प्योङयाङ (रासस/एएफपी) । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन् । उनी शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन् ।
विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्नेछन् । उनी सोही विषयमा वार्ताका लागि त्यसतर्फ लागेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली आफ्ना समकक्षी रि योङ हुसँग वार्ता गर्नेछन् । सो वार्ता शुक्रबार बिहान हुने जनाइएको छ । त्यसपछि उनले यहाँका नेता किम जोङ उनसँग वार्ता गर्नेछन् ।
उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि विदेशमन्त्री पोम्पेओ त्यसतर्फ लागेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।