site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । संयुक्त बजार अनुगमन टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर—२ स्थित श्रीराम डेन्टल हस्पिटलमा बिहीबार ताला लगाएको छ । श्रीराम डेन्टल हस्पिटल दर्ता नभएको र हस्पिटलमा सम्बन्धित व्यक्ति नभेटिएकाले अनुगमन टोलीले ताला लगाइएको हो ।

डेन्टल हस्पिटलमा केही मात्रामा औषधि राखिएको र सम्बन्धित कागजात नभेटिएका कारण ताला लगाइएको अनुगमन टोलीका संयोजक उदयराज जोशीले बताए । अनुगमन टोलीले बिहीबार कञ्चनपुरका १० वटा निजी स्वास्थ्य संस्था, प्रयोगशाला तथा औषधि पसलको अनुगमन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महेन्द्रनगरको शुभम् फार्मेसीको ल्याब तथा क्लिनिक दर्ता नभएको, गीताञ्जली मेडिकल र गौरी प्याथोलोजीमा ल्याब दर्ता नभएको पाइएको जोशीले बताए । उनकाअनुसार स्टार मेडिसिनले औषधि व्यवस्था विभागद्वारा तोकिएको ढाँचाअनुसार औषधि वितरण नगरेको भेटिएको छ । प्रिती मेडिकल हलको पोलिक्लिनिक दर्ता नभएको र बिल प्रयोग नगरी कारोबार सञ्चालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

महाकाली सेती भेटेरिनरीमा बिल बुकमा रजिस्ट्रेसन नम्बर नराखेको, कञ्चन प्रयोगशाला र त्रिशक्ति फार्मेसीको क्लिनिक दर्ता नभएको र अनिल फार्मेसीमा म्याद नाघेको सर्जिकल उपकरण भेटिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय, नेपालगन्जका औषधि निरीक्षक पुष्प राना क्षेत्रीले बताए ।

Global Ime bank

दर्ता गराउन बाँकी रहेका निजी क्लिनिक, प्रयोगशाला र औषधि पसललाई १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दर्ता प्रमाण पेस गरेर सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । सेफर अस्पताललाई सात दिनभित्र नवीकरण गराउन निर्देशन दिएको अनुगमन टोली संयोजक जोशीले बताए ।

रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC