site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

यस वर्षको मनसुनी वर्षाबाट सुरुमै जन, धन र प्रकृतिको ठूलो क्षति भएको छ । मूलतः पहाडमा पहिरो गएको छ भने तराईमा बाढीले विनाश गरेको छ । सार्वजनिक भएकै समाचारअनुसार १२ जनाभन्दा बढीको ज्यान गएको छ । बस्ती र खेती डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् । देशको भौगोलिक अवस्थाका कारण अहिलेसम्म कति क्षति भयो र कति परिवार विस्थापित भए भन्ने पूर्ण जानकारी पक्कै आइसकेको छैन । असारको तेस्रो सातामै यति क्षति भइसक्यो भने मनसुनको बाँकी दुई महिनामा भयावह अवस्था हुने पो हो कि भनेर चिन्तित हुनुपर्ने अवस्था उत्पन्न भएको छ । बर्सेनि यति ठूलो मात्रामा हुने विनाशप्रति सरकार भने कहिल्यै गम्भीर देखिएन ।

बाढीपहिरोमा पनि अन्य प्राकृतिक प्रकोपमा जस्तै आकस्मिक उद्धार र सहायताको सरकारी प्रबन्ध मूलतः सुरक्षाकर्मी र स्वयंसेवीहरूमा निर्भर हुन्छ । तात्कालिक सहयता उपलब्ध गराएपछि सुरक्षाकर्मी र स्वयंसेवी फर्कन्छन् । त्यसपछि यदाकदा सरकारले पुनस्र्थापना र पुनर्निमाणका कार्यक्रम पनि सञ्चालन गर्छ । नभए, अर्को बाढी नआउँदासम्म सरकारमात्र हैन स्वयं डुबान र पहिरो क्षेत्रका बासिन्दाले समेत अभिल्लो विपत्ति बिर्सन्छन् । लाग्छ, यस्ता विपत्तिलाई ‘दैवी प्रकोप’ मानेर स्वीकार गर्ने बानी सरकार र जनता दुवैलाई परिसकेको छ । तर पहाडका धेरै ठाउँमा गएको पहिरोका लागि प्रकृतिलाई दोष दिन मिल्दैन भने तराईको डुबानका लागि पनि मूलतः मानवीय गल्ती नै जिम्मेवार देखिन्छ । विकासका नाममा वा व्यक्तिगत स्वार्थका लागि वातावरणीय पक्षको बेवास्ता गरेर जोखिम निम्त्याउने कार्य निकै लामो समयदेखि निरन्तर रहेको छ ।   

Agni Group

अहिले गएका विनाशकारी पहिरो र बाढीमध्ये अधिकांश मानवीय गल्ती जिम्मेवार देखिन्छ । पहाडमा सडक निर्माणका नाममा जथाभावी मेसिन प्रयोग गरेर खन्ने र खोस्रने गर्दा डाँडाहरू छियाछिया भएका छन् । तिनमा वर्षाको पानीले माटो बगाउँदा पहिरो जाने क्रम यति धेरै बढेको हो । तराईको डुबानमा भने नेपाली पक्षको मात्र दोष छैन । भारत सरकारले सीमामा बनाएको संरचनाका कारण पानीको प्राकृतिक बहाव अवरुद्ध हुँदा नेपालतर्फको भूमि ठूलो मात्रामा डुब्ने गरेको हो । तर, तराईमा आउने बाढीमा चुरेको दोहन तथा खोला र नदीका किनारमा गिटीबालुवा संकलनका नाममा भएको ज्यादती पनि उत्तिकै जिम्मेवार छ । यसैले बर्सेनि भोग्नुपर्ने बाढी पहिरोबाट क्षति कम गर्ने हो भने सरकार यसप्रति गम्भीर र जिम्मेवार हुनुपर्ने देखिन्छ । उद्धार, सहायता र पुनर्निर्माण त नियमित र स्वाभाविक प्रक्रिया नै हुन् र सरकारले त्यसलाई निरन्तरता दिनुपर्छ । तर, यत्तिले पुग्दैन । 

वातावरण मूल्यांकनविना कुनै पनि पहाडमा सडक बनाउन तत्काल रोक्नुपर्छ । ससाना स्थानीय सडकहरू वातावरणमा प्रतिकूल प्रभाव नपर्ने प्रविधि अपनाएरमात्र बनाउन दिनुपर्छ । सबै प्रकारका सडक संघीय सरकारले मात्र बनाउने व्यवस्था गर्नुपर्छ । साथै, गिटीबालुवा संकलनका नाममा चुरे र नदी खोलाहरूको दोहन गर्न बन्द गर्नुपर्छ । हरेक वर्ष थपिने जतिमात्र झिक्न दिने हो र भीमकाय मेसिन प्रयोग गर्न नदिने हो भने पनि बाढीबाट बर्सेनि हुने विनाश धेरै नियन्त्रण हुनेछ । विश्व तापमान वृद्धि नियन्त्रण त नेपालको प्रयासले मात्र गर्न सकिँदैन तर नेपालको बाढीपहिरो रोकथाम गर्न प्रयास गर्ने हो बर्सेनि हुने क्षति भने कम गर्न सकिन्छ । राजनीतिक संरक्षणमा ‘स्थानीय डन’हरूलाई मनपरी दोहन गर्न रोक्ने हो मात्रै भने पनि बाढीपहिरोबाट हुने क्षति धेरै नियन्त्रण हुनेछ ।     बाढीको विनाशप्रति सरकार र समाज दुवै जिम्मेवार र गम्भीर हुनुपर्छ । अन्यथा, समृद्धिको नारा सपनामै सीमित हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०७५  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC