बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महिला संघमा ५६ जनाका लागि १३६ जनाको उमेदवारी, अध्यक्षमा १५, महासचिव र कोषाध्यक्षमा उमेदवारी दिन १०/१० हजार शुल्क
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, भदौ ३०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको ५६ जना कार्यसमितिका लागि १ सय ३६ जनाले उमेदवारी दिएका छन् । अध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । प्यानल बनाएर चुनाव लडेका मिना पाण्डे र उमा रेग्मीको अध्यक्षमा उमेदवारी दर्ता भएको निर्वाचन समितिले बताएको छ । रेग्मीलाई पार्टी सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको तथा पाण्डेलाई बरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन् । 
संघको १ जना महासचिवका लागि तीन जनाको उमेदवारी दर्ता भएको छ । रेग्मी प्यानलबाट सिटौला समूहकी धना खतीवडा र पाण्डे प्यानलबाट गोमा केसी तथा कुनै गुटमा संलग्न नभएकी किरण कुमारी सरकारले महासचिवमा उमेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा भने रेग्मी र पाण्डे प्यानलकै प्रतिस्पर्धा हुने भएको छ । रेग्मी समूहबाट जानकी सिंह र पाण्डे समूहबाट कुसुम देवी थापाले कोषाध्यक्षमा उमेदवारी दिएका छन् । 
यसैगरी खुला २२ जना केन्द्रीय सदस्यका लागि ४७ जनाले उमेदवारी दिएका छन् भने २१ जना प्रादेशीक आरक्षित केन्द्रीय सदस्यमा ५१ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेश मध्येबाट १ नम्बर प्रदेशका लागि ६  जना, २, ३ र ४ नम्बर प्रदेशका लागि ७/ ७ जना, प्रदेश नम्बर ५ र ७ बाट ९/९ जनाको उमेदवारी परेको हो । 
दलित तर्फबाट ३ जना केन्द्रीय सदस्यका लागि ७ जनाले उमेदवारी दिएका छन् । यस्तै ३ जना आदिवासी/ जनजातिका लागि १३ जना चुनावी मैदानमा भिड्ने भएका छन् भने ३ जना मधेसीका लागि ८ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । १ जना मुस्लिम आरक्षणको व्यवस्था गरेको महिला संघमा ३ जनाले उमेदवारी दिएका छन् । 
प्रथम चरणको उमेदवारको नामावली प्रकाशन गरेको निर्वाचन समितिले उमेदवारी फिर्ता लिने समय तालिका बिहीबार ८ः३० बजेसम्मलाई तोकेको छ । विद्युतीय मेशिनबाट हुन लागेको निर्वाचनको मतदान ३१ गते शुक्रबार बिहान ९ः३० देखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिले जानकारी दिएको छ । मतदान सकिएपछि मतगणना सुरु गर्ने र ३१ गते नै निर्वाचन परिणाम घोषणा गरिने निर्वाचन समितिले बतायो । 
यसैगरी निर्वाचन समितीले अध्यक्षमा उम्मेदवारी दिन १५ हजार, महासचिव र कोषाध्यक्षमा १०/ १० हजार तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ५ हजार शुल्क बुझाउनुपर्ने नियम बनाइएको थियो ।
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, भदौ ३०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्