बाह्रखरी
भर्खरै
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग विश्वकप, सामाजिक सञ्जाल र ट्रोल सुदीप उप्रेती
बाह्रखरी - आइतबार, असार १७, २०७५
Laxmi Bank
Laxmi Bank

नेपालीलाई पनि अहिले विश्वकप फुटबलको “फिभर” लागेको छ । यसको चर्चा घरपरिवार, छरछिमेक, टोलका चिया पसल, रेस्टुरेन्टदेखि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयसम्म सबैतिर छ । घरदेखि चियापसल र सार्वजनिक यातायातमा यत्रतत्र विश्वकपकै माहोल छ ।

बजारमा टेलिभिजनदेखि विश्वकप सहभागी टिम र आफूलाई मन परेका खेलाडीका जर्सी उल्लेख्य मात्रामा बिक्री भइरहेका छन् । स्पोर्टस् बार र रेस्टुरेन्टहरुले त “प्रेडिक्ट एन्ड विन कन्टेस्ट” अर्थात् नतिजा अन्दाज गरेर पुरस्कार पाइने खालका मनोरञ्जनात्मक तथा सहभागिताजनक कार्यक्रम पनि सार्वजनिक गरेका छन् । कर्पोरेट क्षेत्रमा पनि यस्ता अफर उल्लेख्य छन् ।

नेपाल अहिलेसम्म विश्वकपको लागि छनोट भएको छैन तर सहभागी टिमका फ्यान र दर्शकको उत्साह हेर्ने हो भने विश्वकप खेलिरहेका ३२ देशकाभन्दा कम देखिँदैनन् । छिमेकी देश भारतीय देशका च्यानलमा त अझ विज्ञापनमा “मेरी दुसरी कन्ट्री” अर्थात् दोस्रो रोजाइको देश भनेझैँ हाम्रा रोजाइका टिम पनि देखिन्छन् ।

Rohto Landing

Agani Group

मलाई सम्झना छ, सन् १९९०को दशकमा हुर्किएको हाम्रो पुस्ताको विश्वकप हेराइको अनुभव अहिलेको भन्दा अलि फरक छ । सन् १९९४को अमेरिका विश्वकप हुँदा म ६ वर्षको थिएँ । मलाई अलिअलि सम्झना छ, हाम्रो घरमा रङ्गीन टिभी भर्खर आएको थियो । त्यसबेला अहिले जस्तो सबैका घरमा टिभी थिएन । वरपरका बुवाका साथीभाइ पनि हाम्रो घरमा खेल हेर्न आउँथे । विश्वकप राति २–३ बजेतिर प्रसारण हुन्थ्यो, बुबाले मलाई पनि हेर्नका लागि उठाउनुहुन्थ्यो । अनुभव रमाईलो थियो ।

तर, अहिले जमाना बदलिएको छ । अहिले मोबाइलमै पनि खेल हेर्न मिल्छ । तैपनि विश्वकप फुटबलजस्ता महोत्सवले हराइसकेको टिभी मोहलाई फेरि उजागर गरेको छ । फेरि परिवारजन, साथीभाइ, इस्टमित्रसँगै बसेर टिभी हेर्ने र मनोरन्जन लिन त सकिन्छ नै ।

sarbottam cement

फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले अहिले सामाजिक अन्तक्र्रियालाई डिजिटल वा भनौँ “हाते” बनाइदिएको छ । पहिले जन्मदिनको शुभकामना दिन कसैको घरसम्म पुगिन्थ्यो भने विस्तारै टेलिफोन गरेर भन्ने गरियो भने अहिले आएर फेसबुकको भित्तामा लेखिदिए पुग्छ । सामाजिक सञ्जालका प्रयोगकर्ता सूचना आदानप्रदान गर्ने, मित्रता गाँस्ने, हालखबर बुझ्ने, मनोरन्जन लिने देखि लिएर अहिले लोकप्रियता उन्मुख हुँदैछन् ।

झापास्थित एक परिवारले अर्जेन्टिनाले विश्वकप जितोस् भनेर पूजा गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा “भाइरल” हुनु एउटा प्रतिनिधि उदाहरण मात्र हो ।

सामाजिक सञ्जालले सूचना आदानप्रदान र लोकप्रियतामात्र हैन, “ट्रोल” नामको चल्तिको खेती पनि गर्न थालिएको छ । आजकल फेसबुक, ट्विटरमा ट्रोल गर्नु भनेको कुनै विषयवस्तुमा रमाइलो ढंगले व्यंग्य गर्नु बुभिन्छ । ट्रोल नै गर्नका लागि पनि फेसबुक, ट्विटरमा विभिन्न ग्रुप सक्रिय छन् । विश्वकपलाई लिएर नेपालमै पनि यस्ता थुप्रै ट्रोल बनाइएका छन् ।

ब्राजिलको जर्सीलाई भोले बाबाले लाउने लुगा, समर्थकलाई बेसार दलेको मुख र जन्डिस लागेको मान्छे जस्तो भनिनु, अर्जेन्टिनाको जर्सी डीडीसी दूधको प्याकेटको मानिनु, पोर्चुगलको जर्सिलाई तीजको लुगा भनिनु केही चर्चित ट्रोलका उदाहरण हुन् ।

यस्ता ट्रोलले समर्थकलाई मनोरन्जन त दिँदै आएका छन्, तर यसबाट पर्ने नकारात्मक प्रभावको बारेमा पनि सोच्नुपर्ने देखिन्छ । पश्चिमा मुलुकमा ससाना केटाकेटीदेखि नै मोबाइल प्रयोग गर्ने चलन बढ्दै गएपछि स्कुले केटाकेटी अनलाइन ट्रोलको सिकार भएका छन् । उनीहरुमा मनोसामाजिक समस्या देखिन थालेको विभिन्न अध्ययनले बताएका छन् । नेपालमा पनि उस्तै प्रभाप नपर्ला भन्न सकिन्न ।

किनकी यस्ता प्रवृत्ति समयमै समाधान गरिएन भने विकराल रुप लिन सक्ने पक्का छ । फिदिमका एक युवकले अर्जेन्टिनाले एउटा खेलमा हार बेहोरेकै कारण आत्महत्याको प्रयास गरे भन्ने खबर आएको छ । यस्ता दुःखद घटना नदोहोरियोस् भन्ने सुनिश्चितता गर्नका लागि सबै सरोकारवाला पक्षबाट प्रयास हुनु जरुरी छ ।

ट्रोल गर्नु मनोरन्जनको दृष्टिकोणबाट हेर्दा राम्रै देखिन्छ । तर, त्यसै विषयलाई लिएर बारम्बार खिल्लि उडाउने, होच्याउने गरियो भने समर्थकलाई आघात पर्न सक्छ भन्ने कुरा बुझ्न जरुरी छ । उनीहरुमा एक्लोपन बढ्दै जाने, मनोसामाजिक समस्या देखिने जस्ता नकारात्मक प्रभावका बारेमा पनि सोच्नुपर्ने देखिन्छ । विशेषगरी स्कुलमा अध्ययनरत बालबालिकालाई शिक्षक र अभिवावकले सचेत गराउनुपर्ने देखिन्छ ।

विश्वकप हेरौँ, मनोरन्जन लिनेसँगै सामाजिक सञ्जाल संवेदनशील भएर प्रयोग गरौँ । वेलायती पत्रिका “द गार्डियन” मा प्रकाशित एउटा लेखले यस्ता अनलाइन दुर्व्यवहार र ट्रोल कम गर्न निम्न पाँच मनोसामाजिक उपाय अपनाउने सल्लाह दिएको छ ।

१) कग्निटिभ बिह्याबियरल थेरापीः यो प्रयोगकर्ताको आफ्नो सोच परिवर्तन गराइने विधि हो । यसले समर्थकमा कुनै घटना वा गतिविधिप्रति दर्साउने प्रतिक्रियामा परिवर्तन आउँछ ।

२) कग्निटिभ बायस मोडिफिकेसनः विशेषगरी किशोरकिशोरीमा उपयोगी हुने यो विधिमा कुनै घटनाप्रति नकारात्मक भावना घटाउन मदत गर्छ ।

३) इन्हिबिसन ट्रेनिङः यो आफूलाई काबुमा राख्ने वा आफ्ना तीव्र इच्छामा आत्मनियन्त्रण गर्ने तरिका हो ।

४) इम्प्याथि ट्रेनिङः यो अरुप्रति सहानुभूतिको भावना जगाउने विधि हो ।

५) प्रिभेन्टेटिभ मेजर्सः यो युवा तथा किशोरकिशोरी इन्टरनेट प्रयोगकर्तालाई बढी सामाजिक अन्तक्र्रिया गर्न र बढी सहनशील बनाउने प्रक्रिया हो ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, असार १७, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्