site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकपको फाइनलमा,उपाधिका लागि पोर्चुगलसँग खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी
पेरीस । जर्मनीलाई पराजित गर्दै फ्रान्स घरेलु मैदानमा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा एन्टोनी ग्रीजम्यानले दुई गोल गरेपछि जर्मनीलाई २ – ० ले पराजित गर्दै आयोजक फ्रान्स फाइनलमा पुगेको हो ।
फ्रान्सले अब उपाधिका लागि पोर्चुगलको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा वेल्सलाई पराजित गर्दै पोर्चुगल उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल आगामी जुलाई १० मा (आइतबार) हुनेछ ।
यस्तै फ्रान्सले यो जितसंगै जर्मनीसंग सन् २०१४ को विश्वकपमा बेहोरेको हारको बदला समेत लिएको छ । ब्राजिल विश्वकपको क्वाटरफाइनलमा म्याट हुमेल्सले एक मात्र निर्णायक हेड गोल गरेपछि फ्रान्स जर्मनीसंग १ –० ले पराजित हुदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । सेमिफाइनलमा रोकिएसंगै जर्मनीको चौथोपटक युरो जित्ने सपना अधुरो रह्यो । जर्मनीले सन् १९७२, १९८० र १९९६ गरी तीनपटक युरोकपको उपाधि उचालिसकेको छ ।
 
मार्सेलीस्थीत स्टेड भेलोड्रोम रंगशालामा भएको प्रतिस्प्रधात्मक खेलमा फ्रान्सले पेनाल्टी गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा जर्मनीका कप्तान बाष्टियन स्वान्सटाइगरले पेनाल्टी एरियामा फल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टी अवसरलाइ  फ्रान्सका एन्टोनी ग्रीजम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसअघि दुवै टोलीले गोलको अवसर पाएपनि अन्य गोल गर्न सकेनन । पहिलो हाफको सुरुवाती १० मिनेटको खेल फ्रान्सले आफ्नो पक्षमा बनाएको थियो भने त्यसपछि जर्मनीले फ्रान्सलाई  दबाबमा राखेको थियो । तर, अन्तिम समयमा आफ्नै गल्तीको कारण जर्मनी पहिलो हाफमा १ – ० ले पछि पर्यो  ।
पहिलो हाफमा एक गोलले पछि परेको जर्मनी दोस्रो हाफको ७२ औ मिनेटमा  २ – ० ले पछि पर्यो । जर्मनीका डिफेन्सको फाइदा उठाउदै ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जर्मनीका डिफेन्सले बल क्लियर गर्न नसकेको बललाई नियन्त्रण लिदै पोग्वाले ग्रीजम्यानलाइ पास उपलब्ध गराएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेन र खेल फ्रान्सले जित्यो ।
यता, जर्मनीलाई पराजित गर्ने क्रममा दुई गोल गरेका ग्रीजम्यानको जारी युरोकपमा यो छैटौ  गोल हो । गोल्डेन बुटका दाबेदार ग्रेजम्यान जारी युरोकपको सर्वाधिक गोल कर्ता पनि हुन् । ग्रीजम्यानपछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो ३ गोल गर्दै गोल्डेन बुटको दाबेदार हुन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  ०३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC