site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालको संविधान, २०७२ मा बहुलवाद शब्द उल्लेख नभए पनि विभिन्न लोकतान्त्रिक संस्था र प्रावधानको व्यवस्था गरेर सर्वसत्तावाद कायम हुने बाटो छेकेको छ । यसैले सरकारका फाटफुट व्यवहार र प्रधानमन्त्री तथा मन्त्रीहरूको बोलीका आधारमा वर्तमान कम्युनिस्ट सरकार सर्वसत्तावादी भइसक्यो भन्ने निष्कर्ष निकाल्नु हतार हुनेछ । तर, हालैका केही व्यवहार र कथन हेर्दा सरकार सर्वसत्तावादी मानसिकताबाट निर्देशित भएको झलक भने देखिन थालेको छ । प्रधानमन्त्री केपी ओलीले काठमाडौंका विभिन्न स्थानमा विशेषगरी मण्डलामा लगाइएको निषेधाज्ञा ‘कसैले भन्दैमा नहट्ने’ धारणा प्रकट गरेको समाचार सार्वजनिक भएको छ । यस्तै, उनले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पनि ‘कसैले भन्दैमा नरोकिने‘ उद्घोष गरेका छन् ।

काठमाडौंमा कुनै आन्दोलन भइरहेको थिएन । निषेधाज्ञा आन्दोलन नहुँदै जारी गर्नुपर्ने विषय होइन । विरोध प्रदर्शनका लागि ठाउँ निर्धारण गर्नै खोजिएको भए यसलाई व्यापक छलफल गरेर निषेधबाट हैन विधिबाट व्यवस्था गरेको भए हुन्थ्यो । विरोध प्रदर्शनका लागि तोकिएको भनिएका ठाउँहरू अव्यावहारिक भएकाले पनि जनतामा शंका उत्पन्न भएको हो । टुँडीखेलको खुलामञ्चमा विरोध प्रदर्शन गर्ने उर्दी जारी गर्नुभन्दा पहिले सरकारले त्यस स्थानका बारेमा सामान्य जानकारी पनि नराखेको देखियो । अहिले सर्वोच्च अदालतले निषेधाज्ञा लागु नगर्न अन्तरिम आदेश दिएको छ । के प्रधानमन्त्रीले सर्वोच्च अदालतले आदेश दिए पनि निषेधाज्ञा नरोकिने भन्न खोजेका हुन् ? प्रधानमन्त्रीको आशय यही हो भने त्यो देशको दुर्भाग्य हो । यी कुनै पनि कथन वा व्यवहार लोकतन्त्रमा सह्य र स्वीकार्य हुनसक्तैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, काठमाडौं उपत्यकामा १० वर्षका लागि मेडिकल कलेज खोल्न रोक लगाउने प्रस्ताव पनि डा. केसीको नभएर सरकारले नै शिक्षाविद केदारभक्त माथेमाको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगको हो । चिकित्सा शिक्षा अध्यादेशमा १० वर्ष नयाँ मेडिकल कलेज खोल्न नदिने प्राधवान रहेको थियो । यसैले यो व्यवस्थालाई पनि प्रधानमन्त्री ओलीले कसैले लाद्न खोजेको प्रावधान ठानेका वा भनेका हुन् भने त्यो सही भएन । गंगामाया अधिकारीको अनशनप्रति प्रधानमन्त्री ओलीको धारणा सार्वजनिक भएको छैन । तर, गृहमन्त्रीले त्यसलाई माओवादी विद्रोहको घटना भनेर सामान्यीकरण गर्ने प्रयास गरेका छन् । गंगामायाका बालक छोरा कृष्णप्रसाद घरायसी रिसइबीका कारण मारिएका हुन् । यसैलै माओवादी कार्यकर्ता संलग्न भए भन्दैमा कृष्णप्रसादको हत्याका लागि तत्कालीन नेकपा (माओवादी) हालको सत्तारुढ नेकपा (नेकपा)लाई दोष दिन मिल्दैन । त्यसैरी नै यस हत्यालाई राजनीतिक आवरणमा ढाकछोप गर्न पनि न्यायोचित हुँदैन ।   

संसद्मा दुई तिहाइ बहुमत भएको सरकारका प्रधानमन्त्रीमा अठोट र अडानमात्र भएर पुग्दैन । राष्ट्रको नेतृत्व गर्न लचक र सुझबुझ पनि आवश्यक पर्छ । शक्तिले व्यक्तिमा दम्भ र अहंकार बढाउँछ । अहंकारले कसैको पनि भलो गरेको छैन । पुराणका कथाहरूमा अहंकारबाट नष्ट भएका शक्तिशाली व्यक्तिहरूको अनेकौं कथा छन् । इतिहासमा पनि त्यस्ता घटना प्रशस्त देखिन्छन् । निषेधाज्ञा जारी गरिएको वा विमानस्थलबाट प्रहरी लगाएर प्राज्ञिक व्यक्तिलाई फर्काइएका घटना त तत्कालीन राजा ज्ञानेन्द्र शाहकै प्रत्यक्ष शासनकालमा समेत देखिएकै हो । यसैले प्रधानमन्त्री ओली र उनको सरकारले दायित्व बोध गरेर नेपाली जनताप्रति उत्तरदायी हुन र दम्भ र अहंकार प्रदर्शन गर्न छाडेर समस्याको सम्बोधन गर्न लचिलो हुनसक्नुपर्छ । 

Global Ime bank

प्रधानमन्त्री ओलीले केही पहिले भारतसँगको प्रश्नमा कुनै विषयलाई जुँगाको विषय नबनाउने बरु जुँगा नै खौरिदिने भनेको सार्वजनिक भएको छ । भारतसँग हैन प्रधानमन्त्रीले देशभित्रका समस्याको सम्बोधनका विषयलाई जुँगाको सबाल नबनाऊन् । ज्यान जोखिममा भएका सत्याग्रहीसँग प्रधानमन्त्रीले अडान देखाउनुलाई पौरख र बुद्धिमानी मान्न सकिँदैन । शक्तिशाली प्रधानमन्त्रीले त संवादबाट समस्या समाधान गरेर तिनको मन जित्न पो पहल गर्नुपर्छ त । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०७५  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC