site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारलाई मौद्रिक नीतिले दियो ‘गुड न्युज’, केही अझै छुटे
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार सार्वजनिक भएको आगामी वर्षको मौद्रिक नीतिले सेयर लगानीकर्तालाई लामो समयपछि ‘गुड न्युज’ दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा केही विषय समेटिए पनि विश्वस्त हुन नसकेका लगानीकर्ता बुधबारको मौद्रिक नीतिबाट भने कही अपेक्षा गर्नसक्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले प्रस्तुत गरेको मौद्रिक नीतिमा सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने केही विषय समेटिएका हुन् । मार्जिन कल, ब्रोकरको लाइसेन्स बैंकहरुलाई दिइने योजना तथा तरलतासँग सम्बन्धित समस्या समाधान गर्न राष्ट्र बैंकबाट तयारी भएको नीतिगत व्यवस्थाबाट लगानीकर्तालाई भने फाइदा पुग्ने भएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले लगानीकर्ताले लामो समयदेखि ब्रोकरलाई लाइसेन्स दिनुपर्ने माग गर्दै आएकोमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकलाई ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेको बताए । उनले भने, “वाणिज्य बैंकहरुलाई धितोपत्र व्यवसायीको कारोबार गर्न दिनुपर्ने माग भइ आएको सम्बन्धमा सम्बन्धित वाणिज्य बैंकबाट अनुरोध भई आएमा यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गरी यस्तो कारोबार गर्न सक्ने व्यवस्था मिलाइने छ ।”

यस अगाडि लगानीकर्ताले लामो समयदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग गर्दै आएका थिए । नेपाल स्टक एक्सचेन्जले पनि बैंकलाई ब्रोकर लाइसेन्स दिनको लागि नेपाल राष्ट्र बैंक बाधक भएको जनाउँदै आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरिने भएको छ । राष्ट्र बैंकले मार्जिन कलको विषयमा लगानीकर्तालाई अफ्ठ्यारो अवस्थामा यससम्बन्धि व्यवस्था सहज बनाएको छ । यससँगै सेयर धितोमा लिइएको कर्जामा मार्जिन कलको समस्यालाई राष्ट्र बैंकले केही हदसम्म समाधान गरेको जानकारहरुले बताएका छन् ।

यससँगै सेयरको मूल्य २० प्रतिशतसम्म घट्दा पनि सेयर धितोेमा राखेर ऋण लिएका लगानीकर्तालाई बैंकले मार्जिन कल गर्न पाउने छैनन् । हाल सेयरको मूल्य १० प्रतिशत घट्नेवित्तीकै बैंकहरुले लगानीकर्तालाई “एसएमएस” गर्ने गरेका थिए । तर, सेयर धितोमा राखेर पाइने ऋणको सीमा भने पहिलेकै कामय छ ।

Global Ime bank

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार समग्रमा आगामी वर्षको मौद्रिक नीतिले लगानीकर्तालाई ‘गुड न्युज’ दिएको बताए । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न आवस्यक सबै उपयुक्त कदम चालेको छ । सीआरआर, स्प्रेड दर रेसियनेलगायत विषयमा गरिएको व्यवस्था सेयर बजार मात्र नभएर समग्र अर्थतन्त्र सबल बनाउन ल्याएको नीति हो ।”

उनले थपे, “पुनकर्जा कोषको सीमा ३५ अर्ब पुगेको छ । वाणिज्य बैंकहरुले भारतीय मुद्रामा पनि ऋण लिन पाउने भएका छन्, यसले तरलता समस्या समाधान गराउने देखिन्छ ।”
धेरैकुरा सकारात्मक भएपनि केही विषय भने अझै सम्बोधन हुन बाँकी रहेको उनको भनाइ छ । मौद्रिक नीतिले केही हदसम्म लगानीकर्ताका भावना समेट्न खोजेको देखिएपनि केही विषयमा भने चुकेको उनले बताए । 

मौद्रिक नीतिले बैंकलाई सेयर धितोमा राखेर ठूलो मात्रामा ऋण प्रदान गर्न भने रोक्ने भएको छ । आगामी वर्षको मौद्रिक नीतिले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म दिँदै आएको कर्जा सीमालाई २५ प्रतिशतमा झारेपनि बैंकहरुले प्रवाह गर्ने कर्जामा कमि आउने भएको हो ।

यस्तै मार्जिन कल ६० देखि ६५ प्रतिशत बनाएको भए लगानीकर्ता झनै खुसी हुने उनको दबी छ । उनले भने, “यसका अलावा कर्जा सीमालाई २५ प्रतिशतमा झार्नुको साटो यथावत् राखेको भए वा थोरै मात्राले बढाएको भए सतप्रतिशत लगानीकर्ता खुसी हुने थिए ।”

यता बैंकहरुलाई सेयर ब्रोकरको अनुमति दिने व्यवस्थाले सेयर कारोबारलाई केन्द्रमा सिमित नगर्ने नीति सकारात्मक भएको प्रतिक्रिया बैंकरहरुले दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC