बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीको भ्रमणमा तीनबुँदे सम� संविधानमा समेट्नुपर्ने सबैलाई संवादमार्फत समेटियोस् : मोदी
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, भदौ ३१, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको चाहना भएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्दै हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका लागि नयाँ र समृद्ध सम्बन्धको विकसित चरणअन्तर्गत हातेमालो गर्न आफू तयार रहेको पनि उल्लेख गरे ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानमा समेटिनु पर्ने आवाजलाई संवादको माध्यमबाट सम्बोधन गर्दै नेपालका राजनीतिक दलहरुले लोकतन्त्रको संस्थागत विकास गर्न सकोस् भन्ने चाहना पनि व्यक्त गरे । प्रधानमन्त्री मोदीले भने,– “म विश्वस्त छु, नेपालका नेतृत्वले संविधानमा सबै पक्षको समावेशीताका लागि आवश्यक संवाद गरी कार्यान्वयन गर्नेछ ।” प्रधानमन्त्री मोदीले मित्रताको इतिहासमा प्रधानमन्त्री दाहालको यस कार्यकालको पहिलो विदेश भ्रमण भारतमा भएकामा खुसी व्यक्त गरे ।
दुई देशको खुल्ला सिमाना, समान संस्कृति र अन्तरसम्बन्ध तथा सरकार–सरकार र जनता–जनताबीचको सहकार्य र सहसंस्कृतिको मौलिक र ऐतिहासिक सम्बन्धको चर्चा गर्दै उनले नेपालको विकास आयोजनामा भारतको सहकार्य हुने विश्वास व्यक्त गरे ।
आफूहरुको वार्तामा भूकम्पपछिको पुनःनिर्माणका लागि १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण र तराईको सडक विस्तार आयोजनाका लागि अतिरिक्त सहुलियत ऋणका बारेमा समझदारी भएको जनाकारी दिँदै उनले सबै प्रकारका ‘कनेक्टिभिटी’का लागि भारत आर्थिक सहायता दिन र सहकार्य गर्न तयार रहेको जनाए ।
नेपालको जलविद्युत् विकास आयोजना, प्रसारण लाइन विस्तार, आयुर्वेदिक औषधिको उत्पादनजस्ता विषयमा पनि थप सहकार्य हुने उनको भनाइ थियो । 
मोदीले  भारतले  नेपालमा बन्दै गरेका जलविद्युत् आयोजना तथा बितरण लाइनको द्रुत कार्यान्वयनमा दुबै देशका प्रधानमन्त्रीहरु सहमत  भएको बताए ।
। भारतीय विदेश मन्त्रालयका प्रवक्ता बिकास स्वरुपका अनुसार  दुबै प्रधानमन्त्रीहरुले नेपालमा भारतको लगानीमा निर्माणाधिन विकास आयोजनाहरु समयमै सम्पन्न गर्न ध्यान केन्द्रीत गर्ने तथा त्यसको अनुगमन गर्न सहमत भएको पनि बताए । मोदीले नेपाल भारतको नजिकको छिमेकी र सहयोगी मुलुक भएको भन्दै शान्ति, स्थिरता र आर्थिक समृद्धि दुवै देशको साझा उद्देश्य भएको बताए ।
दुई देश बीचको सम्बन्ध अरु भन्दा फरक र बिभिन्न कालखण्डमा परिक्षण हुँदै आएको भन्दै उनले दुई देशले एक अर्काको सुखदुखमा सहयोग गर्दै आएको पनि बताए ।
मोदीले नेपालको लोकतान्त्रिक व्यवस्थालाई वलियो बनाउने कार्यमा प्रधानमन्त्री दाहालको व्यक्तिगत भुमिकाको प्रशंसा गरे । नेलालसँग भारतको सुरक्षाको विषय जोडिएको बताउँदै  दुवै देशको समाज सुरक्षित भए मात्र विकास र समृद्धिको लक्ष्य प्राप्त हुने बताए । यसैबीच दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा तीनबुँदे सम्झाैतामा हस्ताक्षर भएको छ । हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सल्ट्यान्सी सर्भिस, भूकम्पपछिको पुन:निर्माणका लागि ७५० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने समझदारी भएको हो । 
राससको सहयोगमा 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, भदौ ३१, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्