Skip Advt.

क्रोएसिया र इंग्ल्यान्ड ९० मिनेटसम्म १–१ गोलको बराबरीमा, ३० मिनेटको समय थप

क्रोएसिया र इंग्ल्यान्ड ९० मिनेटसम्म १–१ गोलको बराबरीमा, ३० मिनेटको समय थप

एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्ड र क्रोएसियाले निर्धारित ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेका छन् । दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको हो ।

३० मिनेटको समयमा पनि दुबै टिमले बराबरी खेले खेल पेनाल्टीतर्फ धकेलिने छ ।

खेलको ६८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
यसअघि इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो । 

इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै गोल खाएको क्रोएसियाले पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेको थिएन । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा भएको पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने अन्य राम्रो अवसर खेर फालेको थियो ।

५२ वर्षपछि इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । इंग्ल्यान्डले विश्वकपको उपाधि एक पटक मात्रै उचालेको छ । इंग्ल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दै उपाधि उचाल्ने लक्ष्यमा छ ।

क्रोएसियाले भने सेमिफाइनलसम्मको मात्रै यात्रा अहिलेसम्म तय गरेको छ । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे क्रोएसियाले आफ्नो फुटबलमा इतिहास बनाउने छ । 

प्रतिकृया दिनुहोस