site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शासकरूपी कालसँग जुध्ने समय
Ghorahi CementGhorahi Cement

गत साता एसईईको परीक्षाफल प्रकाशित भयो । नेपाल एयरलाइन्स कर्पोरेसनले नयाँ वाइडबडी जहाज खरिद ग¥यो । प्रधानमन्त्री केपी ओली चीन भ्रमण समाप्त गरेर उत्साहसाथ नेपाल फर्किए । यति धेरै घटना हुँदा पनि नेपाली दैनिक पत्रिकाले उठाएका सबैभन्दा प्रभावशाली वा धेरै व्यक्तिले चर्चा गरेको विषय भने नयाँ पत्रिकाले प्रकाशित गरेको एउटा लेख रह्यो – वामपन्थी विचारक खगेन्द्र संग्रौलाको लेख, ‘शासकरूपी कालसँग जुध्ने अर्को समय’ । 

लोकतान्त्रिक वैचारिक समूहले यो सरकार बिस्तारै अधिनायकवादी भयो भनिरहेकै समयमा संग्रौलाले पनि, ‘कथित वाम गठबन्धनको, अहंकारमय दुईतिहाइको यो हैकम तीव्र गतिमा निरंकुश भइरहेको छ,’ भनेका छन् । संग्रौला भन्छन्, ‘कथित वाम–कम्निस्ट सरकारका शिखर पुरुषहरूको वर्गस्थिति, तिनको जीविका र आर्जनका स्रोतहरू, तिनको जीवनशैली र तिनका सामाजिक सम्बन्धहरू खग्रास पञ्च मण्डलेहरू भन्दा किमार्थ फरक छैनन्’ । उनले मिडियालाई पनि सत्ताको भक्तिगामी भरियाजस्तै हुँदैगएको आरोप लगाएका छन् । पहिले एउटै गोरखापत्रले लोकलाई हैरान बनाएको भन्दै अब सबै पत्रिका गोरखापत्रजस्तै भएका र यिनलाई लोकले कसरी झेल्लान् भन्ने प्रश्न पनि उनले गरेका छन् ।

एसईई परीक्षाफल तथा लापरबाही
 

Agni Group

सरकारले कक्षा दसको परीक्षालाई विद्यालय शिक्षाको अन्त्य नमान्ने र दश जोड दुईलाई मात्र स्कूलको अन्तिम खुड्किलो बनाउने निर्णय गरेर एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) परिक्षालाई एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) बनायो तर यो परीक्षालाई महत्त्व भने उस्तै दिइएको छ । यसको परीक्षा लिने तरिका, नतिजा प्रकाशन गर्ने प्रथा तथा शिक्षक, विद्यार्थी तथा अभिभावकले यो परीक्षालाई दिने महत्त्व उत्तिकै छ । तर, दैनिक पत्रिकाले भने यो परीक्षाको परिक्षाफल प्रकाशित गर्ने विषयमा केही मात्रामा कमी गरेको देखिएको छ । 

गत साता शनिवार प्रकाशिते एसईई परीक्षाको समाचार दैनिक पत्रिकाले आइतवार छापे । नियमिततर्फ चार लाख ५१ हजार ५३२ विद्यार्थीले परीक्षा दिएकोमा ‘ए प्लस’ तथा ‘ए’ ल्याउने विद्यार्थीको संख्या तुलनात्मकरूपमा घटेको समाचारलाई कान्तिपुर तथा नागरिकले महत्त्व दिएर प्रकाशित गरे । एसईईको नतिजालाई कान्तिपुरले मात्र आठ कोलममा प्रकाशित गरेको छ । अन्य पत्रिकाले दुई, तीन कोलम स्थानमात्र दिएका छन् । गोरखापत्र तथा अन्नपूर्ण पोस्टले प्रथम पृष्ठको दोस्रो लहरको समाचार बनाएका छन् । 

Global Ime bank

राजधानीले यो परीक्षामा कति छात्रले कुन ग्रेड र कति छात्राले कुन ग्रेड प्राप्त गरे भन्ने रोचक तथ्यांक प्रकाशित गरेको छ । भोलिपल्ट अधिकांश ग्रेड संख्या बढेको भए पनि राजधानीको तथ्यांक अध्ययन गर्दा छात्रले ए प्लस, ए, बी प्लस, बी बढी ल्याएका र छात्राले सी प्लस, सी, डी प्लस तथा डी ग्रेड बढी ल्याएका देखिन्छ । यो तथ्यांकअनुसार कुल परीक्षार्थीमा छात्रा ५०.४७ र छात्र ४९.५१ प्रतिशत भए पनि ए प्लस ल्याउनेमा छात्र ५६.७१ प्रतिशत छात्रा ४३.२८ प्रतिशत, ए ल्याउनेमा छात्र ५२.२४ प्रतिशत, छात्रा ४३.७५ प्रतिशत छन् भने डी ग्रेड ल्याउनेमा छात्र ४६.३४ प्रतिशत छन् भने छात्रा ५३.६५ प्रतिशत देखिएका छन् ।

ओली भ्रमणको चमक कायमै
 

प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दैनिक पत्रिकाले अगिल्लो साता पनि महत्त्वका साथ समाचार प्रकाशित गरेका थिए भने यो साताको सुरुका केही दिन पनि यो समाचारले प्राथमिकता पाएको छ । उत्तरी छिमेकी चीनको ६ दिने भ्रमण समाप्त गरेर प्रधानमन्त्री ओलीसहितको टोली आइतवार नेपाल फर्केको हो । उनको भ्रमणको समाचारलाई मुख्यत राजधानी, हिमालय टाइम्स, गोरखापत्रले बढी महत्त्व दिएको देखियो भने नागरिकले पनि भ्रमणको समाचारलाई प्रथम पृष्ठमा स्थान दियो । नयाँ पत्रिका, कान्तिपुर तथा अन्नपूर्ण पोस्टले सो समाचारलाई खासै महत्त्व दिएको देखिएन । तर सम्पादकीयमा भने ओलीको चीन भ्रमणलाई सबैले अपेक्षितरूपमा सफल भएको मानेका छन् । 

अन्य समाचार
 

अन्नपूर्ण पोस्टले आइतवार नेकपा (नेकपा) को आम्दानी मासिक १० करोड भएको समाचारलाई उदाहरणसहित प्रस्तुत गरेको छ । 

सोमवारको कान्तिपुरले असारे विकासको विषयमा समाचार प्रकाशित गर्दै २ महिना बराबरको खर्च ३ दिनमै स्वाहा गरेको समाचारलाई महत्त्व दिएर छापेको छ । साथै कान्तिपुरले २३ डेरीका दुधमा कोलिफर्म नामक ब्याक्टेरिया रहेको र यस्तो दुध अखाद्य भएको समाचार प्रकाशित गरेको छ । 

मंगलवारको नयाँ पत्रिकाले बसको सिन्डिकेट हटाउने नाममा कस्तो प्रकारको अराजकताले नयाँ ठाउँ पाएको छ भन्ने समाचार विस्तृतरूपमा प्रकाशित गरेको छ ।  मंगलवारनै सर्वोच्चले युएनडीपीको सहयोग नलिने निर्णय गरेको समाचारलाई कान्तिपुरले महत्त्व दिएर प्रकाशित गरेको छ । यो समाचारलाई सोही दिन अन्नपूर्ण पोस्टले पनि प्रकाशित गरेको छ । 

मंगलवार तथा बुधवार कान्तिपुरले एसईई परिक्षाफलमा भएको त्रुटिको विषयमा समाचार प्रकाशित गर्दै त्यसको फलोअपसमेत गरेको छ । 

बिहीबारको अन्नपूर्ण पोस्टले डा. गोविन्द केसी जुम्लामा गएर अनशन बस्ने भन्ने विषयको समाचारलाई निकै महत्व दिएर प्रथम पृष्ठको मुख्य समाचार बनायो । सोही दिनको पत्रिकामा नेपाली कांग्रेसमा शेरबहादुर देउवा तथा रामचन्द्र पौडेलको निकटता बढेर गएको समाचारलाई पनि पोस्टले प्रथम पृष्ठमा एन्कर समाचार बनाएको छ । हिमालय टाइम्सले १५औं सत्याग्रह जुम्लामा भनेर सो दिनको समाचारमा ठूलो कभरेज दिएको छ । 

नयाँ पत्रिकाले सरकारी गाडीमा गत १४ वर्षमा ५४ अर्ब खर्च भएको खोजपूर्ण समाचार प्रकाशित गरेको छ । शुक्रवारको पत्रिकामा नागरिकले धान दिवसको उपलक्ष्यमा नेपालले १० महिना भित्र २४ अर्बको चामल आयात गरेको समाचारलाई मुख्य समाचार बनाएर प्रकाशित गरेको छ । साथै राजधानीले ललितपुरको खानेपानीमा अत्यधिक कोलिफर्म भेटिएको समाचार प्रकाशित गरेको छ । 

नेपाल वायुसेवा निगमले शुक्रवार वाइड बढी एयरबस ए ३३० ल्याएको छ । यो समाचारलाई कान्तिपुर, हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट तथा नयाँ पत्रिकाले फोटोसहित ठूलो समाचार बनाएका छन् । 

शनिवारक दैनिक पत्रिकामा नागरिकले नेपालबाट धान निर्यात अब इतिहास भएको फिचर प्रकाशित गरेको छ भने नयाँ पत्रिकाले नेपालबाट एक अर्ब रुपैयाँभन्दा बढी बाजी अथवा सट्टाबाजीमा पैसा बाहिरिने समाचार फिचर प्रकाशित गरेको छ । कान्तिपुरले नेपालको उत्तरी सिमापार कस्तो तस्करी हुँदैछ भन्ने समाचारलाई शनिवारको बिशेष बनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०७५  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC