भनेर रहस्योद्घाटन गरेजस्तै हो ।

भाजपाको ट्रोल सेनाको मुख्य निसाना महिला पत्रकार र राजनीतिक कार्यकर्ता हुनु सायद अनौठो पनि हैन । उनीहरू तिनको नैतिक आचरण र रुपमा टिप्पणी त गर्छन् नै प्रायः बलात्कारको धम्की पनि दिन्छन् । भाजपाको एक जना कार्यकर्ताले हालै कांग्रेस पार्टीका एक प्रवक्ताकी १० वर्षे छोरीलाई बलात्कार गर्ने धम्की ट्विटरबाट दिएको थियो ।

यस घटनामा धम्की दिने व्यक्ति पक्राउ परेको छ र यसबाट सामाजिक सञ्जालमा महिलाविरुद्ध आपत्तिजनक धारणा प्रकट गर्नेहरू निरुत्साहित हुने अपेक्षा गरिएको छ । परन्तु, त्यो घृणाको बाढी मत्थर होला भन्ने आशा राख्नु अतिशयोक्ति हुनेछ । हुन पनि प्रयोगकर्ताले कसैले चिन्न नसक्नेगरी पीडितभन्दा धेरै टाढाबाट प्रहार गर्न सक्ने हुनाले इन्टरनेटको चरित्र नै यस प्रकारको दुव्र्यवहारलाई सजिलो हुने प्रकृतिको हुन्छ । यस्ता पक्षहरूका साथै आफ्नो राजनीतिक विचारलाई मात्रै सही ठान्ने कार्यकर्तालगायत भाजपाका ट्रोल सेनाजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता जे मनलाग्यो त्यही भन्न नडराउने भएका छन् । 

पक्कै पनि सामाजिक सञ्जालको दुरुपयोग दुव्र्यवहार गर्नका लागि वा भाजपा समर्थकहरूले मात्र गर्नेगरेका छैनन् । भारतमा जस्तै अरू मुलुकमा पनि सामाजिक सञ्जालको दुरुपयोग सामान्य तथ्यको पनि विचार नगरी भ्रम फैलाउनका लागि गरिएको छ ।
यस्ता झुटा ‘समाचार’को परिणामा गम्भीर हुनेगरेका छन् । सामाजिक सञ्जाल विशेषगरी ह्वाटसएपबाट फैलाइएको हल्लाले गाई मारेको, बच्चा चोरेको जस्ता भ्रममा निर्दोष व्यक्तिहरूलाई झुटो आरोप लगाएर भिडले मार्ने वा अझ नराम्रो हुने गरेको छ । गत वर्षमात्रै भारतका ९ राज्यमा ज्यानमारा भिडले २७ जनाले ज्यान लिएको छ । 

यसबाहेक, म्यान्मारको समुद्री आँधी पीडितको तस्बिरलाई उत्तरपूर्वमा मारिएका मुसलमान भन्दै सामाजिक सञ्जालमार्फत पैmलाइएको भ्रमका कारण मुसलमान कार्यकर्ताहरू उत्तरपूर्वका मानिसहरूसँग भारतको जुनसुकै ठाउँमा पनि बदला लिने धम्की दिन थाले । सरकारी निकायले सामाजिक सञ्जालमा प्रस्तुत गरिएका विषयहरू झुटा हुन् भनेर बुझाउन सक्नुभन्दा पहिले नै उत्तरपूर्वका दसौं हजार भारतीय आत्तिएर भारतका अरू ठूला सहरबाट काम र घरबार छाडेर भागे । 

सामाजिक सञ्जाल यसको प्रकृतिअनुसार नै सनसनी फैलाउन र छिटो सन्देश पु¥याउन सफल हुन्छ तर त्यसको पुष्टि गर्न र सावधान बनाउन समर्थ हुँदैन । सत्य थाहा भएपछि पनि भ्रम जति छिटो सत्य सम्प्रेषण हुन सक्तैन । यसको सजिलो समाधान छैन । नियमहरू लागु गर्दा अरू सञ्चार माध्यममा अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रणका लागि पनि बाटो खुल्नेछ । परन्तु, अहिले आफूले पैदा गरेको राक्षसबाट भापजाका आफ्नै नेता पीडित भएकाले अब ट्रोल सेनाको निर्माणमा समस्या रहेको स्वीकार गरिन सक्छ । 

(भारतका पूर्व विदेश राज्यमन्त्री)  
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य )
Copyright: Project Syndicate, 2018.

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC