site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'फोपी\' एप सार्वजनिक, पाइरेसी रोकिने विश्वास
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्जक र स्रष्टा अनुबन्धित कृतिहरुलाई सहज माध्यमबाट दर्शक र स्रोतामाझ पुर्याउने र सिर्जना चोरी (पाइरेसी) नियन्त्रण गर्ने मूल उद्देश्यका साथ आज (सोमबार) एक कार्यक्रमबीच 'फोपी एप' सार्वजनिक गरियो । कार्यक्रममा यो भावलाई समर्थन गर्ने कलाकार, स्रस्टाहरूको राम्रो उपस्थिति देखिएको थियो ।

नेपाली मनोरञ्जन उपभोक्ताको माग र कला क्षेत्रमा आफ्नो मेहनतले चलचित्र, गीत, सिरिज तथा अरु सामग्री बनाउनेहरुलाई उचित लाभ हुने गरी यो एपले सेतुको काम  गर्ने एप निर्माता 'आविष्कार टेक्नोलोजी'का प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले बताए । "हाम्रा सर्जकहरू पाइरेकीका कारण कति पलायन भए, कति वैकल्पिक पेशामा लागे," कार्कीले भने, "उनीहरूलाई सधैं बचाइराख्ने हामी दर्शक र स्रोताले नै हो । उनीहरूलाई सिर्जनाबापत लाभ हुनै पर्छ । हामी त्यसकै लागि आएका हौं ।"

Prabhu Bank
Agni Group
NIC Asia

यो एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अरु ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरिएको छ । यो एउटा स्वतन्त्र माध्यम हो, जसमा मिडिया सामग्री बनाउने र वितरण गर्ने विभिन्न ठूला तथा साना संस्थाहरू आबद्ध रहेको उनले बताए । "यो एपमार्फत जो-कोही सर्जक, व्यक्ति अथवा मिडिया कम्पनी जोडिएर आफ्ना सिर्जना दर्शकमाझ पुऱ्याउन सक्छन्," उनले भने, "यो स्वतन्त्र र पारदर्शी माध्यम हो । आफ्ना सामग्री कतिपटक किनियो, त्यसबापत कति रकम प्राप्त भयो भन्नेसम्म जानकारी सर्जक वा कम्पनीले थाहा पाउन सक्छन् । कोही ठगिने गुन्जायसै छैन ।"

कार्कीका अनुसार 'फोपी'लाई तीन प्रकारले प्रयोग गर्न मिल्ने बनाइएको छ । सीधा एप डाउनलोड गरी वाईफाईबाट हेर्न मिल्छ । उपभोक्ताले चाहेका सामग्री एपबाटै किनेर हेर्न सक्छन् । अर्को, तोकिएको 'फोपी पसल'बाट उचित रकम तिरेर आफ्नो फोनमा सामग्री लोड गर्न सकिन्छ । यो सुविधा वाईफाई नभएको खण्डमा पनि प्रयोग गर्न सकिन्छ । तेस्रो, सार्वजनिक स्थलहरू (होटल, रेस्टुराँ, सवारीसाधन)मा 'फोपी हटस्पट' सञ्चालन गरिनेछ । यी ठाउँमा फोपीको वाईफाई हटस्पटमा कनेक्ट गरी फोपी चलाउन सकिन्छ ।

Global Ime bank

एप निर्माण कम्पनी आविष्कार टेक्नोलोजीले यो एपमार्फत सिर्जना चोरी पूर्णत: निषेध हुने विश्वास लिएको छ । कार्कीका अनुसार यसमा नयाँ तथा पुराना नेपाली चलचित्र, गीत, सिरिज, नेपाली साहित्यका उत्कृष्ट पुस्तक वा सिर्जनाको पोडकास्टलगायत अन्य मनोरञ्जनात्मक सामग्री एकै ठाउँमा हेर्न र सुन्न सकिन्छ । ती सामग्री किन्न पनि प्राविधिक रूपमा धेरै सरलीकृत गरिएको छ । मूल्य पनि न्यूनतम तोकिएको छ । सर्जकलाई पनि उनीहरूको योगदानअनुसार आर्थिक लाभ हुनेछ । सबै मिडिया सामग्री तीब्र गतिमा (टुजीमा समेत) डाउनलोड गर्न सकिन्छ । जहाँ बसेर पनि आफूले चाहेको गुणस्तरमा हेर्न सकिन्छ ।

'फोपी एप'का सामग्री किन्नका लागि पैसा तिर्ने माध्यमहरू पनि सरल बनाइएका छन् । प्रयोगकर्ताले सीधै आफ्नो मोबाइलको ब्यालेन्स र ई-सेवाबाट तिर्न सक्नेछन् । साथै, फोपी पसलमा गई 'फोपी ब्यालेन्स' पनि राख्न सकिनेछ । विदेशमा बस्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट माध्यम प्रयोग गर्ने सुविधा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०७५  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC