site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डुब्ने चलचित्रमा किन हुन्छ करोड लगानी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको वैशाखयता दुई दर्जनभन्दा धेरै नेपाली चलचित्र रिलिज भए । तर, अधिकांश चलचित्रले लगानी उठाएनन् । केकी अधिकारीको ‘कोहलपुर एक्सप्रेस’ले लगानी उठाएको हल्ला चल्यो । ऋचा शर्माको चलचित्रले पनि करोडमाथि ग्रस कलेक्सन गरेको चर्चा सुनियो । ऋचाले केक काटेको तस्बिर पनि सञ्चारमाध्यममा सार्वजनिक भयो । 

अघिल्लो वर्षको अन्त्यमा रिलिज भएको ‘शत्रुगते’ ले भने ५१ दिन नै मनाएको थियो । ०७४ को अन्तिम दिन प्रदर्शनमा आएको ‘लिलिबिली’ ले पनि करोडमाथि कमाएको समाचारहरु सार्वजनिक भए । 

नेपाली चलचित्रले करोडौं कमाएको हल्ला चल्छ, तर जानकारहरु भन्छन्, ‘यस्तो हल्ला नियोजित रुपमा चलाइन्छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक निश्चल बस्नेत पनि यसलाई स्वीकार्छन् । “अरु बिजनेसमा घाटा–नाफाको बारेमा सुरुमै क्यालकुलेसन हुन्छ तर यो फिल्मको बिजनेस भनेको हल्लाका भरमा फाइदा देखाउने बिजनेस हो,” निर्देशक बस्नेत भन्छन्, “एउटा फिल्मले गरेको बिजनेसको उदाहरण दिएर लगानी गराउने चलन पछिल्लो समय धेरै बढेको छ । लगानी गर्ने व्यक्तिले पनि आफूले लगानी गर्दै गरेको क्षेत्रबारे न्यूनतम कुराहरु बुझ्नुपर्छ । फिल्म भनेको के हो, कस्तो फिल्म चल्ने सम्भावना हुन्छ जस्ता बेसिक आइडिया चाहिन्छ निर्मातामा ।”  

नेपाली चलचित्र उद्योगमा वार्षिक झण्डै एक अर्ब रुपैयाँ चलचित्र निर्माणका लागि लगानी हुँदै आएको छ । वर्षमा सयवटाको हाराहारीमा चलचित्र निर्माण हुँदा औसतमा यो आँकडा निकालिएको हो । 

Global Ime bank

इजाजत लिएका मध्ये करिब सयवटा चलचित्र प्रदर्शनमा आउँछन् । त्यसमध्ये पनि लगानी उठाउने चलचित्रको संख्या निकै न्यून हुन्छ । ३–४ वटा चलचित्र नाफामा जाने गरेको, ५–६ वटाले लगानी उठाउने गरेको र बाँकी सबै घाटामा जाने गरेको जानकारहरु बताउँछन् । 

सामान्यतया एउटा चलचित्र घाटामा गएपछि निर्माताहरु फेरि अर्को चलचित्र बनाउँदैनन् । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ७० देखि ८० प्रतिशत निर्माताले दोस्रो चलचित्रमा लगानी गर्दैनन् । 

निर्देशक र कलाकारको स्टारडमकै आधारमा चलचित्र चल्छन् भन्ने हल्ला र ग्रस कलेक्सनको झुटो विवरणका भरमा लगानी गर्न उत्साहित हुनेको संख्या पनि ठूलो रहेको निर्देशक निश्चल बताउँछन् । 

उनी भन्छन्, “नामकै भरमा चलचित्र चल्छ भनेर विश्वास गरेर आउनेहरु पनि छन्, यसरी आउनेहरुलाई मैले सुरुमै यथार्थ बताइदिने गरेको छु । नामका भरमा चलचित्र चल्छ भन्ने लाग्दैन मलाई । यस्तो भ्रममा चलचित्र निर्माण नगर्नुस् ।”  

नेपालमा करिब करोड रुपैयाँमा एउटा चलचित्र तयार हुन्छ । चलचित्र चल्यो भने नाम पनि हुने र हिरोइनसँग नजिकिन पनि पाइने गलत उद्देश्यले पनि लगानी भइरहेको चलचित्रकर्मीहरु नै बताउँछन् । 

“विदेशमा बसेर ५–७ करोड कमाएकाहरु पर्दामा प्रोड्युसरको नाम आउने लोभले यो क्षेत्रमा आएका उदाहरण धेरै छन् । हिरोइनलाई प्रलोभनमा पारेर फसाउने गलत उद्देश्य राखेर पनि चलचित्रमा लगानी भैरहेको छ,” एक स्थापित निर्देशक भन्छन् । अधिकांश चलचित्र फ्लप भइरहेका बेला पनि निरन्तर लगानी भैरहनुको मुख्य कारण यही रहेको ती निर्देशकको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC