site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता हुने भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दाहाल बिहीबार चार दिने भारत भ्रमणमा निस्किएका हुन् । भारतीय समय अनुसार दुई देशका प्रधानमन्त्रीबीच विहान साढे ११ बजेदेखि १२ बजेसम्म छुट्टै भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।
आजै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नेछन् । दुई प्रधानमन्त्रीबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विस्तृत परियोजना विवरणलाई अन्तिम रुप दिइने, बंगलादेश पारबहन सुविधा प्रयोग गर्ने विषयमा छलफल हुने, उर्जा व्यापार सम्झौता, हुलाकी राजमार्ग निर्माण लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।
त्यसैगरी प्रधानमन्त्री दाहालले आजै बेलुका ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भारतीय उपराष्ट्रपति, विदेशमन्त्री लगायतसँग आजै भेटवार्ता गर्नेछन् ।
दाहालको भ्रमणमध्ये सबैभन्दा महत्वपूर्ण भेटवार्ता आजै हुनेछन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC