खेल
एजेन्सी
लण्डन । बेलायतमा जारी विम्बल्डन टेनिस अन्तर्गत महिला एकलतर्फको उपाधिका लागि बिश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स र जर्मनीका एन्जेलिक कर्बर भिड्ने भएकी छिन् ।
बिहिबार राती भएको सेमिफाइनलमा सेरेनाले रुसकी एलिना भेसनीनालाई पराजित गर्दै उपाधि नजिक पुगेकी हुन् । यस्तै बिहिबार नै भएको दोस्रो सेमिफाइनलमा कर्बरले अमेरिकी भेनस विलियम्सलाइ पराजित गर्दै सेरेनासंगको भेट पक्का गरिन ।
विम्बल्डन टेनिसको साबिकको बिजेता समेत रहेकी ३४ बर्षकी सेरेनाले रुसकी भेसनीनालाई ६ – २, ६–० को सोझो सेटमा हराइन । भेसनीनाविरुद्ध ६ पटककी विम्बल्डन विजेता विलियम्सले मात्र ४८ मिनेटमा जित आफ्नो पक्षमा पारेकी थिइन । विलियम्सले अब शनिबार हुने फाइनलमा जर्मनीकी कर्बरसँग खेल्नेछिन् ।
पाचौ बरियताकी जर्मनीकी कर्बर सेरेनाकै दिदि भेनस विलियम्सलाई ६ – ४, ६ – ४ को सेटमा हराउँदै फाइनल पुगेकी हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३ ०९:३१
प्रतिक्रिया दिनुहोस्