बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पत्रकारलाई पत्रकारितामै टिकाउनुपर्ने
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, भदौ ३०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
पाल्पा । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पत्रकारितामा लागेका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा नै जोगाएर राख्नुपर्ने बताएका छन् । 
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले पाल्पामा आयोजना गरेको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री रिजालले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताए । 
नेकपा एमाले का सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकारिता क्षेत्रले जनताको सांसदका रुपमा भूमिका खेलेकाले सञ्चार क्षेत्रको महत्व ठूलो भएको बताए । उनले पत्रकारिता क्षेत्रमा नैतिक आचारसंहिता हुने तर प्रशासनिक निकायले पत्रकारलाई आचारसंहिता जारी गरी कार्यान्वयन गराउन नसकिने बताए । 
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वसन्तकुमार शर्माले सञ्चार जगत्ले जनताका अधिकार र सरकारका काम कारबाहीलाई जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिए । पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एक जुट हुनुपर्ने बताए । 
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, पूर्वसभापति सुरेश आचार्य र धर्मेन्द्र झा, पूर्वमहासचिव ओम शर्मा, पत्रकार शम्भु श्रेष्ठ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीलगायतले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका थिए । रासस
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, भदौ ३०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्