site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भारत भ्रमणबाटै विदेश यात्रा सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन्जेल पर्खेर अनिमात्र चीन भ्रमणमा गएका थिए । आज (आइतबार) प्रधानमन्त्री ओलीको टोली चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केको छ । चीन भ्रमणका अवसरमा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत उच्च अधिकारीहरूसँग भेट गरेका छन् । भ्रमणका अवसरका केही सम्झौता र केही समझदारीमा हस्ताक्षर गरिएका छन् । चिनियाँ सहयोग र लगानीका सम्झौतासमेत भएकाले प्रधानमन्त्री ओलीको भ्रमणलाई सफल र उपलब्धिमूलक भएको दाबी गरिएको छ । यस्ता सहमतिमा काठमाडौंसम्म केरुङ हुँदै चिनियाँ कार्गो रेल ल्याउने, नेपाल–चीन विद्युत् प्रसारण लाइन निर्माण गर्ने, तिब्बतको सडक प्रयोग गरेर नेपालबाट नेपालकै अर्को नाकासम्म जानेआउने सुविधाजस्ता विषयलाई विशेष महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

चीन नेपालको भरपर्दो मित्र हो भन्नेमा कहिल्यै विवाद भएन । यस्तै नेपालबाट चीन भ्रमणमा गएका पाहुनाको खातिरदारीमा पनि चीनले कहिल्यै कन्जुसी गरेन । यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा चीनले प्रदर्शन गरेको सद्भाव नयाँ वा अनौठो हैन । राजनीतिक संक्रमण समाप्त भएर नेपालमा निर्वाचित सरकार गठन भएकाले मित्र राष्ट्रहरूले सहयोगका लागि उदारता र तत्परता देखाउनु पनि स्वाभाविकै हो । आश्वासन दिने तर व्यवहारमा धेरै अलमल्याउने मानिएको भारतसमेत सहयोगका लागि अगाडि सरेको बेला चीन किन पछि हट्थ्यो र ? तैपनि, भारतीय प्रधानमन्त्री मोदीको नाटकीय नेपाल भ्रमणले चिनियाँ पक्ष सशंकित भएको भने रहेनछ । प्रधानमन्त्री ओलीलाई दिइएको महत्त्वले चीनको नेपालप्रतिको सद्भावको पुष्टि गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सफल भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई बधाई दिन भने कन्जुसी गर्नु पर्दैन । राष्ट्रपति सीको चीनलाई विश्व महाशक्ति बनाउने महत्त्वाकांक्षा पूरा गर्नका लागि पनि दक्षिण एसियाको रणनीतिक महत्त्वको नेपाललाई रिझाउने प्रयत्न हुनु स्वाभाविकै हो । प्रधानमन्त्री ओलीको भ्रमणको सफलतालाई नेपालको भूरणनीतिक महत्त्व, भारतसँगको सम्बन्ध र चीनकै अन्तर्राष्ट्रिय महत्त्वाकांक्षासँगै मिलाएर हेर्नु उचित हुन्छ । तर, भारतले २०७२ सालमा नाकाबन्दी गरेका बेला चीनसँगको सम्बन्ध निकट बनाउन प्रधानमन्त्री ओलीले प्रयास नगरेका भए नेपालमा अहिले अरू चिनियाँ सहयोग र लगानी स्वाभाविकरूपमा भए पनि सायद चिनियाँ रेलको चर्चा हुने थिएन । हुनत, चिनियाँ रेल अभैm पनि परिकल्पनाकै विषय हो । त्यसबाट नेपालको वातावरण र अर्थतन्त्रमा पर्ने प्रभावको पनि अध्ययन भएको छैन । त्यसमाथि चिनियाँ अनुदान कि ऋणबाट बनाइने हो भन्ने पनि निश्चित् भएको छैन । तर, रेल सम्भाव्य भएन भने पनि चिनियाँ सद्भावको प्रतीकका रूपमा रहिरहनेछ ।

चीन भ्रमणका समयमा प्रधानमन्त्री ओलीले त्यहाँको कम्युनिस्ट पार्टीका नेतासँग पनि भेटघाट गरेका छन् । लोकतान्त्रिक विधिबाट निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले अध्यक्ष ओलीलाई महत्त्व दिनु पनि स्वाभाविकै हो । तर, देशभित्रका केही घटना र चीनको ‘नियन्त्रित‘ समाजप्रति प्रधानमन्त्री ओलीले व्यक्त गरेको मोहले भने देशभित्र तरंग उत्पन्न भएको छ । विगतमा चिनियाँहरू नेपालमा चिनियाँ शैलीको कम्युनिस्ट शासन पद्धति निर्यात गर्ने पक्षमा रहेका थिएनन् । यस्तै, भारतले जस्तो नेपालको आन्तरिक राजनीतिमा पनि चीनले खुला हस्तक्षेप गर्ने गरेको थिएन । राजा र नेपाली कांग्रेसका नेताहरूसँग पनि चीनको सम्बन्ध निकटै थियो । केही समय यता भने चीनको त्यो नीतिमा परिवर्तन भएको भान पार्ने प्रयास नेपालका कम्युनिस्टहरूले गरेका छन् । चिनियाँलाई देखाएर अधिनायकवादी शासन थोपर्ने प्रयत्न भयो भने नेपाली समाज र अन्तर्राष्ट्रिय समुदायमा त्यसको निकै गम्भीर असर पर्नेछ । यसैले प्रधानमन्त्री ओलीको भ्रमणको सफलतालाई कम्युनिस्ट पार्टीको उपलब्धिका रूपमा व्याख्या गर्ने मूर्खता नगरियोस् !   

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC