site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पर्वत । यहाँका एक द्वन्द्वपीडितले द्वन्द्वकालमा लुटिएको रकमको क्षतिपूर्तिको माग गरेका छन् । 
 
दक्षिण पर्वतको बेउलीवास गाविसका सचिव पुण्यप्रसाद काफ्लेले २०६१ साल साउन ३ गते तत्कालीन नेकपा माओवादीद्वारा लुटिएको रकमको क्षतिपूर्ति माग गरेका हुन् । बेउलीवास र उरामपोखरा गाविसमा कार्यरत रहँदा दुईवटा गाविसको विकास निर्माणको रकम भुक्तानीका लागि सदरमुकाम कुश्माबजार लिएर गएको नौ लाख ७५ हजार रुपैयाँ र महत्वपूर्ण कागजात माओवादी कार्यकर्ताले बाटोमा लुटेका थिए । 
 
करिब २० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले रकम लुटेर लगेको उनले बताए । रकम लुटिएपछि २०६१ साल असोज ४ गते जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको भए पनि अहिलेसम्म कुनै क्षतिपूर्ति र रकम फिर्ता नपाएको गुनासो गरे । १२ वर्षसम्म उक्त रकमको क्षतिपूर्ति नपाउँदा आफू घरबारविहीन हुने अवस्थामा पुगेको उनको गुनासो छ । 
 
गाउँ विकास समितिको रकम भएपनि त्यसमा विभिन्न उपभोक्ता समिति, आमा समूह, लक्षित वर्गको रकम भएकाले आफूले ऋण खोजेर भुक्तान गरेको उनले बताए । उनले भने लुटिएको रकम भुक्तान गर्नकै लागि आठ मुरी धान फल्ने जग्गा बिक्री गरे तर अझै धेरै ऋण बाँकी रहेको छ । 
 
क्षतिपूर्तिका लागि गृह मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पुगेर पटक–पटक माग गर्दा पनि द्वन्द्वकालमा लुटिएको वा सम्पत्ति क्षति भएकालाई क्षतिपूर्तिस्वरुप रु १० हजार रुपैयाँ मात्रै दिने आश्वासन पाएपछि उक्त रकम आफूले नलिईकन फर्किएको काफ्लेले गुनासो गरे । 
 
मुलुकमा शान्ति स्थापना भइसकेको पनि लामो समय भइसक्यो उनले भने मैले अझै न्याय पाउन सकेको छैन । मोटो रकम लुटिँदा पनि राज्यले आफुलाई वास्ता नगरेको भन्दै उनले मानवअधिकार आयोग, पत्रकार तथा जिल्ला विकास समितिले क्षतिपुर्तिका लागि पहल गरिदिन आग्रह गरेका छन्  । 
 
रकम मात्र लुटिने नभई पटक पटक अपहरण र यातना समेत दिने गरेको उनको दुःखेसो रहेको छ । अहिले उनी बेउलीवास गाउँ विकास समितिमा सचिबको रुपमा कार्यरत रहेका छन्। लामो समयदेखि सरकारी सेवामा कार्यरत रहँदा पनि आफूले राज्यबाट राहत पाउन नसकेको काफ्लेको भनाई छ । उनले तत्काल उक्त रकम फिर्ता वा क्षतिपुर्ति दिन सम्वन्धित राजनीतिक दल र राज्यसँग आग्रह गरे । 
 
राज्यकै सेवामा रहँदा बिना कसुर लुटिनु र अपहरणमा पर्नु मानवअधिकार विपरितको कार्य भएको भन्दै यस्ता घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै आफ्नो रकम फिर्ता गर्न माग गरे । उनले सदरमुकाम कुश्माबजारमा बुधबार पत्रकार सम्मेलन गरेर आफू विगत १२ वर्षदेखि पिडित बनेकाले लुटिएको रकमको क्षतिपुर्ती उपलव्ध गराईदिन माग गरेका हुन् । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC