site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छैनन् पर्याप्त पाइलट, लाखौं खर्चेर विदेशी ल्याउनुपर्ने वाध्यता
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा जहाज उडाउन पाइलटको अभाव रहेको पाइएको छ । विमान कम्पनीहरु थपिँदै जाँदा पाइलटको माग बढेपनि आवश्यक संख्यामा पाइलट उत्पादन हुन नसक्दा विदेशबाट पाइलट ल्याएर जहाज उडाउनुपर्ने बाध्यतामा कम्पनीहरु रहेका छन् । 
नेपाल वायुसेवा निगमसमेत पाइलट अभावको चपेटामा परेको छ । उसका लागि अवश्यक पाइलट नेपालमा उपलब्ध नभएपछि अहिले पनि निगमले विदेशबाट पाइलट ल्याएर विमान उडाइरहेको छ । 

निगमका लागि अहिले २८ जना पाइलट आवश्यक रहेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । आवश्यक २८ जना पाइलट निगमले विदेशबाटै ल्याउनुपर्ने अवस्था रहेको कंसाकार बताउँछन् ।

Agni Group

“निगमलाई अब केही समयमा आउने एक वाइडबडी विमानसहित अहिले १३ वटा विमानका लागि ११६ जना पाइलट आवश्यक छ तर हामीसँग जम्मा ८८ जना पाइलट मात्रै हुनुहुन्छ,” महाप्रवन्धक कंसाकारले भने, “नेपालमै पाइलट नभएपछि निगमसँग हुने कुरा भएन त्यसैले विदेशबाट नै ल्याउनुपर्ने अवस्था छ ।” 

विदेशी एयरलाइन्समा काम गरिरहेका एक जना नेपाली पाइलटसँग निगममा आउनेबारे कुरा भैरहेको तर उनले विदेशी पाइलट सरह नै पारिश्रमिक मागेको भन्दै कंसाकारले भने, “नागरिकता हेरेर पारिश्रमिक दिने हैन काम र अनुभव हेर्ने हो । हामीले उसलाई विदेशीसरह नै पारिश्रमिक दिएर ल्याउनेबारे छलफल गरिरहेका छौं ।”

Global Ime bank

चिनिया विमान एमए ६० र वाई १२ ई का लागि अहिले ४ जना पाइलटको व्यबस्था भैसकेको तर यी विमानलाई पूर्णरुपमा चलाउनका लागि थप ७८ जना पाइलट चाहिने निगमले जनाएको छ ।  ए ३२०–२०० विमान उडानका लागि अहिले ३ जना विदेशी पाइलट कार्यरत छन् । जसका लागि निगमले मासिक प्रति व्यक्ति  १५ लाख रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । 

अघिल्लो हप्ता नेपाल ल्याइएका ३२०–२०० वाइडबडी र अब ल्याउन लागेको अर्को वाइडबडी विमानका लागि अहिले ६ जना पाइलट र ६ जना को–पाइलट निगमले तयार गरिरहेको जनाएको छ । निगमका अनुसार यी दुई विमान पूर्ण रुपमा सञ्चालनका लागि थप १२÷१२ जना पाइलट र को–पाइलट आवश्यक पर्नेछ । यसका लागि विदेशबाटै पाइलट झिकाउनुको विकल्प नरहेको भन्दै निगम महाप्रवन्धक कंसाकार भन्छन्, “विदेशबाट नै ल्याउनुको विकल्प हामीसँग छैन । पाइलट उपलब्ध गराउने पनि कम्पनी हुँदारहेछन् प्रतिस्पर्धाकै आधारमा हामी पाइलट लिनेछौं ।”

वाइडबडी विमानका पाइलटले भने १८ लाख रुपैयाँ मासिक पारिश्रमिक लिने गरका छन् भने को–पाइलटले १२ लाख लिने गरेका छन् ।  निगमले ३० जना पाइलटका लागि आवेदन माग्दा १९ जनाले दरखास्त हालेको र त्यसमा पनि ६० प्रतिशत अन्तर्वार्तामा फेल भएका थिए । 

विदेशमा पनि पर्याप्त पाइलट नहुँदा कतिपय देशका जहाज कम्पनीले ६० प्रतिशतसम्म पाइलट विदेशबाट हायर गर्ने गरेको निगमको दाबी छ ।  अबको दुई वर्षभित्रमा दुईवटा न्यारोबडी विमानसमेत खरिद गरेर युरोप, अमेरिका, अष्ट्रेलिया लगायत पर्यटकको खानी भएका देशमा उडान भर्ने निगमको योजना छ । 
तस्बिरः द प्रिन्ट डट इनबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC