site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जितको भोकमा तीन सिँहको टिम

 
विश्वकप फुटबलमा सनसनीपूर्ण नतिजाहरु आउने क्रम जारी छ । यस प्रतियोगिताकै प्रियपात्र टिम भनिएको जर्मनीलाई मेक्सिकोले हराएर स्तब्ध पारिदियो । ब्राजिल र अर्जेन्टिनालाई तुलनात्मकरुपमा कमजोर भनिएका टिमहरु स्विटजरल्यान्ड र आइसल्यान्डले बराबरीमा रोकिदिए । छनोट चरणमा अपूर्व खेल प्रदर्शन गरेको स्विटजरल्यान्ड भने ’छुपे रुस्तम’ टिम हुनसक्ने अवस्थामा छ । आइसल्यान्डले युरोकपमा देखाएको चमत्कारलाई निरन्तरता दियो । अर्कोतर्फ छनोट चरणमा उत्कृष्ट रहेको पोल्यान्डलाई सेनेगलले पाठ सिकायो । इङल्यान्ड भने आफ्नो परम्परागत खेलभन्दा केही फरक ढंगमा प्रस्तुत हुँदै अफ्रिका महादेशकै ’टप र्‍यांकिङ’ टिम ट्युनिसिया लाई २ —१ ले हराउँदै समर्थक र आफ्नै टिमको मनोबल उच्च राख्न सफल रह्यो ।

ह्यारी केनको उत्कृष्ट प्रदर्शन र अन्य खेलाडीहरुको अनुभव र दक्षताको सम्मिश्रणले गर्दा यो विश्वकपकै पूर्वार्धमा सबैभन्दा धेरै पोस्ट आक्रमण गर्ने टिम बनेको छ इंङ्लिस टोली । मेरा ट्विटर मित्र इस (@iShzz ) ले त त्यो प्रदर्शनलाई “के यो विश्वकप जित्ने लक्षण हो ?“ भन्दै उत्साहपूर्ण ट्विट गरेका छन् । पहिलो खेलमा ह्यारी केनले नै दुवै गोल गरे । केही समयमात्र मैदान छिरेका युवा खेलाडी मार्कस रास्फोर्ड र रुबेन लोफ्टुसले निकै उच्चस्तरको खेल प्रदर्शन गरे । समग्रमा तीन सिंहको टिमले उच्च मनोबल कायम राख्दै र उच्च तहको खेल प्रदर्शन गर्दै आगामी खेलहरुका प्रतिद्वन्द्वीहरुलाई खुला चुनौती दिएका छन् भने समर्थकहरुको शिर झुक्न दिएका छैनन् । अब पनामासँग आइतवार हुने दोस्रो खेल जितेर आफ्नो दोस्रो चरणको स्थान लगभग पक्का गर्ने दाउमा छ इंङ्लिस टिम ।

Prabhu Bank
Agni Group
NIC Asia

ह्यारी केनको अबको लक्ष गोल्डेन बुटसहित विश्वकप उचाल्ने हुनेछ । पनामा र बेल्जियमसँगको खेलमा आफ्नो गोल संख्या थप्दै यो दाबेदारीलाई थप मजबुत बनाउने दाउमा छन् ह्यारी । डेली अल्ली, वाकर, स्ट्रलिङ र लिनगार्डको सहयोगमा अनुभवी खेलाडी एस्ले योङको खेल मिसिँदा ह्यारी केनको यो लक्ष्य पूरा हुनसक्ने देखिन्छ । इङल्यान्डका गोल मेसिन केनलाई रोक्न निकै गाह्रो छ । अझै उनको हेडिङ क्षमता त निकै तिखारिएर आएको छ । ट्रिप्पिएरको फ्री किक र कर्नर किक केली वाकरको पहाडजस्तो छेकबार र गोल किपरको चुम्बक जस्तो क्षमताले यस टोलीलाई थप मजबुत बनाएको छ ।

यता सामाजिक सञ्जालमा नेपाली समर्थकहरु सेलाउने र तात्तिने क्रम पनि उत्तिकै छ । जर्मनको पहिलो हारपछि उनीहरुका समर्थक केही शान्त देखिएका छन् भने ब्राजिल र अर्जेन्टिना अनि स्पेनका समर्थकहरु पनि पहिलो खेलपछि केही मथ्थर बनेका छन् । मेरो पहिलो ब्लगमा लेखेजस्तै भलादमी पारा देखाउने इङ्ल्यान्डका समर्थकहरु भने जित हुँदा पनि उही पारामै छन् । मनोबल बढेको अवस्थामा अर्को जितको प्रतिक्षामा मात्र बसेका छन् । इङ्ल्यान्डभित्रै भने पबहरुको बाहिर पेय पदार्थले मातिएका युवाले सडक नै कब्जा गरेर खुसी मनाइरहँदा धेरै ठाँउमा प्रहरीले हस्तक्षेप गर्दै बाटो खुलाएको थियो ।

Global Ime bank

फुटबल खेल गोल गर्नेले नै जित्ने हो, सीप प्रदर्शन गरेर पनि गोल गर्न नसके त्यसको कुनै महत्त्व हुँदैन । पहिलो चरणका अहिलेसम्मका खेल हेर्दा स्पेन, पोर्चुगल र रसिया गोल गर्ने क्षमतामा अब्बल देखिए । यस्ता टिमहरुलाई पाखा लगाएर विश्वकप उचाल्न इङ्लिस टिमलाई पक्कै सहज भने हुनेछैन । अर्कोतिर परम्परागत फुटबल ’पावर हाउस’ ब्राजिल र अर्जेन्टिना पनि आफ्नो लयमा फर्किन सक्छन् । तैपनि पहिलो खेल हेर्दा इङिलस टिमको सामूहिक प्रदर्शन हेर्न लायक छ  । यस लयलाई निरन्तरता दिनसक्ने हो भने ह्यारी केनको गोल्डेन बुटको लक्ष्यमात्र होइन विश्वकप नै यो टिमले उचाल्ने सम्भावना प्रबल देखिन्छ ।

गारेथ साउथगेटको यो टिममा एक से एक खेलाडी छन् । जेमी भार्डी र गेरी काहिलजस्ता खेलाडीले पहिलो खेलमा स्थान पाउन सकेनन् । सबै खेलाडी उत्कृष्ट लयमा र शारीरिकरूपमा तन्दुरुस्त रहेको हुनाले खेलको राणनीति र आवश्यकताअनुसार जो कोही पनि टिममा छानिन सक्ने अवस्थामा छ साउथगेट । पहिलो चरणको सबै खेल जितेर समूहमा पहिलो हुँदै दोस्रो चरणमा समूह ’एच’को उपविजेतासँग खेल्ने दाउमा छ यो टिम । समूह ’एच’बाट जुनसुकै टिम आए पनि इङ्लिस टिमको लागि सहज हुने मानिएको छ । यस अर्थमा अन्तिम आठमा पुग्न कुनै कठिनाइ छैन तीन सिंहको टिमलाई । त्यसपछिका अरु ३ खेल जित्दै विश्वकप भित्र्याउने दाउमा छ साउथगेटको फुटबल सेना ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC