site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. केसीद्वारा तीन सयभन्दा बढीको उपचार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

रोल्पा । चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका डा. गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका थिए । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा. मिलन बज्राचार्यले बताए ।  अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए । “बिहानैदेखि बिरामी लाइनमा लागेका थिए”, स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भने, “ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।”

शिविरको पहिलो दिनमै उहाँले करिब सय बिरामीको उपचार गर्नुभएको थियो भने दोस्रो दिन २३० भन्दा बढी बिरामीको उपचार भयो ।  डा केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC