site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुल बगाएपछि बाइस परिवारको जङ्गलमै बास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
ताप्लेजुङ। ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ । 
 
वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै पुल बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको हो । चाँैरीगोठ लिएर गएका घुन्साका १५ र फलेका आठ परिवारलाई घर फर्कने उपाय नभएको घुन्साका हिमाली चुङ्दाले बताए । 
 
पुल बगाएपछि उनीहरुलाई खाद्यान्न लगायतका आवश्यक सामग्री पु¥याउनसमेत समस्या भएको छ । चुङ्दाका अनुसार घुन्सादेखि कञ्चनजङ्घा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बाढीले बगाएको छ । सो पुल त्यस क्षेत्रमा आवतजावत गर्ने एक मात्र पुल हो । 
 
निरन्तरको वर्षाका कारण आएको बाढीले बिहीबार बिहान पुल बगाएपछि दिउँसो गाउँलेले गएर बनाउने प्रयास गरेपनि उनीहरुको उपाय लागेन । पुल बनाउन दुवैतर्फ जनशक्ति चाहिने भएकाले समस्या भएको बताइएको छ । 
 
बाढीका कारण गोठमा गएका २२ परिवारलाई बोलाएर पुल बनाउन सकिए पनि अलपत्र परेकालाई खबर गर्ने कुनै माध्यम नभएकाले समस्या भएको चुङ्दाले बताए । सो क्षेत्रमा मोबाइल फोनसमेत नचल्ने भएकाले समस्या भएको जनाइएको छ । 
 
चुङ्दाले टेलिफोनमा बताएअनुसार गोठ अहिले रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रमा छन् । आलुखेती हुने खम्बाछेनमा खेतीका लागि परिवारका सदस्य गएका छन् । 
 
एउटा परिवारका दुई÷तीनजना गोठमा जाने अरू घरमा बस्ने गरेर परिवारका सदस्य विभाजित भएर बस्ने गरेका छन् । सो खोलामा काठेपुल बनाउन कम्तीमा पनि रु ६ लाखसम्म लाग्ने र त्यो पनि पानी घटेपछि मात्रै सम्भव हुने चुङ्दाले जानकारी दिए । रासस
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC