site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

यस वर्ष पनि देशमा असारे विकासको बाढी आएछ । अगिल्ला वर्षहरूमा अस्थिर राजनीतिलाई असारे विकासका लागि दोष दिइन्थ्यो । यो वर्ष त्यस्ता कुनै कारण नभए पनि असार लागेपछिका तीन दिनमा सरकारले आर्थिक वर्षको सुरुका दुई महिनामा जति नै विकास खर्च गरेछ । तीन दिनमा ४ अर्बभन्दा बढी रुपियाँ खर्च गरिएको समाचार सार्वजनिक भएको छ । हुनत, आर्थिक वर्षको अन्त्य भएकाले खर्च गर्ने गति बढ्नु स्वाभाविकै हो तर असारे विकासको खर्च भने अत्यन्त अस्वाभाविक गतिमा बढ्छ । सरकारले विनियोजित बजेटको विकास (पुँजीगत) खर्चमा ११ महिनासम्म ५० प्रतिशत पनि खर्च गरेको हुँदैन । दुर्भाग्य, असार लागेपछि कागज मिलाएर सकेसम्म धेरै रकम खर्च गर्ने प्रचलन स्थिर सरकारमा पनि रोकिएन । सरकारकै नियम र नीतिसमेत उल्लंघन गर्ने गरी आर्थिक अराजकता बढ्ने लक्षण देखिनु शुभसंकेत होइन । बाँकी रकम खर्च नभएर ठूलो क्षति हुँदैन तर अनुचितरूपमा खर्च हुँदा अनियमितता र भ्रष्टाचार बढ्छ । 

असारे विकासको अस्वाभाविक खर्च गर्ने शैलीले भ्रष्टाचार र अनियमितताको सन्देह बढाएको छ । देशमा जनउत्तरदायी शासन व्यवस्था कायम हुन शासकीय स्वरूप र पद्धतिमा सुधार भएर पुग्दो रहेनछ । सुधार त शासकहरूको नियत र मनोवृत्तिमा पनि हुनुपर्ने रहेछ । नेपालको विगत सय वर्षको उदाहरण हेर्ने हो भने शासकहरूको नियत झन् महत्त्वपूर्ण हँदारहेछ भन्ने प्रमाणित हुन्छ । राणाहरूको जहानियाँ शासन जनताप्रति उत्तरदायी थिएन । यसैले सालबसाली नियमित खर्च कटाएर बाँचेको रकम राणा प्रधानमन्त्रीको निजी ढुकुटीमा दाखिला हुन्थ्यो । यसको तात्पर्य राज्यको ढुकुटी शासकको सम्पत्ति हो भन्ने नै हो । त्यसपछि शासन व्यवस्थामा ठूलो परिवर्तन भइसक्यो । तर, राज्यको सम्पत्तिमा शासकहरूको मनपरी र तजबिज भने यथावतै रहेको छ । असारे विकास त्यही मनोवृत्तिको उदाहरण हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अब त राज्य संघीय संरचनामा गइसकेको छ । संघीय सरकारले जस्तै प्रदेश र स्थानीय तहमा पनि बजेट विनियोजन हुन्छ । यसैले असारे विकासको चलन यथावत् रह्यो भने त्यसको दायरा आगामी वर्षबाट झन् फराकिलो हुनेछ । यसै पनि आर्थिक अनियमितताका लागि बदनाम नेपालको कर्मचारी तन्त्रले भ्रष्टाचारका लागि थप अवसर पाउनेछ । राजनीतिक नेतृत्व पनि भ्रष्टाचार मुक्त त छैन र मौका पाएका थप भ्रष्टाचारका लागि प्रवृत्त हुन बेर लाग्नेछैन । यसरी मुलुक झन विकराल भ्रष्टाचारको दुश्चक्रमा फस्ने जोखिम बढेको छ । भ्रष्टाचार र अनियमितता नियन्त्रण नहुने हो भने राजनीतिक स्थिरता मुलुक लुट्ने माध्यममात्र बन्ने निश्चित् छ । यही वर्षदेखि अन्तिम समयमा जथाभावी खर्च, रकमान्तर, आर्थिक सहायता र फुटकर योजनाजस्ता असारे विकासका रोगहरू नियन्त्रण गरिएनन् भने आगामी वर्षदेखि स्थानीय र प्रादेशिक सरकारका लागि पनि परम्परा बन्न पुग्नेछ । राजनीतिक स्थिरता समृद्धिमा हैन आर्थिक अराजकतामा परिणत हुनेछ । यसैले अर्थ मन्त्रालयले वित्तीय अनुशासन कायम राखेर अनियमितता र अराजकता बन्द गर्न प्रभावकारी कदम चालोस् । कम्तीमा अब असारे विकासका रोग त रोक !  


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC