site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपमा आज फ्रान्सले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै, चर्चा ग्रिजम्यान, पोग्बा, काहिल र जेडिनाकको
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को पहिलो खेलमा आज  फ्रान्स र अष्ट्रेलिया भिड्दैछन् । एक पटकको विश्वकप विजेता फ्रान्सले आफ्नो पहिलो खेलमा ५ पटक विश्वकपमा सहभागिता जनाउँदै गरेको अष्ट्रेलियासँग खेल्न लागेको हो ।

रसियाको कजान शहरस्थित कजान एरिनामा नेपाली समयअनुसार शनिबार दिउँसो ३ बजेर ४५ मिनेटमा यी दुई टिमबीचको खेल हुन लागेको हो । आफ्नो पहिलो खेलमा जित हात पार्दै शुखद सुरुआत गर्ने दाउमा दुबै टिम रहेका छन् ।

हेड टु हेड
अहिलेसम्म फ्रान्स र अष्ट्रेलियाले ४ खेल खेलेका छन् । फ्रान्स र अष्ट्रेलियाबीच सन् १९९४ मा किरिन जापान कप फुटबलमा पहिलो पटक भेट भएको थियो । जुन खेलमा फ्रान्सले अष्ट्रेलियालाई १—० गोल अन्तरले पराजित गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि सन् २००१ मा फिफा कन्फ्रेडेरेशन कपमा अष्ट्रेलियाले फ्रान्सलाई १—० गोल अन्तरले पराजित गरेको थियो । सन् २००१ मै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स अष्ट्रेलियासँग १—१ को बराबरीमा रोकिएको थियो ।

सन् २०१३ मा भएको अर्को मैत्रीपूर्ण खेलमा फ्रान्सले अष्ट्रेलियालाई ६—० गोल अन्तरले पराजित गरेको थियो ।
फ्रान्स र अष्ट्रेलियाबीच ठूला प्रतियोगितामा भेट भएको भने यो नै पहिलो हो ।

Global Ime bank

विश्वकपमा फ्रान्स र अष्ट्रेलियाको इतिहास 
फ्रान्स
फ्रान्सले अहिलेसम्म एक पटक मात्रै विश्वकप फुटबलको उपाधि उचालेको छ तर, फ्रान्स आफैँमा कमजोर टिम भने होइन । फ्रान्सले अहिलेसम्म १४ पटक विश्वकप खेलिसकेको छ भने यो रसिया विश्वकप फ्रान्सको १५औं विश्वकप हो ।

सन् १९३० मा सुरु भएको पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सले यो विश्कपमा भने समूह चरण पार गर्न सकेको थिएन । फ्रान्सका लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भनेको सन् १९९८ मा फ्रान्समै भएको विश्वकप हो । पहिलो पटक विश्वकपको आयोजना गरेको फ्रान्सले विश्वकपको उपाधि उचाल्दै ऐतिहासिक सफलता पाएको थियो । जुन सफलताको खरेडीमा अहिलेपनि फ्रान्स छ ।

त्यसबेला फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो । फ्रान्स त्यो सहित गरेर २ पटक फाइनलमा पुगेको छ । सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा फ्रान्स पुगेको थियो तर विश्वकपको उपाधि दोस्रो पटक उचाल्ने फ्रान्सको सपना इटालीले चकनाचुर बनाएको थियो । यो विश्वकपमा इटालीसँग फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो ।

फ्रान्स सन् १९५८ र १९८६ मा दुई पटक विश्वकपको तेस्रो भएको छ । सन् १९८२ को विश्वकपमा पनि फ्रान्स सेमिफाइनल पुग्दै चौथो भएको थियो ।

प्लेयर्स टु वाच
एन्टोइनी ग्रिजम्यान

एन्टोइनी ग्रिजम्यान चर्चित खेलाडी हुन् । उनी आफ्नो टिमलाई जुनसुकै बेला पनि जित दिलाउन सक्ने क्षमता राख्छन् । 

फ्रान्सेली स्ट्राइकर ग्रिजम्यानले फ्रान्सलाई धेरै खेलहरूमा जित दिलाएका छन् । त्यसकारण रसिया विश्वकपमा पनि उनीमाथि फ्रान्सको निकै भरोसा रहेको छ । ग्रिजम्यानले सन् २०१४ देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् । उनले नेदरल्याण्ड्सविरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका ग्रिजम्यानले अहिलेसम्म सिरियर टिमबाट ५४ खेल खेल्दै २० गोल गरिसकेका छन् ।

 

सन् २०१४ को विश्वकप खेल्ने अवसर पाएपनि उनले गोल गर्न भने सकेनन् । तर, २०१८ को विश्वकप छनोटमा भने उनले ४ गोल गरेका थिए । फ्रान्स विश्वकपमा प्रवेश गर्नु उनको पनि महत्वपूर्ण योगदान छ । २७ वर्षीय ग्रिजम्यानले सन् २०१६ मा आफ्नै भूमिमा भएको युरोकप फुटबलमा सर्वाधिक गोल गरेका थिए ।

पाउल पोग्बा
पाउल पोग्बा त्यस्ता मिडफिल्डर खेलाडी हुन्, जसले फ्रान्सलाई जिततर्फ लान सक्छन् । २५ वर्षीय पोग्बाले सन् २०१४ को विश्वकप खेल्ने अवसर पाएका थिए । तर, फ्रान्स क्वाटरफाइनलभन्दा माथि पुग्न सकेन । प्रिक्वाटरफाइनलमा नाइजेरियालाई २–० गोलअन्तरले पराजित गर्दा पोग्बाको पनि एक गोल सामेल थियो ।

सन् २०१३ देखि सिनियर टिमबाट खेल्न थालेका पोग्बाले फ्रान्सलाई विश्वकपमा छनोट गराउँदा २ गोलको योगदान गरेका थिए । उनले अहिलेसम्म सिनियर टिमबाट ५४ खेल खेल्दै ९ गोल गरेका छन् । २०१६ देखि म्यान्चेस्टर युनाइटेडमा आबद्ध पोग्बाले युनाइटेडका लागि ११ गोल गरिसकेका छन् । सटिक पास दिदै बललाई विपक्षीको पोष्टको जाली चुमाउन निकै माहिर पोग्बामाथि फ्रान्सको ठूलो विश्वास छ ।

विश्वकपका लागि फ्रान्सेली टिम
गोलरक्षक: ह्युगो लोरिस, स्टेभन मानडेन्डा, आल्फोन्से आरेओला

डिफेन्डर: लुकाज हेर्नान्डेज, प्रेस्नेल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पाभार्ड, आदिल रामी, जिब्रिल सिडिबे, स्यामुएल उम्तिती, राफाएल भरने रहेका
मिडफिल्डर: न्यूगोलो कान्टे, ब्लाइसे मातुइडी, स्टेभन न्युजोन्जी, पाउल पोग्बा, कोरेन्टिन टोलिसो

फरवार्ड: औसमाने डम्बेले, नबिल फेकिर, ओलिभियर गिराउड, एन्टोइनी ग्रिज्म्यान, थोमस लेमार, किलियन बाप्पे, फ्लोरियन थाउभिन

अष्ट्रेलिया
अष्ट्रेलियाको जति नाम छ त्यति विश्वकपमा उपस्थिति छैन । विश्वकपको २०औं संस्करणको समाप्तिसम्म अष्ट्रेलियाले ४ पटक विश्वकप खेलेको छ भने एकपटक मात्रै समूह चरण पार गरेको तीतो इतिहास छ । अष्ट्रेलियाको यो पाचौं विश्वकप हो ।

एसिया महादेशबाट विश्वकप खेल्ने ५ राष्ट्रमध्ये एक हो अष्ट्रेलिया । अष्ट्रेलियाले सन् १९७४ मा जर्मनीमा भएको विश्वकपदेखि सहभागिता जनाएको हो । तर अष्ट्रेलियाले आफ्नो डेब्यु खेलमा समूह चरण पनि पार गर्न सकेन ।

पहिलो पटक विश्वकपमा १९७४ मा सहभागिता जनाएको अष्ट्रेलियाले दोस्रो पटक विश्वकपमा छनोट हुनका लागि ३२ वर्ष कुर्नु परेको थियो । अष्ट्रेलियाले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा दोस्रो पटक खेलेको थियो । यो विश्वकपमा भने जर्मनीले समूह चरण पार गर्दै अन्तिम १६ सम्म स्थान बनाएको थियो । तर प्रिक्वारफाइनलमा अष्ट्रेलिया इटालीसँग १–० गोलअन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो ।

अष्ट्रेलियाले सन् २०१० र २०१४ को विश्वकप खेलेपनि समूह चरणमै सीमित रहेको थियो ।

प्लेयर्स टु वाच
टिम काहिल
सन् २००४ मा दक्षिण अफ्रिकाबीचको मैत्रीपूर्ण खेलबाट टिम काहिलले सिनियर टिमबाट डेब्यु गरेका थिए । २००४ मै भएको ओएफसी नेशन्स कपमा काहिल सर्वाधिक गोलकर्ता भएका थिए । 

काहिलले सन् २०१० को विश्वकप छनोटमा जापान र कतारसँगका खेलको अन्तिम अवस्थामा गोल गर्दै विश्वकपमा पुर्याउन मुख्य भूमिका निभाएका थिए । सन् २०१० को विश्वकपमा सर्बिया विरुद्ध २—१ ले जित्ने क्रममा १ गोल गरेका थिए ।

सन् २०१४ को विश्वकपमा अष्ट्रेलियाले समूह चरण कटाउन नसकेपनि उनले २ गोल गरेका थिए । अष्ट्रेलिया चिलीसँग ३—१ गोल अन्तरले पराजित हुँदा उनले १ गोल गरेका थिए भने नेदरल्याण्डसँग ३—२ गोल अन्तरले पराजित हुँदा पनि समान १ गोल गरेका थिए ।

३८ वर्षीय काहिलले खेलेका १०६ खेलमा ५० गोल गरेका छन् भने रसिया विश्वकपमा उनको प्रदर्शन उत्कृष्ट हुने अनुमान गरिएको छ ।

माइल जेडिनाक
माइकले सन् २००८ मा सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर टिमबाट डेब्यु गरेका हुन् । त्यसैगरी, सन् २०१० को विश्वकपमा उनले अष्ट्रेलिया र जर्मनीबीच भएको पहिलो समूह चरणको खेलमा अष्ट्रेलियाको पहिलो रोजाइका खेलाडीका रुपमा मैदान उत्रिएका थिए ।

जेडिनाकले सन् २०१४ ब्राजिलमा भएको विश्वकपमा अष्ट्रेलियाको कप्तानको जिम्मेवारी सम्हालेका थिए । जेडिनाकले सन् २०१८ को विश्वकप छनोटमा भएको होन्डुरससँगको खेलमा ह्याट्रिक गोल गर्दै अष्ट्रेलियालाई विश्वकपमा पुर्याउन मुख्य भूमिका खेलेका थिए । ३३ वर्षीय जेडिनाकले खेलेका ७६ खेलमा १८ गोल गरेका छन् ।

विश्वकपका लागि अष्ट्रेलिया टिम
गोलरक्षकः ब्राड जोन्स, म्याट रियान, डेनी भुकोभिक

डिफेन्डरः अजिज बेहिच, मिलोस डेगेनेक, म्याथ्यु जुर्मान, जेम्स म्यारेडिथ, जोश रिसडन, जोश रिसडोन, टे«न्ट साइनब्युरी

मिडफिल्डरः ज्याक्सन इर्भिने, माइल जेडिनक, रोवी क्रुशे, मेसिमो ल्युओङगो, मार्क मिलिगन, आरोन मोय, टोम रोजिक, टिम काहिल

फरर्वाडः डेनियल अर्जानी, टोमी जुरिक, माथ्यु लेक्की, एन्ड्रेव नबौट, डिमित्री प्याट्राटोस, ज्यमाइ म्याक्लेरेन
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०७५  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC